ई. गोपाल श्रेष्ठ
मोबाइल फोन आउनुपूर्वका वर्षहरू सम्झँदा हामी कति अप्ठेरो जीवन बाँचिरहेका थियौंजस्तो लाग्छ। रोजगारीको सिलसिलामा देश/विदेशमा रहेका परिवारजन, आफन्तहरूको सन्चो/विसन्चो तथा अन्य खबर छिटो प्राप्त गर्नका लागि विगतमा पिसिओहरूमा महँगो शुल्क तिरेर कुरा गर्नुपर्दथ्यो। त्यसमा पनि लाइन बस्नुपर्ने झन्झट अलग्गै थियो। फोनको अलावा पत्राचारमार्फत् हुने खबरको आदानप्रदान महिनौं बितेपश्चात् प्राप्त भए पनि ताजै अनुभव गर्नुपर्ने अवस्था थियो। अझ फोन नै आउनुभन्दा पूर्वका वर्षहरू सम्झियौं भने त वर्तमान त एकादेशको कथा सुनेजस्तै अकल्पनीय लाग्छ। त्यो समय आकाशवाणी (छोटकरीमा आवा) को पनि दिन थियो। आवाभन्दा पहिलेको समयको मलाई अनुभव छैन। यति बेला मोबाइल फोन (अब छोटकरीमा ‘मोबाइल’) को प्रभाव त हामी सबैले अनुभव गरिरहेका छौं। अब आएर विश्वमा स्मार्टफोनले आफ्नो प्रभुत्व जमाइरहेको छ। मोबाइलबाट फोनको सुविधा प्राप्त गर्नुबाहेक अडियो गीत सुन्नु, भिडियो हेर्नु, एफएम रेडियो सुन्नु, च्याट गर्नु, फेसबूक चलाउनु, स्काइपमा साथी/आफन्तसँग प्रत्यक्ष भेटघाट तथा कुरा गर्नु, इमेल गर्नु, इन्टरनेट चलाउनु ... आदि काम स्मार्ट फोनबाट नै हुने भएपछि, अब हामीलाई अरू के नै चाहियो र, जस्तो लाग्छ। तर मानिसको दिमाग हो, अरू के के चमत्कार देखाउन बाँकी नै छ, थाहा छैन। अनि हाम्रो उत्साह, उमङगको लहर र तरङग पनि कहाँकहाँसम्म पुग्ने हो, कल्पना पनि गर्न सकिंदैन ।
फेसबूकबारे सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया छन्। फेसबूकको सदुपयोग गर्नेहरूको भीड छ भने दुरुपयोग गर्नेहरूको पनि भीड छ। गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा फेसबूकको खुबै प्रयोग भयो र यसको प्रभाव पनि देखियो। अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि फेसबूकबाट अप्रत्याशित लाभ लिएको देखिन्छ। केही वर्ष पहिले भएको अरब क्रान्तिमा फेसबूकको भूमिका बिर्सन नसकिने स्तरको छ। हाम्रो देशमा पनि फेसबूक चलाउनेहरू सङगठित छन् र उत्कृष्ट उद्देश्य प्राप्तिको लागि कुनै पनि बेला सशक्त भूमिका निर्वाह गर्न सक्छन्। फेसबूकको सहयोगले नै हराएको मान्छे फेला पार्न सकिएको छ भने बिर्सिएका पुराना साथी तथा इष्टमित्रहरू पुन: सम्पर्कमा आएका छन् । सामाजिक काममा आर्थिक सहयोग जुटाउनेदेखि गलत प्रवृत्तिको उछित्तो काढ्न तथा आफ्नो विचार अरूमाझ पुर्याउन पनि फेसबूक सहयोगी भएको छ। हुन पनि फेसबूकमा कुनै सान्दर्भिक राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा कुरा उठाउने बित्तिकै जुनसुकै देश, ठाउँ, गाउँबाट