यथार्थताको धरातलमा उभिएर वास्तविकतालाई उजागर गर्नुपर्दा ब्रह्मा त्यस्तो कुनै अतिशय अलाङ्कारिक र काल्पनिक कोरा चित्र मात्र नभई यसै साकार मनुष्य लोकमा भरिभराउ मानव आत्माहरूमध्यकै एक मानव तर सम्पूर्ण मानव थिए, जसको परमात्माप्रतिको प्रगाढ–अनन्य श्रद्धा र मानवीय तथा आध्यात्मिक मूल्य–मयार्दा र दूरदर्शी चरित्रले स्वयम् गुणका सागर परमात्मा पितालाई पनि आकर्षित गर्यो । अनादि अनन्त कालचक्रमा प्रत्येक ५००० वर्षको अन्तिम प्रहर कलिकालको अन्तमा मानवात्माहरू जब आफ्नो मूल स्वरूप र पिता–परमात्मालाई पूर्णरूपले बिर्सन पुगी सर्वाङ्गीण पतनको उत्कर्षमा पुग्छन्, तब गीताज्ञान दाता भगवान् शिव पूर्वनिश्चित शाश्वत् सृष्टिको विधान अनुसार सर्वआत्माहरूको कल्याणार्थ यस धरामा एक वृद्ध–अनुभवी भक्तको शरीरमा परकाय प्रवेश गरी आफ्नो दिव्य ज्ञान चारै दिशामा सम्प्रेषण गर्नुहुन्छ, यसैको आलङ्कारिक रूप चार मुख भएको वृद्ध देवताको रूपमा ब्रह्मालाई चित्रित गरियो ।
ब्रह्मा र परमपिता परमात्मा
प्राय: सबै मानिसले परमात्मालाई रचयिताको रूपमा र ब्रह्मालाई सृष्टिको स्थापनाकर्ताको रूपमा मानेका छन् । साथै ब्रह्माद्वारा सृष्टिको स्थापना, विष्णुद्वारा पालन र शड्ढरद्वारा महाविनाशको मन्तव्य व्यापकरूपले प्रचलित छ । यही तथ्यलाई लिएर सिख ग्रन्थको श्लोकमा भनिएको छ कि :
एको माई जगत बिसाई तीन चेले पखान
एक संसारी, एक भण्डारी एक लाए दिवान । यसरी श्रीकृष्ण नभई निराकार परमात्मा शिवले गीता ज्ञान सुनाउनको लाग जुन तनको आधार लिनुभयो त्यस तनको नाम ब्रह्मा राखियो । त्यस कारण भनिन्छ कि परमात्मा ब्रह्माले नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ । वास्तवमा गीतामा वर्णित छ ‘अर्जुनको रथ’ त्यो कुनै चार पाङ्ग्रा घोडाको रथ नभई शरीररूपी रथ हो र आत्मा शरीररूपी रथको रथी हो । जब आत्मारूपी रथी यो शरीरबाट निस्कन्छ त अर्थी (अ+रथी) उठ्यो भन्ने गरिन्छ । अत: भागिरथको अर्थ ब्रह्माको त्यो भाग्यशाली रथ जसमा स्वयं परमात्मा शिव प्रवेश भई ज्ञानामृत ग·ा बगाउनुभयो । ब्रह्म नै अर्जुन हो, जसको शरीरमा स्वयं परमात्मा सवार भई, एक ब्रह्माको र अर्काे गीताको भगवान् शिवको दोहोरो भूमिका एउटै शरीरमा निर्वाह गर्दै हुनुहुन्छ । यस प्रकार शरीरद्वार खाने, पिउने, कर्मयोग पार्ने अर्जुन अर्थात् ब्रह्माको कर्म चल्छ भने परमात्मा पनि मानवलाई सत्य गीताज्ञान तथा ईश्वरीय राजयोगको शिक्षा सुनाउन गीता ज्ञान तथा ईश्वरीय राजयोगको शिक्षा सुनाउन परमधामबाट त्यही (ब्रह्मा) भएकोले यही ब्रह्माको रथलाई नन्दीगण पनि भनिन्छ ।
ब्रह्माको अलौकिक कर्तव्य
