- डा. रमेश मिश्र
शरीर, मन, आत्मा र वातावरणको क्रियात्मक संयोगबाट स्वास्थ्य निर्माण हुन्छ । आयुर्वेद एउटा जीवन विज्ञान हो । यस नाताले आरोग्यको संरक्षणबाट रोगबाट बचाउने काम पनि गर्दछ । आयुर्वेदको प्रयोजन नै हो स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगीको रोग उपचार ।
स्वास्थ्य अनुशासन (हाइजीन) जसमा आहार विहारसम्बन्धी दिनचर्या, ऋतुचर्या र सदाचारको विस्तृत विवरण छ । जुन आयुर्वेदको विषय हो । धारणीय वेग र अधारणीय वेगसम्बन्धी नियमको पालनाबाट आरोग्य प्राप्त हुन्छ । यहाँ हामी केही अधारणीय वेगको चर्चा गर्नेछौं । शरीर स्वस्थ रहन हाम्रो शरीरमा प्राकृतिकरूपमैं केही क्रियाहरू भइरहेका हुन्छन् । ती क्रियाहरूलाई प्राकृतिकरूपमैं चल्न दिनुपर्छ । यदि हामी यसको विरोध अर्थात् दबाउने काम गर्छौं भने हामी रोगी हुन्छौं । हाम्रो शरीरमा अधारणीय वेगहरू यस प्रकारका छन्, जसलाई रोक्यौं भने हामी रोगी हुन्छौं ।
मूत्रको वेग रोकेमा मूत्रकष्ट, पथरी, मूत्राशयको क्रियाहीनता एवं शोथ हुन्छ ।
पुरीषको वेग अर्थात् दिसा रोकेमा उदरशूल, अजीर्ण, पेटमा वायु, टाउको दुख्ने, पेटमा व्रण हुन्छ ।
अपानवायुको वेग रोकेमा अर्थात् मलद्वारबाट निस्किने वायु रोकेमा उदरशूल, अफारा, अजीर्ण, हृदयरोग, कब्ज वा अतिसार हुन्छ । पुरुषले मैथुन क्रिया गर्दा शुक्रक्षरण रोकेमा पथरी, अण्डकोषमा पीडा एवं मैथुनमा कष्ट हुन्छ ।
वमन रोकेमा शीतपित, चक्कर आउनु, रक्तअल्पता, अम्लपित्त, त्वचा विकार एवं ज्वरो पनि हुनसक्छ ।
हाछ्यूँ रोकेमा नाशा शोथ, जीर्ण प्रतिश्याय, शिर शूल, पिनाश एवं श्वसन संस्थानको रोग हुनसक्छ ।
उद्गार (डकार) रोकेमा बाँडुली (हिच्की), वक्षशूल, कास, अरुचि एवं मंदाग्नि हुनसक्छ ।
जम्हाइ रोकेमा पोषण विकार, दुर्बलता हुनसक्छ । आँसु रोकेमा मानस रोग, छातीमा पीडा, चक्कर एवं पाचन विकार हुनसक्छ । श्वास रोकेमा निस्सासिने, श्वसन विकार, हृदयरोग र अन्त्यमा मृत्यु पनि हुनसक्छ।
निद्रा रोकेमा अनिद्रा, मानसिक रोग, पाचन विकार एवं ज्ञानेन्द्रियहरूको रोग हुनसक्छ ।
अत: स्वस्थ रहन यी अधारणीय वेगहरूलाई धारण गर्नुहुँदैन अर्थात् रोक्नु हुँदैन ।
– नेपाल आयुर्वेद चिकित्सा परिषद्