जुवामा हारेको जुवाडे खपटाको जुवा खेलेर आफ्नो धित मेट्छ । लामो समयदेखि निर्वाचनमा सहभागी हुन नपाएका राजनीतिक दलका कार्यकर्ताहरू विद्यालय व्यवस्थापन समिति वा अन्य कुनै पनि निर्वाचनमा ज्यूज्यान लगाएर भिड्छन् । यो मानिसको स्वाभाविक प्रवृत्ति हो । जसले जुन काम गरिरहेको हुन्छ, त्यसमा प्रतिस्पर्धा गर्न पाएन भने, सोही सरहको ठाउँको खोजी गर्दछ । यसर्थ यस्ता काममा प्रवृत्ति नै जाओस् भन्ने चेष्टा व्यक्ति, समाज र राज्यले गर्नुपर्दछ । अचेल जताततै प्रहरी र तस्करबीच भिडन्त हुन थालेको समाचार आउन थालेको छ । तस्कर विभिन्न प्रकारका हुन्छन् । कोही मानव शरीरको तस्करी गर्दछ, कोही वन पैदावारको तस्करी गर्दछ, कोही लागू औषधि–रसायनलगायत गाँजा अफिमको तस्करी गर्दछ भने कोही भारतमा सस्तो र नेपाल सरकारको भंसार नीतिको अविववेकले उत्पन्न महँगो सामानको तस्करी गर्दछ । यी सबै तस्करीमध्ये भंसार चोरी गरी भारतीय वा चिनियाँ सामान भित्र्याउने तस्करी अलि कम जोखिमको हुन्छ । अचेल तिनै तस्करहरू पनि प्रहरीसँग जोरी खोज्न थालेका छन् ।
लागू औषध, मानव, वनज·लजन्य प्राणी/वस्तुका तस्करहरू नामैले भयावह बुझिन्छन् । उनमा हृदयहीनताको आभास पाइन्छ, उनीहरूको कारोबारको आय असीमित हुन्छ । यस्ता तस्करहरू धनबल, जनबल, शस्त्रबल सबैले सम्पन्न हुन्छन् । उनीहरूले प्रहरीसँग भिडन्त गर्नु स्वाभाविक लाग्दछ । तर भारतीय बजारबाट केही हजार वा विरलै लाखको सामान भंसार चोरी गरी नेपालको सीमावर्ती क्षेत्रमा बिक्री गर्ने पोके–तस्करूहरूले पनि प्रहरीसँग भिडन्त थाल्नु अतिरेक हो । नेपालमा लामो समयदेखि जारी सङ्क्रमणकाल, भूमिगत गिरोहको नाममा आपराधिक क्रियाकलाप, राजनीतिको नाममा जारी अराजकता आजको दिनसम्म आइपुग्दा निकै मत्थर भइसकेको छ । त्यस्तो बेला प्रहरीको शक्तिलाई चुनौती दिनु चिन्ताको विषय हो । अहिले सुरक्षा प्रत्याभूति बढेर शान्ति बहाली हुँदै गरेको बेला साना तस्करहरूको भिडन्त गर्ने मनोवृत्तिप्रति उदासीनता अपनाउन सकिन्न । यसमा प्रहरीकै विगतको गल्ती वा तस्करहरूको पृष्ठभूमिमा कुनै शक्तिको आधार रहेको देखिन्छ ।
प्राय: सुनिएकै कुरा हो प्रहरीले कहिले तस्करीको लाइन खोल्छ कहिले बन्द गर्छ । यस्तो हुँदा हिजो लाइन खोलिदिने प्रहरीलाई तस्करहरू हेप्छन् नै । वा यी तस्करहरूको पछाडि पनि कुनै शक्तिको धाप छ वा साना तस्करहरूको एकता भएर उनीहरू शक्तिशाली भएका हुन् । जे अवस्था रहे पनि राम्रो होइन । तस्करहरूको मनोबल बढ्नु भनेको देशले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा अस्तव्यस्ता भोग्नु हो । हातमा पैसा भयो भने भोलि नेपालको अर्थतन्त्र तस्करहरूले सञ्चालन गर्न थाल्नेछन्, राजनीति गर्नु अहिले नै महँगो भएको छ, भोलि असल मानिसले निर्वाचनमा उठ्ने कल्पनै गर्न सक्दैन । अर्थतन्त्र र राजनीति तस्करहरूको हातमा भएपछि सामाजिक संरचना पनि निश्चय नै बिथोलिन्छ । तसर्थ यस्तो प्रवृत्तिलाई समयमैं रोक्न नसक्ने हो भने माओवादी भूमिगत छँदा राज्यले आफ्नो शक्ति खुम्च्याएर शहर केन्द्रित गरेजस्तै भोलि सुदूर गाउँहरूमा तस्करहरू राज्य हुनेछ । त्यसले राज्यलाई असफल बनाएको मात्र साबित हुनेछ । संसारका कैयौं मुलुकमा यसैगरी साना तस्करहरूको मनोबल बढेर माफियातन्त्रको जालो फैलिएको छ, जसले सरकारलाई नै चुनौती दिने गर्दछ ।