प्रस, निजगढ, १ पुस/
धारामा वितरण गरिएको खानेपानीमा दूषित पानी आए पनि स्थानीय उपभोक्ता सोही पानी पिउन विवश छन् । अमलेखगंज–४ का झन्डै डेढ दर्जन धारामा दुर्गन्धित दूषित पानी आएको तीन साता बिते पनि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अमलेखगंजले अहिलेसम्म सुधार नगरेको स्थानीय उपभोक्ताहरूको गुनासो छ ।
उक्त समितिबाट वितरण गरिएको अन्य पाइप लाइनमा सो समस्या नआएको खानेपानी समिति अमलेखगंजले जनाएको छ । ५ सय धारा वितरण भइसके पनि पर्याप्त पानी पुर्याउन नसकिने समस्या झेल्दै आएको खानेपानी समितिलाई एक्कासि दुर्गन्धित र दूषित पानी धारामा झर्न थालेपछि समस्या परेको छ । आफ्नै टोल र आफ्नै धारामा दूषित पानी आइरहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अमलेगंजका अध्यक्ष नारायण थापाले स्विकारेका छन् ।
पुरानो पाइप लाइन विस्तार गरी पानी सप्लाई भइरहेकोले पाइपलाइन माथि नैं घर निर्माण भएपछि पाइप फुटेर दूषित पानी मिसिन गएको हुन सक्ने अध्यक्ष थापाको अनुमान छ । खानेपानी समितिले झन्डै १ सय १७ वर्ष अघि देवशमशेर राणाको पालामा निर्माण गरिएको नेपालकै दोस्रो ठूलो खानेपानी ट्ंयाकी प्रयोगमा ल्याई पानी वितरण गर्दै आएको छ । बेलाबेलामा उचित मरम्मत सम्भार गर्न नसक्दा २४ लाख लिटर क्षमता भएको उक्त पानी ट्याकी जीर्ण बन्दैछ । खोलाखोल्सी, मूल, मुहानको पानी सड्ढलन गरी पाइप लाइनबाट ट्यांकीसम्म पुर्याइएको उपभोक्तालाई वितरण गरिने गरेको छ । मूल, मुहानको उचित व्यवस्थापन हनु नसक्दा पाइपमा माटो, पात पति·र पस्न गई पानी दुर्गन्धित, दूषित हुन पुगेको सो समितिको कार्यालय सहायक दिपक शर्माले अडकल काटेका छन् । बजेट अभावकैं कारण अमलेखगंजमा खानेपानीको समस्या थपिंदै गएको विभिन्न दलका राजनीतिकर्मी, खानेपानी समितिका पदाधिकारीले बताउने गरेका छन् ।
बस्ती बढ्दै गरे पनि खानेपानीको बेलैमा व्यवस्थापन हुन नसक्दा समस्या बढिरहेको हो । बजेट ल्याउन र केन्द्रीय बजेट पार्न स्थानीय दलका सबै एकमत हुन नसक्दा लामो समयदेखि बजेट नपरेको उपभोक्ताहरूको गुनासो छ । यता केही महिना अघि राष्ट्रिय योजनामा यस खानेपानी समितिका लागि रकम परेको र तत्कालै १५ लाख रूपियाँ जिल्ला खानेपानी मार्फत् आउने र रकम आएसँगै समस्या समाधान गर्ने अध्यक्ष थापाले बताउँछन् । अमलेखगंजका अधिकांश बस्तीमा मूल, मुहान, खोलानाला, जरूवाबाट संकलन गरिएको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ ।