प्रस, वीरगंज, १६ माघ/
अखिल नेपाल फूटबल सङ्घ पर्साको आयोजनामा नारायणी र·शाला वीरगंजमा सञ्चालित रेडबुल जिल्ला स्तरीय फूटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।
आज सम्पन्न प्रतियोगिताको फाइनलमा भेट्रान्स क्लबलाई अतिरिक्त समयमा एक गोल पराजित गरी प्रगतिशील युवा क्लब लक्ष्मनवा प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा दुवै टिमले दुई/दुई गोल गरी बराबरी खेलेका थिए । अतिरिक्त समयमा प्रगतिशील युवा क्लबले पेनाल्टी पाएको र सो पेनाल्टीलाई उपेन्द्र चौधरीले सहज गोलमा परिणत गर्न सफल भएपछि प्रगतिशीलले जित हासिल गरेको हो।
आजको खेलका विजयी प्रगतिशील युवा क्लबका खेलाडीहरूलाई पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले शील्ड प्रमाणपत्र र नगद वितरण गरेका थिए । यसैगरी उपविजेता भेट्रान्सका खेलाडीलाई वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक बैदले शील्ड–मेडल, प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।
आजको खेलमा गोविन्द चौधरी म्यान अफ द म्याच घोषित भएका थिए र उनलाई पूर्व प्रशिक्षक हरिबहादुर श्रेष्ठले पुरस्कृत गरेका थिए । फाइनल तथा समापन खेलमा नेका वीरगंज नगर कार्यसमितिका सभापति महम्मद सहाबुद्दिन, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्का, अन्तर्राष्ट्रिय फूटबल रेफ्री गजेन्द्रमान सिंहलगायतको उपस्थिति रहेको स्वयंसेवक विशेश्वर पटेलले बताए । समापन समारोहको सहजीकरण सङ्घका महासचिव मानदेव हजराले गरेका थिए । यही माघ ५ गतेदेखि सञ्चालित रेडबुल जिल्ला स्तरीय फूटबल प्रतियोगिमा १४ वटा टिमको सहभागिता थियो ।