ब्रह्मालाई आदिदेव एवं प्रजापिता पनि भनिन्छ । सृष्टिको आदिमा प्रजापिता ब्रह्माले यज्ञसहित प्रजा रच्नुभएको कुरा गीतामा पनि उल्लेख छ । अब प्रश्न उठ्छ कि सृष्टिको शुरुआत कहिले भएको थियो ? ब्रह्माले कुन यज्ञ र कस्तो प्रजा रच्नुभएको थियो ? यसको गुहयतम भेद अब हामीलाई स्वयं परमपिता शिवद्वारा स्पष्ट भएको छ कि कलियुगरूपी सृष्टिको अन्त सत्युगको आदिको समय अर्थात् पुरुषोत्तम स·ग युगलाई नै सृष्टिको आदिकाल भनिन्छ । किनकि त्यही समयमा शिव ब्रह्माद्वारा पुन:स्थापना अर्थात् अलौकिक कर्तव्य गराउनुहुन्छ, अत: सृष्टिको आदिदेव ब्रह्मा र जगदम्बा सरस्वतीलाई आदिदेवीको रूपमा मानिन्छ र उहाँहरू नै सत्युगी देवी सृष्टिको स्थापना गर्न परमपिता परमात्माको सहयोगी अर्थात् स्तम्भ हुनुभएको थियो ।
वास्तवमा गीता ज्ञान हिंसक युद्धको मैदानमा केवल एक अर्जुनलाई दिएको नभई सर्व मानवको लागि परमात्मा शिव अथवा रुद्र भगवान् कलियुगको अन्तमा ज्ञान सुनाउन र राजयोग सिकाउन ब्रह्मा तनमा अवतिरत भएर यस ईश्वरीय विश्वविद्यालय अर्थात् रुद्रज्ञान यज्ञको स्थापना गर्नुभएको हो र त्यही यज्ञबाट देवीदेवताका आत्मा उत्पन्न हुन्छन् । यसरी परमपिता परमात्मा शिवले यो अविनाशी रुद्रगीता ज्ञान यज्ञमा ब्रह्माद्वारा सत्युगी त्रेतायुगी देवी प्रजाको रचना गर्नुभएको हुनाले उहाँलाई प्रजापिता ब्रह्मा भनिन्छ । अत: स्पष्ट छ कि ब्रह्माद्वारा स्थापनाको कार्य यस साकार कलियुगी दुनियाँमा नै चल्छ । ब्रह्माको मुखबाट मानव स्थूल शरीरको उत्पत्ति हुने, यसको आध्यात्मिक अर्थ यही नै हो कि परमपिता परमात्मा शिवले कलियुगी शुद्र बुद्धि पतित मानवलाई दिव्य बुद्धि सत्ययुगी देवता बनाउनको लागि ब्रह्मा मुखद्वारा ज्ञान सुनाएर धार्मिक वचन अर्थात् सन्तान बनाउनुभएको थियो । जसरी क्रिश्चियनको धर्मपिता क्राइस्ट भएजस्तै सच्चा ब्राह्मण अर्थात् ब्रह्माकुमार–कुमारीको धर्मपिता ब्रह्मा हुन् भने शिव सर्व आत्माहरूका परमपिता हुन् । ब्रह्मामा मुखवंशावली ब्राह्मण बच्चाहरूको कर्तव्य निर्विकारी पवित्र बन्ने र बनाउने हो । ईश्वरीय ज्ञानको धारणा गर्ने र गराउने हो । यही सच्चा ब्राह्मण नै पुन: नयाँ सतयुगी दुनियाँ र त्रेतायुगी दैवी सृष्टिमा नरबाट नारायण र नारीबाट श्री लक्ष्मी समान जीवनमुक्त देवीदेवता पद प्राप्त गर्नेछन् । तर देवता बन्नको लागि ब्रह्मा मुख वंशावली सच्चा ब्राह्मण बनी ज्ञानको धारणा गर्न अनिवार्य छ । यही कारणले मन्दिरमा पुजारीहरू पनि ‘ब्राह्मण देवी देवता नम:’ भनेर सच्चा मुख वंशावली ब्राह्मणलाई नमस्कार गर्ने गर्छन् । यहाँ विचारणीय कुरा यो छ कि पुजारी ब्राह्मण किन यसरी वन्दना गर्ने गर्छन् ? यसको मतलब धारणयुक्त ब्रह्मा मुख वंशावली वास्तवमा सर्वश्रेष्ठ अर्थात् उच्चकोटीका ब्राह्मण हुन् ।
ब्रह्मा को हुन् ?