प्रतिक्रिया पाइन्छ। यसरी आफ्नो ठाउँबाहेक अर्को ठाउँ र आफ्नो देशबाहेक अर्को देशबाट पनि प्रतिक्रिया प्राप्त हुँदा साँच्चि नै विश्वप्रतिको आफ्नो अवधारणा बदलिन्छ र ‘हाम्रो विश्व, मेरो विश्व’ जस्तो अपनत्वको भावना अभिवृद्धि हुन्छ। अहिले व्यवसाय प्रवद्र्धनका लागि विज्ञापनको माध्यम पनि फेसबूक बनेको छ। अब त यस्तो लाग्छ, भविष्यमा गएर सबै व्यापारिक विज्ञापन फेसबूकबाट नै हुनेछ । तर, यसका लागि फ्रि इन्टरनेट, फ्रि वाइफाइ र मास एफोर्डेबल स्मार्टफोन अनिवार्य हुन जान्छ।
कम्प्युटरबाट मात्र चलाउन सकिने फेसबूक र स्काइप अहिले स्मार्टफोनबाट पनि चलाउन सकिन्छ। सात समुद्र पारी भएको आफ्नो परिवार, साथी र आफन्तसँग प्रत्यक्ष कुरा गर्न सकिने स्काइपले दिएको सेवाको जति वर्णन गरे पनि साध्य छैन। प्रविधि विकास गर्ने प्राविधिक जोसुकै भए पनि हामीले मुक्तकण्ठले प्रशंसा गर्नु नै पर्छ। अहिले हामी जो जहाँ भए पनि एक अर्कासँग सम्पर्कमा छौं। यो सम्पर्कले हामीलाई भावनात्मक रूपबाट पनि नजिक ल्याएको छ। इगत या कष्नजत, यगत या mष्लम भन्ने अङ्ग्रेजी उखान छ। यो उखानसंँग मिल्दोजुल्दो हाम्रो नेपाली उखान छ– ‘आयो गयो माया मोह, आएन गएन, को हो को हो’। यी उखानहरूले आपसी भेटघाटको महत्त्व दर्शाउँछ। स्काइप नचलेको बेला स्मार्टफोनमा भाइबरको व्यवस्था छ। भाइबरबाट हामी मोबाइलबाट कुरा गरेजस्तै कुरा गर्न सक्छौं। खुशीको कुरा त के छ भने इन्टरनेट सेवा लिएपछि फेसबूक, भाइबर, स्काइप हामीले जति समय चलाए पनि शुल्क लाग्दैन।
अहिलेको युग निस्सन्देश इमेल, इन्टरनेटको युग हो, अर्थात् सूचना प्रविधिको युग हो। तथ्याङक गल्ती हुँदा हाम्रो निर्णय पनि गल्ती हुन्छ। निर्णय गल्ती हुँदा हामी गलत हुन्छौं। सूचना प्रविधि संयन्त्रले हामीलाई स्रोतबाट नै तथ्याङक सङकलन गर्न सहयोग पुर्याउँछ। अर्थात् हाम्रो निर्णयलाई ठीक र परिपक्व बनाउन सहयोग गर्छ। आज सारा विश्व सूचना प्रविधिको पछि लागेको छ। कति देश त ‘फ्रिइन्टरनेट’ सेवा दिने तयारी गर्दैछन्। हाम्रो देशमा पनि सूचना प्रविधिको विकास क्रमिकरूपले अगाडि बढिरहेको छ। पुस २६ गतेको कान्तिपुर दैनिकमा लीलानाथ घिमिरेको एउटा लेख छापिएको छ–‘नेपालमा डेभलप, अमेरिकामा मार्केटिङ’। यो लेखको निष्कर्ष छ– २ नेपाली युवा (ई. मनीष मोदी र ई. सुरज सापकोटा) ले विकास गरेको ‘एप्स पिकिभि’ ले लोकप्रियताको शिखर चुमेर ४० हजार अमेरिकी डलरको पुरस्कार पाइसकेको छ। यसका युजर ७० प्रतिशत अमेरिकी छन्। अहिले नै आश्चर्यचकित पारेको सूचना प्रविधिले भविष्यमा झन् के के तहलका मचाउला, प्रतीक्षा नै गर्नुपर्छ।