- उमाशङ्कर द्विवेदी
जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ कार्यालय र सम्बन्धित गाविसको आपसी कार्ययोजनाको मातहतमा तराईको पर्सा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने परिकल्पना गरिएको सुखद संवाद तथा प्रयासहरू भइरहेको तथ्य जानकारीमा आएको छ, जुन मानवको विकासक्रममा क्रमिकरूपले प्रवाहित हुने धाराको रूपमा सुखद, स्वस्थ्यकर, सराहनीय तथा स्तुत्य परिकल्पनाको रूपमा अस्तित्वमान रहेको महसुस गरिएको छ । देशमा राजनीति तरल अवस्थामा रहेको बेला यस्तो परिकल्पना राजनीतिक विचारकहरूको परिकल्पना हो कि कर्मचारीतन्त्रको दिमागी उपज हो भन्न गार्हो भएपनि यस प्रकारको परिकल्पना सराहनीय रहेको निर्विवाद सत्य छ । परिकल्पना गरिएको यस्तो महान् उद्देश्यको जरोमा गएर विचार, आूकलन तथा निक्र्योल गर्नु अपरिहार्य समस्याको रूपमा देख्न सकिन्छ ।
पर्सा जिल्ला मुख्यरूपले मदेशीहरूको वासस्थान हो । शहरी बसोवासको जनसङ्ख्या सीमित रहेको तथा जनसङ्ख्याको मुख्य विस्तार गाउूमा फैलिएर रहेको छ । यहाूका बासिन्दाहरूको मुख्य व्यवसाय वा पेशा कृषि हो । यसकै कारणले यहाँ बसेका गाउूहरू एकै ठाूउमा झुम्म परेर बसेको देखिन्छ तथा गाउूको वरिपरि चारैतिर कृषियोग्य जमीन रहेको देख्न सकिन्छ । पहाड र तराईको बसोवास व्यवस्थामा फरक परिदृश्य विद्यमान छ । पहाडीस्थानमा बसोवास भूमिव्यवस्था अनुसार फरक फरक छ । कोही लेकमा बस्छन्, कोही देउरालीमा बस्छन्, कोही टारमा बस्छन् त कोही बेंसीमा बसोवास गर्छन् तर जहाू बसे पनि एक ठाउूमा छिटफुटरूपमा दुई/चार वा बढीमा दश/पन्ध्र घरधुरी बसेको देख्न सकिन्छ भने तराईको गाउूमा बस्ती घनारूपले बसेको हुन्छ तथा गाउूको वरिपरि चारैतिर खेतीयोग्य जमीन हुन्छ, जसलाई भोजपुरी भाषामा ुसरेहु भनिन्छ । सरेहमा प्राय: जम्मै बासिन्दाहरूको धेरथोर खेतीयोग्य जग्गा रहेको हुन्छ । सरेहमा पोखरी, नहर, खोलानाला वा पइनी जस्ता जलाशयहरू हुन्छन् । यहाू प्रचलनमा रहेको परम्परा अनुसार गाउूका किसानहरू बिहान र बेलुका दुईवटा उद्देश्यका साथ सरेहतिर निस्कन्छन् । एक उद्देश्य शौचनिवृत्ति रहेको हुन्छ तथा अर्को उद्देश्य खेतमा लगाइएको बालीको हेरचाह रहेको हुन्छ । नागरिक चेतनाको अभावले हो वा परम्पराको पालनका लागि हो, खेतको आली, बाूसको झयाङ वा रूखको ओटमा बसेर शौचनिवृत्त गर्नमा मानिसहरूले अप्ठयारो मान्दैनन् । नजिकको जलाशयमा पानी सहजै उपलब्ध रहन्छ अथवा मानिसहरूले घरबाटै लोटामा वा अन्य कुनै किसिमको डब्बा, बोतलमा पानी भरेर सरेहमा शौचनिवृतिको लागि गएका हुन्छन् । पर्दाप्रथा रहेको यस क्षेत्रका महिलाहरू साूझ अूध्यारो भएपछि वा बिहान उज्यालो हुनुभन्दा अगावै दुई/चार जनाको समूहमा सोही कामको लागि सरेहमा निस्कन्छन् । चेतनाको अभाव अथवा लापरवाहीको कारणले सो कामको लागि सडक, बाटो तथा सार्वजनिक खुल्ला चौरको प्रयोग गर्नमा पनि हच्किंदैनन्, जुन वास्तवमा वातावरण फोहोर पार्नमा मदत पुर्याउूछ ।
