आज संसारमा चुनौतीहरू धेरै छन् तर समाधान भनेको एक छ, त्यो हो केवल युवा चेतनाको जागरण। युवाहरूमा सक्रियता आउनुपर्ने अत्यन्त जरुरी छ। जीवनको हरेक क्षेत्रमा युवाहरूको साहसिक भागीदारी हुनुपर्ने आजको २१ औं शताब्दीको माग रहेको छ। प्रचण्ड साहस, प्रबल सङकल्प, अटुट धैर्यको साथमा विचारशील वा भावनाशील युवाले यदि आफ्नो कदमलाई अगाडि बढाएमा असम्भव समस्याको पनि समाधान सम्भव छ। तर आज युवाहरूको सक्रियता प्राय: गलत कार्यप्रति उत्सुक भएको पाइन्छ। यदि कोही युवा राम्रो कार्यमा अग्रसर भएर अगाडि बढ्छ भने एकले अर्काको निन्दा गर्ने र आफ्नो गन्तव्य यात्राबाट विचलित हुने गरेको पाइएको छ।
हामी अतीततिर जाऔं वा वर्तमानमा समाधान केवल युवा पींढीबाट मात्रै सम्भव छ। कुरा आजको होइन, अपितु धेरै वर्ष पहिलाको हो। युवा श्रीरामले अयोध्याको वैभवशाली राज्य छाडेर रावणको अनाचार, अत्याचारको विरोधमा आफ्नो शक्ति प्रयोग गरेका थिए। उनको एकल पुरुषार्थको साथ दिनका लागि धेरैले अनायस मदत गरेका कारण अन्ततोगत्वा रावण पराजित हुनुपरेको थियो। श्रीकृष्णले आफ्नो किशोरावस्थामा नै अनेक असुरहरूलाई मारेका थिए। कुकर्मी कंसको पतनको लागि श्रीकृष्ण नै सक्षम बनेका थिए। व्यास ऋषिले आफ्नो युवाकालमा नै आर्षग्रन्थहरूको महामन्थन गरेर वेद, पुराण एवं अन्य–अन्य ग्रन्थहरूको अभूतपूर्व सङकलन सम्पादन गरेका थिए।
साथसाथै उनले विचारक्रान्ति, दार्शनिक क्रान्ति वा आध्यात्मिक क्रान्तिको वेगपूर्ण आँधी खडा गरिदिएका थिए। जसको कारणले संसारमा अनेकौं ऐतिहासिक परिवर्तन भएको तथ्यलाई नजरअन्दाज गर्न सकिंदैन। धर्मचक्रको महाप्रवर्तन गर्नेवाला महात्मा बुद्धले युवा अवस्थामा नै आफ्नो ज्योति जगाइ सकेका थिए। समाजको, धर्मको, संस्कृतिको, राष्ट्रको दुरावस्थाको पीडाबाट पीडित भएर उनले बुद्धत्व प्राप्त गरे, जसबाट अनगिनत प्रतिभाशाली युवाहरू आफ्नो घरबाट धमम् शरणम् गच्छामी, बुद्धम् शरणम् गच्छामी, सङ्घम् शरणम् गच्छामी भन्दै निस्किन थाले। महावीर स्वामीले पनि यौवनकालमा नै महात्यागको पाठ पढे र सबैलाई पढाए। जब संसार पीडामा छ भने विलासिताको कुरा र वैभवको आनन्द आदिले विषको जस्तो प्रभाव छोड्न थाल्दछन्, यो कुरा सिकाउने महावीर स्वामी नै थिए। युवा जीवनको ऊर्जाको सही प्रयोग वैभव, विलास वा धनसम्पदाको वातावरण होइन, बल्कि अनाचार, भ्रष्टाचार, अत्याचारबाट टक्राउने विशेष क्षेत्र हो।
इतिहासको पन्नालाई पल्टाउँदै जब हामी अगाडि बढ्दछौं भने पाउँछौं कि विवेकानन्दको विवेक यौवन अवस्थामा नै जागेको थियो। उनको विवेक, वैराग्य वा विचारशीलताले भारतीय संस्कृतिको विजयको सर्वथा नयाँ अध्याय लेख्न सफल भएको थियो। उनीबाट प्रभावित भएर अनेक युवाहरूले आफ्नो समय देशहित र आध्यात्मिक क्रान्तिको पराक्रम गाथाहरू लेख्न थालेका थिए। लोकमान्य तिलकले आफ्नो युवाकालमा नै स्वराज्य हाम्रो जन्मसिद्ध अधिकार हो भन्ने कुरालाई उद्घोष गरेका थिए। भारतका सुभाषचन्द्र बोस, भगत सिंह, चन्द्रशेखर आजाद आदिले देशको लागि प्राणको बाजी लगाएका थिए भने नेपालमा पनि गङगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री आदिले देशका लागि आफ्नो प्राणको बाजी लगाएका थिए। उनीहरूले संसारलाई देखाइदिए कि युवा जीवन भनेको केवल भोगविलासको लागि वा धन सङ्ग्रह वा वैभव सङ्ग्रहको लागि होइन बरु देश, धर्म, संस्कृतिको रक्षाको लागि हो। अन्याय, आतङक वा अनाचारविरुद्ध सौर्यको शङ्खनाद गर्नु अरू कसैको कार्य होइन, केवल युवा जीवनको नै दायित्व हो।
धर्म र संस्कृति अहिले पनि आडम्बरमा फसेको छ। देश अहिले पनि भ्रष्टाचार र अत्याचारमा डुबेको छ। जनचेतना सुस्ताइसकेको छ। हरेक मनुष्य आत्मा विकारमा गोता खाइरहेको छ। चारैतिर पापाचार र अनाचारले ग्रसित बनाइसकेको छ। संसारको डुङगा डुब्न थालिसकेको छ। यसको लागि हामी सबै आत्माका परमपिता शिव परमात्माले युवा पीढीमाथि ठूलो आशा र भरोसा राखेका छन्। संसारको डुब्न लागेको डुङगालाई पार लगाउने जिम्मेवारी पनि युवालाई दिएका छन्। युवा जागे संसार जाग्दछ। युवाभित्र रहेको असाधारण प्रतिभा र शक्तिशाली सङ्कल्पलाई, जोशिलो रगतलाई, ऊर्जावान् यौवनतालाई कामवासनातिर नलगाइ, गलत कार्यतिर नलगाइ, नकारात्मक सोच र व्यर्थ सोचतिर नलगाइ परमात्मा पिताको ईश्वरी कार्य ज्भबखभल या भ्बचतज लाई साकार रूप दिनको लागि कम्मर कसेर लाग्नुपर्ने आजको परम आवश्यकता हो।
याद गरौं अहिले नगरे कहिले पनि गर्न सकिंदैन। (स्रोत: ॐ शान्ति सन्देश)