सिकेन्द्र पासवान, कलैया, १५ माघ/
वीरगंज महावाणिज्य दूतावासका महामहिम कन्सुलर अञ्जु रञ्जनले भारत नेपालबिना बाँच्न नसक्ने बताएकी छन् ।
कलैयामा नेपाल–भारत मैत्री सङ्घ कलैयाको आयोजनामा भारतको ६५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको राजनीतिक परिवर्तनमा भारतीय स्वतन्त्रता ग्रामको प्रभाव विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख
अतिथि समेत रहेकी कन्सुलरले यस्तो बताएकी हुन् ।
भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै भारतले जहिले पनि नेपाललाई स्वतनत्र र आत्मनिर्भर भएको देख्न चाहेको बताइन् ।
नेपालको हरेक स·ीन मोडमा भारतले विभिन्न आर्थिक, सामाजिक, सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासमा भारत सदैव सकारात्मक रहेको बताइन् ।
नेपाल र भारतजस्तो खुला सिमाना विश्वमा कहीं नरहेको भन्दै नेपाल र भारतजस्तो सम्बन्ध अन्य विदेशीहरू पनि अनुसरण गरी अगाडि बढिरहेको बताइन् ।
नेपाल–भारत मैत्री सङ्घका जिल्ला अध्यक्ष हरिलाल अग्रवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री ऋषिकेश गौतम, मैत्री सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी, सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चक्रमान श्रेष्ठ, सचिव उमेश सिंह, पर्साका सभापति राजकुमार सिन्धी, पूर्व सभासद् प्रमोद गुप्ता, नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य अच्युत मैनाली, सहायक प्रजिअ योगेन्द्रप्रसाद दुलाल, पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मी साह, उद्योग वाणिज्य सङ्घ बाराका अध्यक्ष विनोद साह, बार एशोसियनका अध्यक्ष रामचन्द्र सिंहलगायतले भारत र नेपालको सम्बन्ध सधैं प्रगाढ राख्न जोड दिएका कार्यक्रमका सञ्चालक छविरमण सुवेदीले बताए ।
स्वतन्त्रता सङ्ग्राम विषयक निबन्ध प्रतियोगितामा प्रथम भएका रामराजा मोविशाहका सुशान्त देवकोटा, द्वितीय ३ चन्द्र माविका रञ्जितकुमार यादव, तृतीय पन्नादेवी कन्या उमाविका उमेश साह तेली र मोविशाहका राजन साहलाई सान्त्वना पुरस्कार प्रदान गरेको हीरालाल साहले बताए ।