ब्रह्मा नै सृष्टिरूपी नाटकका अभिनेता हुन् । यस सृष्टिमा उहाँको भाग सत्युगदेखि कलियुगको अन्तसम्म पूरा कल्प चल्छ । अत: ब्रह्माको नामले सत्य, त्रेतायुगको कल्पलाई ब्रह्माको दिन र द्वापर कलियुगको युगलाई ब्रह्माको रात भनिन्छ । ब्रह्माको आत्माले पूरा कल्प अनेक नाम, रूप धारण गरी ८४ जन्म लिनुहुन्छ र कलियुगको अन्तमा अर्थात् ८४ जन्मको अन्तमा स्वयं निराकार परमात्मा शिव उहाँको तनमा प्रवेश भई ब्रह्मा नाम राख्नुहुन्छ । जस्तै कुनै व्यक्ति सन्न्यासी बनेपछि या धर्म बदलेपछि अर्थात् कसैको अनुगामी बनेपछि उसको पुरानो नाम बदलिन्छ, त्यस्तै शिव बाबा सत्य गीता ज्ञान सुनाउन व्यक्तिको शरीररूपी रथमा अवतरित भई ब्रह्माको लौकिक नाम बदलिनुहुन्छ । जब सृष्टिको ग्लानिको समय अर्थात् कलियुगको अन्तमा गीताका भगवान् स्वयं परमात्माको अवतरण हुन्छ त्यस्तो तमोप्रधान सृष्टिमा कृष्णजस्तो दिव्य शरीरधारी आत्माको जन्म हुँदैन । एउटा प्रसिद्ध भनाइ पनि छ कि कलियुगमा त देवताहरूको छाया पनि पर्न सक्दैन । चित्रहरूमा पनि ब्रह्माको सेतो दाढी वृद्ध अवस्था देखाउँछन् । अन्य कुनै देवताहरूलाई दाढी देखाउँदैनन् । यसबाट पनि स्पष्ट हुन्छ कि परमधाम निवासी परमात्मा शिव मनुष्य आत्माहरूलाई सत्य गीता ज्ञान सुनाउन एक वृद्ध अनुभवीको तनमा प्रवेश गर्नुहुन्छ । अत: गीतामा भगवान्को महावाक्य यो छ कि साधारण मनुष्य तनमा परमात्मा अवतरित भएको हुनाले मूढमति मनुष्यले परमात्मालाई पहिचान गर्न नसकेर तुच्छ सम्झिन्छ । अत: परमात्मा शिव गीता सुनाउन सजीसजावट किशोर कार्य ब्रह्माद्वारा नै गर्नुहुन्छ । वास्तवमा हर कल्पको अन्तमा परमात्मा आदिदेव ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना गर्न अवतरित हुनुहुन्छ । अत: गीताको भगवान्को श्रीमद्को साथसाथै ब्रह्माको मत पनि मशहुर छ । अति हठ गर्ने व्यक्तिले भन्छ– स्वयं ब्रह्मा नै रुद्रज्ञान यज्ञका पिता हुन् । ब्रह्माद्वारा यज्ञ वस्तुहरूको पवित्र आहारविहार, आचरणद्वारा बनेको शिक्षालाई ब्रह्माचरण, ब्रह्माचर्य, ब्रह्माविद्या, ब्रह्माभोजन आदि रूपमा आजसम्म प्रचलित छ । गीतामा ब्रह्माको
बदलामा श्रीकृष्णको नाम राख्नुको कारण पनि यही हो कि भविष्यमा ब्रह्मा नै विष्णु (श्रीकृष्ण) र विष्णु नै ब्रह्मा बन्नुहुन्छ । कलियुगको अन्तमा ब्रह्मामा हुने आत्मा नै सतयुगी प्रथम राजकुमार श्रीकृष्णको रूपमा जन्म लिनुहुन्छ । विष्णुलाई ब्रह्मा बन्न पूरा ८४ जन्म ५००० वर्ष लाग्छ, जबकि ब्रह्मालाई विष्णु बन्न कल्पको अन्तमा एक जन्म लाग्छ ।
