प्रस, निजगढ, १४ माघ/
भिजन २०२० राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद भन्ने नाराका साथ निजगढमा सञ्चालन भइरहेको रेडबुल जिल्लास्तरीय ‘सि’ डिभिजन लिग फूटबल प्रतियोगिता म·लवार समापन भयो । समापन कार्यक्रमका प्रमुख अतिथि श्री गौरीशड्ढर उच्च माविका प्राचार्य सुदर्शनप्रसाद कोइराला रहेका थिए ।
अखिल नेपाल फूटबल सङ्घ बाराका अध्यक्ष एवं एन्फाका केन्द्रीय सदस्य महमद समीउल्लाहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । विजेता र उपविजेतालाई प्रमुख अतिथि कोइरालाले तथा अध्यक्ष समीउल्लाह, उपाध्यक्ष राजेश गौतम, स्थानीय युवा समाजसेवी महेशीकुमरले रेफ्री, सहायक रेफ्री, खेलाडीहरूलाई प्रमाणपत्र, मेडल, शिल्ड, प्रशंसापत्र वितरण गरे । प्रतियोगितामा कलैया फूटबल क्लबका जयराम चौधरी उत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट खेलाडी घोषित उपेन्द्र चौधरीलाई सिद्धार्थ स्वीट कलैयाले एक थान साइकल उपहार दियो ।
फाइनल खेलको उपाधि कलैया फूटबल क्लबलाई
आज भएको प्रतियोगिताको फाइनल खेलमा नेपाल खेलकुद युवा क्लब निजगढलाई शून्यमा राख्दै कलैया फूटबल क्लब ३ गोलले विजयी भयो । प्रतिस्पर्धात्मक खेल रहे पनि खेल शुरु भएदेखि नै कलैया फूटबलले उपविजेता नेपाल खेलकुद क्लब निजगढलाई दबाबमा राखेको थियो । नेपाल खेलकुदका खेलाडीको डिबक्समा ह्यान्ड भएपछि कलैया टिमका श्रीराम चौधरीले गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । रवीन्द्र चौधरी, सुजित भुजेलले १/१ गोल गरी ३ गोल अन्तरले टिमलाई विजयी बनाए । आजको खेलमा मुख्य रेफ्रि कृष्णमणि चौधरी सहायक रेफ्री सानु मगर र रिजम आलम थिए ।