प्रस, वीरगंज, १४ पुस/
वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्र घिमिरेबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो।
सङ्घको सभाकक्षमा आज एक विशेष समारोह आयोजना गरिएको थियो । सो अवसरमा नेपाल–भारत व्यापार तथा पारवहनसँग सम्बन्धित विषयबारे विचार विमर्श भएको थियो।
वीउवा सङ्घबाट उठाइएका तथा प्रस्तुत गरिएका विषयहरूमाथि प्रकाश पार्दै महावाणिज्यदूत घिमिरेले हालै राजधानीमा सम्पन्न नेपाल–भारत अन्तर्सरकारी बैठक (आइजिसी बैठक)ले द्विपक्षीय व्यापारिक, आयात–निर्यातका सन्दर्भमा देखिएका बाधा अवरोध निरुपण गर्न सहयोग पुग्ने कुरा बताएका थिए। वीउवा सङ्घको सुझावप्रति गम्भीर रहेको बताउँदैं घिमिरेले सङ्घद्वारा प्रस्तुत समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। महावाणिज्यदूत घिमिरेले दुई पक्षीय अन्तर्सरकारी बैठकमा सहमति भएका बुँदाहरूको शीघ्र कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए।
वीउवा सङ्घका अध्यक्ष अशोककुमार बैदको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बैदले व्यापार तथा पारवहनको समस्या निराकरण गर्न महावाण्ज्यिदूत घिमिरेले गरेको पहल सकरात्मक रहेको बताउँदै कोलकाता पोर्टका कारण नेपाली व्यापारीले भोगिरहेका समस्या सम्बन्धमा महावाणिज्यदूतको ध्यानाकर्षण गराएका थिए।
कोलकातापोर्टमा हुने गरेको कन्जेशनको समस्या, कोलकातापोर्टमा समयसापेक्ष छिटो छरितो काम कारबाई हुनुपर्ने, सामान आयात गर्दा हुने भन्सार बिन्दु परिवर्तन, एलसीमा हुने ढिलाइलगायत कुरामाथि सङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीप केडिया, नि. अध्यक्ष अशोक टेमानी, उपाध्यक्ष सुबोध गुप्ताले विचार व्यक्त गरेका थिए।
खुला छलफलको क्रममा भारतका विभिन्न स्थानहरूमा अनावश्यक कर उठाउनाले नेपाली आयातकर्तालाई समस्या परेको जगदम्बा समूहका विशाल पटवारीले बताए। सो अवसरमा ट्रान्सपोर्ट व्यवसायी राजेन्द्रप्रसाद गुप्ताले ढुवानी सम्बन्धी समस्याबारे प्रकाश पारेका थिए। सङ्घका पूर्वअध्यक्ष गणेशप्रसाद लाठले भारत तथा वीरगंजका उद्योगी व्यवसायी तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर व्यावसायिक बैठक हुनुपर्ने धारणा राखेका थिए।
सङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सङ्घका कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।