- नीरज गुप्ता
अन्तरिम संविधानमा प्रस्टरूपले लेखिएको छ– संविधानसभाबाट संविधान जारी भएमा, राष्ट्रपतिको मृत्यु भएमा, राजीनामा दिएमा तथा महाअभियोग लगाइ राष्ट्रपतिलाई पदमुक्त गर्न सकिन्छ । तर यीमध्ये कुनै अवस्था विद्यमान नरहेकाले किन दलहरू संविधानभन्दा ठूलो बन्न खोज्दैछन् ? दोस्रो संविधानसभाको निर्वाचन राष्ट्रपति बनाउन वा हटाउनका लागि गरिएको हो र ? यी दलहरूले फेरि राष्ट्रलाई अनिर्णयको बन्दी बनाउन खोज्दैछन् ।
गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवप्रति विभिन्न किसिमका टीकाटिप्पणीहरू भएपनि ती टीकाटिप्पणीहरू कुनै दलविशेषको आग्रहबाट आएको हो । यस्ता टीकाटिप्पणीहरू आम जनताका तर्फबाट आएको छैन । नत्र एउटा अन्तरिम संविधानको व्याख्या सम्बन्धमा कानुन व्यवसायी, बुद्धिजीवी, पत्रकार, राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने डलरमुखी विदेशी सङ्घसंस्था, एजेन्ट, एनजीओ तथा आईएनजीओको अलग–अलग धारणा तथा फरक–फरक विश्लेषण कसरी हुन्थ्यो ? यसबाट यो प्रस्ट हुन्छ कि हाम्रा देशका कानुन व्यवसायी, बुद्धिजीवी, पत्रकारहरू राष्ट्रमुखी नभएर दलमुखी भएका छन् ।
नेता, बुद्धिजीवी, पत्रकार, कानुन व्यवसायीहरूले सञ्चारमाध्यमबाट राष्ट्रपति हट्नुपर्छ तथा यथावत रहनुपर्छ भन्ने विषयमा समर्थन–असमर्थन जनाइरहेका छन् । गणतन्त्र आएपछि राष्ट्रपति बन्नु र पदबाट हट्नु एउटा प्रक्रिया हो तर अहिले राष्ट्रपतिलाई हटाउने समय हो कि पहिलो संविधानसभा जस्तै उनलाई पनि अयोग्य तथा असफल बनाउने षड्यन्त्र हो ।
एकजना एमाले नेता भन्दै थिए, “त्यसो भए राष्ट्रपतिलाई कति वर्षसम्म राख्ने ?” उनको भनाइको यो सड्ढेत हो कि एमाले एक वर्षभित्र संविधान बनाउने पक्षमा छैन । किनभने एक वर्षभित्र संविधान जारी भए राष्ट्रपति स्वयम्ले पद खाली गर्छन्, त्यसमा टीकाटिप्पणी गर्नु आवश्यक छैन ।
भर्खर सम्पन्न संविधानसभा निर्वाचनमा विजयी भएका काङ्ग्रेस र एमालेसँग बहुमतको हाराहारीमा सिट सङ्ख्या छ । डा. रामवरण यादव काङ्ग्रेस पृष्ठभूमिबाट आएका हुन् । तर राष्ट्रपति भएपछि उनी कुनै दलविशेषको नभई राष्ट्रका अभिभावक हुन् । उनको अहिलेसम्मको कार्यकाल हेर्ने हो भने उनले कुनै दलविशेषप्रति झुकाव राखेर निर्णय गरेका छैनन् । तर किन यस्तो बेतुकको टीकाटिप्पणी गरिंदैछ ।
अहिले राष्ट्रपति परिवर्तन गर्ने समय होइन । राष्ट्रबाट सङ्क्रमणकालको अन्त्यका लागि जतिसक्दो चाँडो संविधाननिर्माण गरी मुलुकलाई समृद्धितर्फ लम्काउने प्रयास गरे जनमतको कदर हुन्छ । तर कुर्सीकै लागि हानथाप गरे पुन: संविधानसभा असफल भई राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
राष्ट्रपति परिवर्तन गर्ने पक्षमा रहेका एमालेलगायत अन्य दलहरूले सहमतिमा संविधाननिर्माण गरेमा वर्तमान राष्ट्रपति स्वत: पदमुक्त हुन्छन् र इतिहासको कालखण्डमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिले संविधान जारी गरेको उल्लेख भई नेपाली नागरिकको विश्व समुदायसामु स्वाभिमान बढ्नेछ ।