प्रस, वीरगंज, १५ पुस/
सरकारले शिक्षा, स्वास्थ्य तथा रोजगारको ग्यारेन्टी गरे मात्र देशको विकास हुने कुरा शान्ति तथा पुनर्निर्माण मन्त्री रामकुमार श्रेष्ठले बताएका छन् ।
उत्तरदायी व्यवासायी सम्मान कार्यक्रम २०७० को पुरस्कार वितरणका लागि वीरगंज पुगेका मन्त्री श्रेष्ठले समाजले शान्ति नबुझेको कारण देशमा शान्ति स्थापना हुन नसकेको बताए । आफू र आफ्नोभित्र रहेको शक्ति पहिचान गरेर देश विकासमा खर्चिनुपर्ने अवस्था रहेको बेला जनताले अहिले विदेशिनु देशको दुर्भाग्य भएको मन्त्री श्रेष्ठले बताए ।
व्यापारी, नेता तथा कर्मचारी भ्रष्ट भन्ने मान्यता नेपालको जनताले नत्यागेसम्म देशमा स्थायी शान्ति नहुने उनले बताए ।
उद्योग र मजदुरबीच सम्बन्ध मित्रतापूर्ण नरही शत्रुताको भावनाको कारण उद्योग, व्यवसाय फस्टाउन नसकेको मन्त्री श्रेष्ठले बताएका थिए । सरकारले शान्तिपूर्ण चुनाव गराएको, चुनाव परिणाम आइसके पनि सरकार बनाउन राजनीतिक दलहरूले ढिलाइ गर्नु जनताको भावनासँग खेलवाड हो–मन्त्री श्रेष्ठले बताए । नेपाल सरकारले उद्योगी व्यवसायीहरूलाई निर्वाधरूपमा उद्योगधन्दा सञ्चालन गर्न सुरक्षा व्यवस्था कडा बनाएको सो अवसरमा उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले बताए ।
बेलाबेला उद्योगी र मजदुरबीच हुने विवादका कारण मजदुरहरूको हठ रहेकोले अब उपरान्त मजदुरहरूले पनि उद्योगीको समस्या बुझी आफ्नो माग अगाडि सारे मात्र देशमा उद्योगधन्दा फस्टाउने सचिव ज्ञवालीले बताएका थिए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक बैदले स्वागत मन्तव्य दिंदै वीरगंज कोरिडोरमा रहेका उद्योगका सञ्चालकहरूले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको बताएका थिए । जिल्लामा विगतको तुलनामा आपराधिक गतिविधिहरू कम भएको कारण अहिले व्यापारीहरू निर्वाधरूपले घुमफिर गर्न सक्ने स्थितिमा पुगेकाले स्थानीय प्रहरी प्रशासनलाई धन्यवाद दिएका थिए । सुरक्षाको लागि वीरगंज उद्योग वाणिज्य सङ्घले विभिन्न ठाउँमा सिसिटिभी क्यामरा जडान गर्नुका साथै सुरक्षासँग जोडिएका अन्य सामग्रीसमेत वितरण गर्दै आएको सो अवसरमा अध्यक्ष बैदले बताए ।
एनबिआई तथा इन्टरनेशनल अलर्ट परियोजनाले संयुक्तरूपमा आयोजना गरेको उत्तरदायी व्यवसायी सम्मान कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पद्म ज्योतिले गरेका थिए । सो कार्यक्रममा ६ जिल्लाबाट १२ जना उद्योगीहरूलाई सम्मानपत्र तथा नगद वितरण गरिएको थियो । कार्यक्रममा इन्टरनेशनल अलर्टका नेपाल प्रतिनिधि डोमिनी देव भेली, प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, इन्टरनेशनल अलर्टका निर्देशक रामजी न्यौपाने, एनबिआईका सदस्य सुरेश प्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।