पर्सा जिल्लाको धोबिनी गाविस अहिले चिन्तातुर भएको छ । कारण त्यस गाउँबाट रोजगारको खोजमा कतार गएका दुईजना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुँदैमा चिन्तित हुनुपर्ने कारण त केही थिएन, तर सञ्चारमाध्यममा उनीहरू काम गरिरहेको निर्माण कम्पनीमा दुर्घटना भएर केही व्यक्ति मारिएको खबर आएको र उनीहरू सम्पर्कविहीन हुँदा दुर्घटनाको सम्भावना उनीहरूतिर सोझिएर चिन्ता भएको हो । नेपालमा बेरोजगार अति भयावहरूपमा बढेको छ । देशमा रोजगारको खासै व्यवस्था छैन । स्वरोजगारका लागि मानिसहरूसँग कि लगानी छैन, कि इलम छैन । भएको थोरै खेतबारीमा काम गर्न आजका युवाहरूको जाँगर चल्दैन । अनि विदेश जानुको विकल्प हुँदैन । विदेश पुगेर कमाएर ल्याएकाहरूको देखासिकी, उनीहरूको उन्नति आदिले पनि मानिसलाई विदेश जान लोभ्याएको छ । कमाइ गर्न देश–परदेश जाने प्रचलन प्राचीनकालदेखि चलिआएको हो । तर अहिलेको समयमा मानिसहरू बढी मात्रामा कमाउने उद्देश्यकै लागि विदेशिन थालेका छन् । नेपालका प्राय: युवाहरू विदेशिएका छन् । सरकारले पनि वैदेशिक रोजगारमा जान हौस्याउने गरेको छ । राजनीतिक दलहरूको त झन् के कुरा १
विदेशमा कमाउन जानुलाई नराम्रो भन्न सकिन्न । तर इज्जत र सम्मानपूर्वक तथा सुरक्षा तथा अन्य कुराहरू पारदर्शी छ भने । प्राय: विदेश जाने नेपाली युवाहरू सीप/इलम जानेका हुँदैनन् । अनि जुन काम पाए पनि गर्न तयार हुन्छन् । विदेश गएर के काम गर्ने, कति पैसा पाइन्छ, त्यहाँ सुरक्षाको के अवस्था रहन्छ, कुनै भवितव्य आइपरेमा कसरी र कसलाई गुहार्ने आदि प्राथमिक कुराबारे जानकारी बिना नै विदेश जानेहरू प्राय: धोबिनी गाउँका युवकहरूजस्तै अन्योलको शिकार बन्दछन् र परिवारजन चिन्ताको भुमरीमा हेलिन थाल्छन् । यहाँका म्यानपावर कम्पनीहरूले पनि आफ्नै स्वबन्धुहरूलाई उचित परामर्श दिंदैनन् । उनीहरूको उद्देश्य जसरी भए पनि कमिशन प्राप्त गर्नु मात्र रहेको छ । विदेशमा मानिसको अकाल छ । उनीहरू सुविधासम्पन्न तथा धनी छन् । शारीरिक मेहनतको काम गर्न मन पराउँदैनन् । स्वाभावत: उनीहरूलाई काम गर्ने मानिस चाहिएको हुन्छ । गोठाले बन्न, निर्माण कम्पनीहरूमा भारी बोक्ने काम गर्न, कारखानाहरूमा जोखिमको काम गर्न खासै इलम आवश्यक हुँदैन । फेरि त्यस देशको पनि आफ्नो कानुन हुन्छ, जसको परिपालना आवश्यक हुन्छ । कानुनबाट जोगिन कम्पनीहरूले कामदारको आवश्यक रिपोर्टिंग गर्दैनन् । जसले गर्दा धोबिनीका युवकहरूजस्तो अवस्था उत्पन्न हुन्छ ।
यी युवकहरू दुर्घटनामैं परेका हुन् कि, उनीहरूको अहिले के अवस्था छ, आदि जानकारी परिवारजनलाई छैन । संयोगले उक्त ठाउँभन्दा केही टाढा यसै गाउँका केही अन्य व्यक्तिहरूले उनीहरूको अवस्था पत्ता लगाइदिने बताएका छन् । विदेशको कानुन कडा हुन्छ, कुनै आपत्विपत्मा जोकोही पनि आफ्नै देशवासीको पक्ष लिन्छ । निर्माण कम्पनीकै गलतीले दुर्घटना भएको रहेछ भने पनि कामदारमाथि दोष थोपरिदिनु गार्हो छैन । यस्तोमा सरकार चनाखो भएर विदेश जाने देशवासीको हितका लागि उनीहरूको सबै गतिविधिबारे जानकारी राख्नु आवश्यक छ । उनीहरूकै रेमिटान्सले देश चलिरहेको छ भने उनको सुरक्षा तथा कल्याणका लागि काम गर्न जाने मुलुकसँग सम्झौता गरेर, कामको स्थायित्व र ज्यानको गारेन्टी त सरकारले गर्न सक्छ नै, त्यसमा हाम्रो सरकार चुकेको छ, जसले गर्दा बेलाबेला यस्तो चिन्ता जन्मिरहन्छ ।