प्रस, निजगढ, १२ पुस/
पाँच वर्ष बित्न लागेपनि निजगढ विकास समितिले हिसाबकिताब अझै सार्वजनिक गरेको छैन ।
स्थानीय क्रसर उद्योग र त्यसबेलाका इँटा उद्योगबाट अन्यत्र लैजाने रोडा, गिट्टी, इँटा निकासीबापत उठाइएको कर रकमको खर्च विवरण समितिले हालसम्म पनि सार्वजनिक गरेको छैन ।
करिब अढाई वर्षको डेढ करोडभन्दा बढी रकम समितिमा सड्ढलन भएको स्रोतले जनाएको छ । तर के कति रकम कुन कुन शीर्षकमा खर्च भएको छ सोबारे समितिले सार्वजनिक गरेको छैन ।
सड्ढलित रकमहरू उचित शीर्षकमा खर्च गर्न नसक्दा अहिले समितिलाई समस्या परेको सचेत स्थानीय व्यक्तिले अड्कल गरेका छन् । दीर्घकालीन योजनाबिना जथाभावी रकम खर्चिंदा समस्या जटिल बन्दै गएको बताइन्छ ।
निजगढ विकास समितिको नाममा रकम सड्ढलन गर्नु ऐनविपरीत भएपनि निजगढको बृहत्तर हित र विकासका लागि रकम सड्ढलन गर्दा कसैले अवरोध गरेको थिएन । निजगढ विकास समितिको गठनसँगै कार्य थालनी भएपछि उचित स्थानमा रकम खर्च नभएको स्थानीयहरूको भनाइ छ ।
सड्ढलन भएको रकम खोलाको ड्याम निर्माण र सिंचाइमा खर्च गर्दा राम्रो हुने बताइन्छ ।
समितिका केही पदाधिकारीहरूकै मनोमानीका कारण अन्य विकास क्षेत्रमा खर्च भएपछि आशान्वित कार्य नदेखिएको उक्त समितिकै एक पदाधिकारीको भनाइ छ । नगरोन्मुख निजगढ गाविस बकैया र भमरा खोलाको बाढीको उच्च जोखिममा छ । नदी नियन्त्रण कार्य अझै अघि बढ्न सकेको छैन ।
सो समिति नेपाली काङ्ग्रेस, नेकपा एमाले, एमाओवादीलगायतका स्थानीय विभिन्न सानाठूला राजनीतिक दलहरू मिलेर गठन भएको थियो ।