यस प्रकारले खुल्लारूपमा शौच निवारण गर्ने बानी पारम्परिक भएपनि निस्सन्देह अस्वस्थ्यकर, हानिकारक, वातावरणमा प्रदूषण फैलाउने तथा असभ्यता जाहेर गर्ने बानीको रूपमा लिन सकिन्छ । यस्तो क्रियाकलाप निवारण गर्ने काममा सचेतनापूर्वक लागेका सङ्घसंस्था वा निकायहरूले यसको विकल्पको बारेमा सोच्न तथा कार्यान्वयन गर्न पहल गर्न सक्नुपर्दछ । उपरलिखित निकायहरूले यसको विकल्पको रूपमा पर्सा जिल्लाको प्रत्येक गाउूको घरैपिच्छे चर्पी निर्माणको लागि आवश्यक सामग्री उपलब्ध गराउने योजनामा लागिपरेको तथ्य बुझिएको छ । यो स्तुत्य काम हो तर यसका साथसाथै गरीब तथा अशिक्षित जनमानसको मनमस्तिष्कमा व्यापक स्वास्थ्यचेतना, स्वस्थ तथा प्रदूषणमुक्त वातावरण जोगाइ राख्ने चेतना तथा सभ्य समाजमा शिर ठाडो राख्न सक्ने चेतना जागृत गर्ने दिशातर्फ लाग्नुपर्ने टड्कारो रूपमा रहेको छ । हुनत परम्परागतरूपमा चलिआएको बानी एक्कासि छोडाइ हाल्ने सम्भावना भने फितलो अनुमानित रहेको देखिए पनि अर्को विकल्पको रूपमा गाउूहरूको सरेहमा विद्यमान रहेका जलाशयहरूको किनारा वा छेउमा अथवा सार्वजनिक खुल्ला चौरहरूमा सार्वजनिक शौचालयको निर्माण गरिदिंदा सो बानीमा केही हदसम्म अङ्कुश लाग्ने थियो कि ? यस्तो निर्माण कामको लागि निश्चयत: ठूलो धनराशिको आवश्यकता आइपर्ने छ, जसको जोहो कसले तथा कसरी गर्ने भन्ने कुरा यक्ष प्रश्नको रूपमा मुख बाएर उभिएको छ । यस प्रश्नको जवाफ उपरलिखित सङ्घसंस्था वा निकायहरूसित रहेको छ भने खुल्ला दिसामुक्त क्षेत्रको वर्तमानको परिकल्पनाभन्दा पनि ठूलो परिकल्पना गर्न सकिन्छ, जुन झनै स्तुत्य काम हुने थियो । कुरीति, नराम्रो बानी वा अमर्यादित चालचलनलाई गाली गर्नुभन्दा त्यसमा व्यापक सुधार, केही राम्रो गर्ने पहल तथा व्यापकरूपमा जनचेतना जागृत गर्न असल हुूदैन र ? पर्सा जिल्ला जस्तो ग्रामीण क्षेत्रको वर्तमानको दुरावस्था निश्चय नै सोचनीय छ, यस्तोमा पूरा जिल्ला नै खुल्ला दिसामुक्त क्षेत्र घोषित गर्ने दिशातर्फ लागिपर्ने परिकल्पना तथा कार्यान्वयन निश्चय नै प्रशंसनीय कार्य हो । कुनै पनि नौलो काम गर्ने विचार वा परिकल्पना गरेर त्यसको कार्यान्वयन गर्नु निश्चयत: कठिन काम त हुूदै हो तर आूट गरेर लागिपरेपछि मानिसको लागि असम्भव नै के छ र ? पर्सा जिल्लावासीहरू खुल्ला दिसामुक्त क्षेत्रको रूपमा आफ्नो पनि जिल्ला दरिएमा सुखद आश्चर्यका साथमा खुसीयाली मनाउनेछन् ।