अव्यक्त ब्रह्मा
वास्तवमा ब्रह्मालाई प्रजापिता भन्नुको अर्थ के हो भने प्रजा यही साकार दुनियाँमा हुन्छ, सूक्ष्म लोकमा होइन । तर चित्रहरूमा ब्रह्मा, विष्णु र शड्ढरलाई आकाशमा बादलमाथि अथवा पुष्पवर्षा गरेको देखाइन्छ । अत: यस कुराको सत्य अर्थ यो हो कि साकार ब्रह्माले यज्ञवत्सहरूभन्दा पहिले नै सम्पूर्ण अवस्था प्राप्त गर्नुभयो भने सूक्ष्म लोकको ब्रह्मापुरीमा अव्यक्तरूपले रुद्रयज्ञको निर्देशन पनि गर्नुहुन्छ । जसले गर्दा यज्ञवत्सहरूलाई यज्ञको प्रशासन कार्यभार सम्हाल्न र तीव्र पुरुषार्थ गरेर ब्रह्मा पिता समान बन्ने योग्यता प्राप्त गर्न शुभअवसर र खुला चेतावनी प्राप्त भइरहेको छ । अब ब्रह्मावत्सहरूले आफ्नो सम्पूर्ण अवस्था प्राप्त गर्न केही क्षण शेष बचेको छ भने कलियुगी पतित सृष्टिको महाभारी महाविनाश निकट निश्चित छ ।
एवंरितले निराकार परमपिता परमात्मा शिव (कल्याणकारी सर्वशक्तिमान ईश्वर) को साकार माध्यम आदिदेव प्रजापिता ब्रह्मा बाबाले आफ्नो भौतिक कलेवर (देह) त्याग गरी सम्पूर्ण प्रकाशमय फरिस्ता स्वरूप
(सूक्ष्मदिव्य प्रकाशमय) अलौकिक आभाले युक्त प्रकाशको शरीर धारण गरी सम्पूर्ण र सम्पन्न अवस्था धारण गरेको दिन सन् १९६९ जनवरी १८ को यादगारस्वरूप हर वर्षको १८ जनवरीलाई स्मृति दिवस, विश्व शान्ति दिवसको रूपमा ब्रह्माबाबा समान सम्पूर्ण र सम्पन्न बन्ने दृढ सड्ढल्प गरी विशेष साङ्गठनिक मौन तपस्या गरी समस्त विश्वका लागि शान्ति, प्रेम र मातृत्वको शक्तिशाली मनोबल दिंदै विश्वव्यापी रूपमा सम्पूर्ण ब्रह्मावत्सहरू मनाउने गर्दछन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र
वीरगंज (नेपाल)
विभिन्न बहुचर्चित धार्मिक ग्रन्थहरूमा ब्रह्माको अस्तित्वको सम्बन्धमा विभिन्न अभिव्यक्तिहरू उल्लेख गरिएका छन् । तर यसका रचनाकार मानव मस्तिष्क नै भएको कारण निकै भ्रान्तिपूर्ण, विवादस्पद एकै अलाङ्कारिक शब्दको प्रयोगले आम मानवका लािग समयभन्दा टाढाको कुरा हुन गएको छ ।
वास्तवमा जगत् नियन्ता सर्वशक्तिमान परब्रह्म परमात्मालाई जसरी सर्व–धर्मात्माहरूले प्रकाशमय, ज्योतिबिन्दु स्वरूप तथा निराकार– अजन्मा परमशक्तिको रूपमा स्वीकार गरेका छन्, त्यस्तै गरेर भाषान्तरतका बावजुद पनि ‘ब्रह्मा’ लाई परमशक्ति परमात्माद्वारा सृष्टि स्थापनार्थ रचित ‘त्रिदेव’ मध्येका एक देवताको रूपमा स्वीकार गरेका छन् । क्रिश्चियनहरू सृष्टिको प्रथम पुरुषलाई एडम, मुस्लिमहरू आदम र हिन्दूहरू ब्रह्मा आदि नामबाट पुकार्ने गर्दछन् ।