अनन्तकुमार लाल दास
शिक्षामा प्रविधि वा शिक्षाका लागि प्रविधि यी दुवै बिन्दुमाथि गहिरो छलफलको आवश्यकता रहेको मैले महसुस गरेको छु। प्रविधि मानिसको जटिल समस्याको समाधान गर्न सक्षम छ भने मानिसलाई दिमागी र शारीरिक कसरतबाट टाढा लग्दै आफूमाथिको निर्भरता बढाउँदै पङ्गु बनाइरहेको छ। यस आलेखमा प्रारम्भिक स्तरको गणित शिक्षणमा प्रविधि प्रयोगको सीमा के हुनुपर्छ भन्नेबारे छलफल गर्न खोजिएको छ। यस आलेखमा गणित शिक्षणमा कुन–कुन प्रविधि प्रयोग गर्न सकिन्छ र त्यसको औचित्य र सीमाबारे पनि छलफल गर्न खोजिएको छ।
समय सँगसँगै परिवर्तन भइरहेको र दिन प्रतिदिन बढ्दै गएको प्रविधिको विकासले मानिसलाई पृथ्वी मात्र होइन, अन्तरिक्षलाई बुझ्न सक्षम बनाएको छ। वर्तमानमा केटाकेटीहरूलाई प्राविधिक उपकरणसँग खेल्नु, त्यसलाई बुझ्ने प्रयास गर्नु र त्यसको प्रयोग गरी पढ्नु बढी रुचिकर लाग्छ। उनीहरूको प्रविधिप्रति बढ्दो रुचि देखेर शिक्षणको लागि सही र उपयुक्त प्रविधिको चयन र सही तरिकाले प्रयोगबाट उच्च उपलब्धि हासिल गर्न सहायक सिद्ध हुन सक्छ। यस कारण वर्तमान परिप्रेक्ष्यमा एउटा शिक्षकले प्रविधिको आवश्यकता बुझ्नु आवश्यक छ, तर त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा शिक्षकको रुचि एवं कुशलतामा भर पर्छ। वर्तमान समयमा शिक्षणमा भइरहेको परिवर्तनसँगै शिक्षकहरूले पनि आफूलाई सोही अनुकूल ढाल्नु अनिवार्य भएको छ।
आजभन्दा दश वर्षपछि एउटा गणित कक्षाबारे कल्पना गर्दा हामीले शिक्षकलाई कक्षाको एउटा कुनामा बसेको पाउँछौं। शिक्षकको अगाडि एउटा कम्प्युटर रहेको छ। कालोपाटी राख्ने ठाउँमा एउटा इन्टएक्टिभ बोर्डजस्तै केही झुन्डिएको छ। हरेक विद्यार्थीको मेच अगाडि कम्प्युटर राखिएको छ र केटाकेटीहरू कम्प्युटरमा केही काम गरिरहेका छन्। शिक्षक गणितको अवधारणामाथि विद्यार्थीहरूसँग माइकको माध्यमले कुरा गरिरहेका छन् र इन्टरएक्टिभ बोर्डमा एउटा चलचित्र देखाउँदै उनीहरूलाई त्यसबारे ध्यानाकर्षण पनि गराइरहेका छन्। विद्यार्थीहरूले पनि त्यसलाई थ्रीडी चश्माले हेरेर बुझ्ने प्रयास गरिरहेका छन् र आआफ्नो कम्प्यूटरमा केही लेखिरहेका छन्। शिक्षकले दिएका सवालको जवाफ केटाकेटीहरूले कम्प्युटरको माध्यमले नै दिइरहेका छन्। विद्यार्थीहरूले सोधेको कुनै प्रश्नको जवाफमा शिक्षकले इन्टरएक्टिभ बोर्डमा नै दूरसञ्चारद्वारा जोडिएको व्यक्तिसँग सोझै भिडियो कन्फ्रेसिङग गराइरहेका छन्। गृहकार्यको लागि शिक्षकले विद्यार्थीहरूलाई कम्प्युटरमा आधारित केही खेल वा पहेली दिन्छ। शिक्षकद्वारा यसरी गरेको मूल्याङकनमा नब्बे प्रतिशत विद्यार्थीको जवाफ सही हुन्छ। कक्षा समाप्त भएपछि विद्यार्थीहरू आआफ्नो कम्प्युटर ब्यागमा राखी अर्को कक्षातर्फ प्रस्थान गर्छन्।
