विकासको चरणमा सुविधा र विकृति दुवै प्राप्त हुन्छ । देव र दानव मिलेर समुद्र मन्थन गर्दा अमृत र विष दुवै प्राप्त भएझैं । कुरा कसको भागमा विष र कसको भागमा अमृत पर्छ भन्ने मात्र हो । बाठो र संयमीलाई अमृत प्राप्त हुन्छ भने विषधारण गर्ने व्यक्ति महान कहलिन्छ । यो सत्यापित कुरा हो । त्यसको गुहय खोतल्नतिर नजाउँ । समुद्र मन्थन एउटा उद्योग थियो, उद्योग गरेपछि फल प्राप्त हुन्छ । फल राम्रो पनि हुन्छ, नराम्रो पनि भन्न खोजिएको मात्र हो । यो जुनसुकै उद्योगमा पनि हुन्छ । हाम्रा कारखानाहरूले उपभोग्य वस्तु उत्पादन गर्छन्, सँगै विषाक्त पदार्थ पनि । उपभोग्य वस्तुको हामी खुशी भएर उपभोग गर्छौं, साथै त्यसबाट निष्कासित विकृतिजन्य पदार्थलाई पनि हामीले बेहोर्नुपर्छ । सामञ्जस्य मिलाएर दुवैको व्यवस्थापन गर्नु अहम् हो । उपभोग गर्ने वस्तुका लागि चिन्ता हुँदैन, विसर्जित वस्तुको व्यवस्थापन मूल समस्या हो । त्यसमा ध्यान दिने हो भने सबैथोकबाट राम्रो प्राप्त सकिन्छ, सकिएन भने खिन्नता प्राप्त हुन्छ । यो सबै क्षेत्रमा लागू हुने कुरा हो ।
आज विश्वभरि नै मानिसलाई रोग लाग्छ । सबै रोग व्यक्ति एक्लैले वा परिवारले निखन्न सक्दैन । रोगको उपचार क्रममा मानिस विपन्न हुन पुग्छ । उसलाई सहयोगको आवश्यकता हुन्छ । सहयोगका लागि सक्षम व्यक्तिसम्म खबर पुग्न सक्नुपर्छ । त्यो खबर पुर्याउने काम सञ्चारमाध्यमहरूले गर्दछन् । सञ्चार पनि आजको युगमा व्यवसायको पर्याय बनेको छ । यो पनि उद्योग बनेको छ । अनि उद्योग भएपछि राम्रो र नराम्रो दुवै वस्तुको उत्पादन हुन्छ । सञ्चारमाध्यमको विकास भएपछि यसबाट पनि राम्रा र नराम्रा कुराहरू बाहिर आउँछन् । आज विश्वमा महामारी फैलन्छ, युद्ध फैलन्छ, शीतलहर चल्छ, कसैलाई असाध्य रोग लाग्छ, रगतको आवश्यकता हुन्छ, भूकम्प आउँछ, बाढी पहिरोले मानिसलाई आपद् पार्छ । तत्काल सबैतिरबाट सहयोगी हातहरू जुर्मुराउँछन् । तत्काल अन्न, पैसा, राहतको ओइरो लाग्छ । जाडोले पीडित व्यक्तिहरूलाई न्यानो वस्त्रको सहयोग जुट्छ, महामारी फैलिंदा औषधि र स्वास्थ्यकर्मीहरूको ताँती लाग्छ । आपत्मा परेका व्यक्तिहरूप्रति सञ्चारको सहानुभूति हुन्छ, उसले समाचार प्रकाशित गर्छ । अनि कसलाई पैसा चाहिन्छ, कहिलेकाहीं अ· नै आवश्यक पर्छ । कोही भएर पनि दिन चाहँदैन, कोही थाहा नपाएर दिन सक्दैन । यी सबैको समायोजन सञ्चार माध्यमले गरिदिन्छ ।
यस अर्थमा जीवन जिउने क्रममा जति पनि उद्योग गरिन्छ, त्यसको सर्वकल्याणको कामनाका साथ उपयोग भयो भने चारैतिर राम्रो हुन्छ । एकजना दिपेन्द्रलाई मृगौला रोग लाग्यो, उनकी पत्नीले मृगौला दान दिइन् । उपचार भयो, उनले अ· पाए । यो क्रममा उनको बिल्लबाठ भयो । रोग त निको भयो तर लामो औषधिसेवनको औकात रहेन । सञ्चारमा समाचार आयो । केही दाताहरू उपर भए र केही भए पनि गर्जो टर्यो । यस्ता सुखद पक्षहरू सबै उद्योगमा हुन्छ । त्यसलाई सोही रूपमा ग्रहण गर्नु आवश्यक छ । सुखद क्षणलाई हामी जति सहजरूपमा स्वीकार गर्दछौं, कहिलेकाहीं असहज पक्षलाई पनि स्वीकार गर्न सक्नुपर्छ । किनभने मानिसमा दैवत्व मात्र प्राप्त गर्ने चाहना हुन्छ । मानिस असलको, त्यो अरूकै किन नहोस् चाहना गर्छ, खराब आफ्नै किन नहोस्, परित्याग गर्न चाहन्छ । सर्वकल्याणका लागि शिवत्वको गुण धारण गर्न देवहरूले पनि सकेनन् । शिवत्व धारण गर्नु दान गर्नु हो । त्यसैले दान गर्नेहरू थोरै हुन्छन् । तर थोरैले नै यो मानव समाजको गरिमा जोगिएको छ ।