प्रस, वीरगन्ज, १४ माघ/
नेपाल भारत व्यापार मेला–२०१४ लाई परिणाममुखी बनाउन सरोकारवाला निकायहरूले सहकार्यको प्रतिबद्धता जाहेर गरेका छन् । आज वीउवासङ्घ र माइन्ड्स नेपाल प्रालिको सहकार्यमा भएको अन्तक्र्रियामा सहभागी सरोकारवालाहरूले आगामी फागुन १ गतेदेखि हुने नेपाल–भारत व्यापार मेला उत्पादन प्रवद्र्धनमा केन्द्रित गर्न आपसी समन्वय हुनुपर्ने कुरामा जोड दिएका थिए ।
वीरगन्ज आदर्शनगर र·शालामा हुने १० दिने मेला सफल बनाउन सम्बद्ध सबै निकायले मेलाको स्वामित्व ग्रहण गर्ने बताइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले मेलाको सार्थकताका लागि बारा–पर्सा औद्योगिक करिडरका उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूको सहभागिता अनिवार्य भएको बताए । उनले व्यापार प्रवद्र्धनको उद्देश्य हात पार्न मेलामा सेवा क्षेत्रको पनि सहभागिता जरुरी रहेको बताए ।
प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले सुरक्षाका लागि प्रहरी सक्षम र सतर्क रहेको बताए । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैदले मेलालाई सफल पार्न सबै पक्षको सहयोगको आवश्यकता औंल्याउँदै स्थानीय कृषि उत्पादन र सेवामूलक उद्यमलाई प्रोत्साहित गरिने बताए ।
अन्तक्र्रियामा जिल्ला विकास समिति पर्साका कार्यक्रम अधिकृत धर्मराज थापा, वीरगन्ज उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विजय डङ्गोल, कृषि विकास कार्यालय पर्साका प्रमुख दिनेश राय, नेपाल टेलिकम वीरगन्ज वितरण केन्द्र प्रमुख अरुणकुमार चौधरी, सङ्घका उपाध्यक्ष ओमप्रकाश शर्मा, महासचिव गोपाल केडियालगायतले मन्तव्य राखेका थिए ।