यस काल्पनिक शिक्षण प्रक्रियाको समीक्षा गरेर के बुझ्ने प्रयास गर्रौं भने विद्यार्थीहरूले के हासिल गरे र के कुरो उनीहरूले पाएनन् ? यसरी समीक्षा गर्दा हामी केही सङकेत पाउने छौं। सबैभन्दा पहिले विद्यार्थीहरूले के हासिल गरे ? हामी के भन्न सक्छौं भने उनीहरूले सजिलै गणितको अवधारणा सिके र बुझे। विद्यार्थीहरूले बेग्लाबेग्लै गतिविधि कम्प्युटरमा गरेपछि उनीहरूको अवधारणा झन् प्रस्ट भयो। विद्यार्थीहरूले गरेको प्रश्नको जवाफमा शिक्षकले सकारात्मक प्रतिक्रिया दिंदै सही सन्दर्भ– व्यक्तिको चुनाव गरे र विद्यार्थीहरूले राम्रो परिणाम हासिल गरे। शिक्षकले तयार गरेको पाठ योजना पूर्णरूपेण कक्षामा लागू गरियो र यसरी नब्बे प्रतिशत परिणाम हासिल गर्न सकियो।
अर्कोतर्फ विद्यार्थीहरू समाजीकरणको प्रक्रियाबाट वञ्चित रहे । शिक्षकले विद्यार्थीहरूसँग आत्मीय सम्बन्ध स्थापित गर्ने मौका पाएनन्। शिक्षकद्वारा आफ्नो क्षमताको विकास गर्ने र जवाफ खोज्ने मौका विद्यार्थीहरूले पाएनन्। विद्यार्थीहरूले हातबाट लेख्ने मौका पाएनन्। विद्यालयले आफ्नो जीवन्तता गुमाए। कक्षामा एक अर्कासँग हुने संवादजस्तै पेंसिल माग्नु, एक आपसमा झगडा वा हल्ला गर्नु, एक अर्काको मदत गर्नुजस्ता क्रियाकलाप भएन । विद्यालय एउटा मसिनमा परिवर्तित भएको अनुभव भयो।
यस प्रकारको कक्षा सञ्चालनको सम्भावना समयको माग अनुरूप बढ्दै गइरहेको छ। केटाकेटीहरूको रुचि शारीरिक गतिविधिभन्दा बढी कम्प्युटरमा आधारित ज्ञान हासिल गर्ने तर्फ उन्मुख भइरहेको छ। यस परिवेशमा शिक्षण विधिमा यी दुवै खाले प्रविधिको मिश्रण गरेर प्रयोग कसरी सम्भव हुन्छ भन्ने प्रश्न हाम्रो सामु चुनौतीको विषय रहेको छ। यस बाहेक के बुझ्नु पनि आवश्यक छ भने प्रारम्भिक स्तरमा शिक्षणका लागि कुन–कुन प्रकारको प्रविधि प्रयोग कुन हदसम्म हामीले गर्न सक्छौं ? गणित शिक्षणको दृष्टिले हेर्दा केही प्राविधिक यन्त्रजस्तै कैलकुलेटर, कम्प्युटरमा आधारित सिडी, इन्टरएक्टिभ बोर्ड, अडियो–भिडियो उपकरण र इन्टरनेट आदि प्रयोगमा ल्याउन सकिन्छ।
