प्रस, वीरगंज, १२ पुस/
वीरगंज उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी फागुन १ देखि ८ गतेसम्म वीरगंजमा नेपाल–भारत व्यापार मेलाको आयोजना गरिने भएको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार वैद्यले पत्रकार सम्मेलनमा नेपाल–भारत व्यापार मेला–२०१४ उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा र नेपाल–उद्योग वाणिज्य सङ्घ, नेपाल सरकार, वीउमनपा, जिविससमेतको आयोजनामा आदर्शनगर र·शालामा ८ दिनका लागि आयोजना हुने बताए । उनले सो मेलाबाट करिब २० करोड मूल्य बराबरको कारोबार हुने दाबी गरे । मेलामा नेपाल–भारतका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्तासमेतलाई एउटै मञ्चमा भेला गराउने व्यापार मेलाको मूल उद्देश्य रहेको बताए । उनले मेलामा औद्योगिक, पर्यटन, कृषि, साना तथा लघु उद्यम, वित्तीय संस्थालगायतका उत्पादन तथा सेवाहरूका दुई सय स्टलहरू रहने बताए ।
मेलामा सूचना कक्ष, सञ्चार कक्ष, प्राविधिक सेवा कक्ष, मरम्मत सम्भार कक्ष, २४ सैं घण्टा सुरक्षा व्यवस्था र प्रदर्शनीभित्र सञ्चारकर्मीहरूका लागि १० वटा स्टलहरूको व्यवस्था मिलाइएको महासचिव गोपाल केडियाले बताए ।
कार्यक्रमको मिडिया पार्टनरको रूपमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखा रहेको छ । पत्रकार सम्मेलनमा माइन्स नेपाल प्रालिले मेलाको व्यवस्थापन गर्ने जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ पर्साका अध्यक्ष केसी लामिछाने, माइन्स नेपाल प्रालिका अध्यक्ष मदन लम्सालले मन्तव्य व्यक्त गरेका थिए भने प्रदीप केडियाले धन्यवाद ज्ञापन गरेका थिए ।