प्रस, वीरगंज, १६ माघ/
स्व. उम· गौतमको स्मृतिमा युनिसन ग्रुपले आजदेखि उम· गौतम नकआउट फूटबल प्रतियोगिता शुरु गरेको छ ।
स्थानीय अञ्चल प्रहरी कार्यालय, नारायणीको खेल मैदानमा पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए । युनिसन ग्रुपका अध्यक्ष लालबहादुर गुप्ताको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाई वीउवासङ्घका अध्यक्ष अशोक बैद, पूर्व प्रशिक्षक हरिबहादुर श्रैष्ठ, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष केसी लामिछाने, वीरगंज जेसिजका अध्यक्ष सन्तोष खनाल, पूर्व खेलाडी ऋतु शाक्य, प्राचार्य बलराम श्रेष्ठ, अभिभावक सङ्घका महेशचन्द्र गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत अमर गौतमले गरेका थिए । आज भएको खेलमा जुनियरतर्फ मनकामना र मूनलाइट मावि तथा सीनियरतर्फ मनकामना र विद्यासदन मावि विजयी भएका छन् । जुनियरतर्फको खेलमा मनकामनाले विद्यासदनलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरेको थियो । यसैगरी मूनलाइटले माउन्ट हर्मनलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको थियो, सिनियरतर्फ मनकामनाले सनराइजलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको थियो भने विद्या सदनले मास्कोटलाई शून्यको विरुद्ध दुई गोलले पराजित गरेको थियो । आजको चारवटै खेलमा आशिष ताम्राकार, उज्ज्वल बस्नेत, तवरेज आलम र नीरज श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका अमर गौतमले बताए ।