जोड, घटाउ, गुणा र भाग गर्न, प्रतिशत निकाल्न र वर्गमूल निकाल्न कैलकुलेटरको प्रयोग गर्न सकिन्छ तर प्रारम्भिक स्तरमा यसको अवधारणालाई विकसित गर्नु सबैभन्दा पहिले आवश्यक हुन्छ। यस कारण अवधारणामा आधारित कुनै गतिविधि गराउने हो भने त्यसमा कैलकुलेटरको भूमिका त्यति देखा पर्दैन। हो, यदि ठूला–ठूला सङ्ख्यालाई जोड्नु, घटाउनु, गुणा गर्नु, भाग गर्नु वा प्रतिशत निकाल्नु छ भने पहिले काम गर्नुपर्छ त्यसपछि त्यो ठीक छ वा बेठीक त्यो जाँच्नका लागि कैलकुलेटरको प्रयोग गर्न सकिन्छ। शिक्षकहरूले विद्यार्थीहरूको परिचय कैलकुटेरसँग कसरी गराउने भन्ने कुरा अलि कठिन छ तर शिक्षकद्वारा विद्यार्थीहरूका लागि कुन बेला र कसरी कैलकुलेटरको प्रयोग गर्ने कुरा निर्धारित गर्न सकिन्छ। कैलकुलेटरको प्रयोग ससाना गुणा–भाग गर्नका लागि नगरियोस् भन्ने कुरा पनि सुनिश्चित हुनु आवश्यक छ किनभने यस्ता उपकरणहरूको बढी प्रयोग गर्नाले मस्तिष्कको सोच्ने र बुझ्ने शक्ति क्षीण हुन्छ।
विद्यार्थीहरूको ज्ञानलाई बढी परिपक्वता प्रदान गर्न आजभोलि क्म्प्युटरमा आधारित विषयगत सिडीहरू पनि बजारमा उपलब्ध छन्। यी सिडीहरूको प्रयोगले केटाकेटीहरूलाई खेल–खेलमा सिक्ने अनुभव हुन्छ। यसबाट केटाकेटीहरूले कम्प्युटर चलाउन पनि सजिलै सिक्छन्। प्रारम्भिकस्तरको कक्षाहरूमा उनीहरूका लागि यो लाभदायक पनि साबित भएको छ तर यस प्रकारको सिडीको प्रयोग आफ्नो समझलाई अझ बढी प्रस्ट बनाउनुका लागि हुनुपर्छ न कि प्रश्नको जवाफ चोर्नका लागि। गणितसँग सम्बन्धित अवधारणाको वास्तविक ज्ञान वस्तुहरूसँग काम गरेर, त्यसलाई स्पर्श गरेर वा त्यससँग खेलेर प्राप्त हुन्छ।
गणितको मूल अवधारणा–जस्तै गन्ती गर्नुजस्ता प्रक्रिया विद्यार्थीहरूसँग गरिनुपर्छ। यसरी गर्दा गणितको अवधारणा उनीहरू बुझ्छन् । यी गन्तीहरूको प्रयोग कुन बेला कसरी गर्ने भन्ने कुरा थाहा हुन्छ। केटाकेटीहरूका लागि एक, दुई, तीन, चार, पाँच वा पहिलो, दोस्रो, तेस्रो आदिमा अन्तर गर्नु सजिलो हुँदैन। यसका लागि ठोस उदाहरण आवश्यक हुन्छ। मात्र सिडीको प्रयोगले केही गतिविधि गराउनु पर्याप्त हुँदैन।
यी दुईवटा प्रतीक उदाहरणहरूबाट एउटा के कुरा बुझिन्छ भने अवधारणाको ज्ञानलाई राम्ररी बुझ्नका लागि ‘प्रविधि’ सहायक हुन सक्छ। गणित जस्ता विषयमा धेरै अवधारणाहरू अमूर्त हुन्छन् र यदि यो समझ प्रस्ट भएन भने त्यसको प्रयोग झन् कठिन भएर जान्छ। यस कारण प्रविधिको प्रयोग विद्यार्थीहरूको सोच प्रविधिलाई सुम्पिनुका लागि नभई, विकसित गर्नका लागि मात्र हुनुपर्छ। यसको उपयोग र यसमाथि निर्भरता यी दुवै कुरोबीच अन्तर बुझ्नु वर्तमानको खाँचो रहेको छ।
आजका विद्यार्थी प्रविधिमाथि बढी निर्भर हुने थालेका छन्। उनीहरूलाई आज यी प्रविधिबाट टाढा गरिदियो भने उनीहरू जीरो हुन्छन्। यस कारण शिक्षक र विद्यार्थीहरूले आआफ्नो क्षमता अभिवृद्धि गर्ने क्रममा यसको प्रयोग कति गर्ने ठम्याउन सक्नुपर्छ। प्रारम्भिक कक्षामा सोचको अपेक्षा प्रयोग नै सीमित गर्नु बेस।