उमाशङकर द्विवेदी
आदिमानव शिकारी अवस्थामा रहेकै बेलादेखि विभिन्न सामान एक ठाउँबाट अर्को ठाउँमा लानको लागि कुनै ढुवानी गर्ने साधनको खोजीमा लागेको थियो। आदिमानव शिकारको क्रममा प्राय: आफूभन्दा निकै ठूलो तथा भारी जानवरलाई मार्दथ्यो। यस्तो शिकार निवासको छेउमा हुँदैन्थ्यो। अथक परिश्रम र संयोगले मात्र शिकार हुने गर्दथ्यो, जुन बाक्लो वन वा पहाडको टुप्पो वा ढलानमा सम्भव हुन्थ्यो। आदिमानवले शिकारस्थलमैं मासु चोक्टयाउँथ्यो, सके जति त्यसै स्थानमा आगोले पोलेर खान्थ्यो तथा उब्रेको मासुलाई महिला, ससाना बच्चा र वृद्धहरूको आहाराका लागि बोकेर ल्याउन समस्या हुन्थ्यो। सम्भवत: ढुवानीको साधनको कल्पना त्यतिबेलै भएको थियो जस्तो लाग्दछ। मानव शक्तिको सहायताले त्यो मासुको भारी बोकेर निवासस्थानसम्म ल्याइ पुर्याउन निश्चयत: कष्टप्रद तथा श्रमसाध्य काम थियो। बिस्तारै शिकारी आदिमानव पशुपालन तथा कृषि काम पनि गर्न थालेको थियो। शिकार, पशुपालन तथा कृषि पैदावरको कारणले भोजन पर्याप्त मात्रामा प्राप्त हुन थाल्यो। पर्याप्त भोजनको आपूर्ति हुन थालेपछि मानव मस्तिष्कको पनि विकास हुन थाल्यो। अत: ढुवानी जस्तो कष्टप्रद तथा श्रमसाध्य काममा सघाउनका निम्ति उसले पालतु जनावरहरूलाई प्रयोग गर्न थाल्यो। भोजपुरीको प्रसिद्ध लोकगाथा ‘शोभनायका बञ्जारा’मा गोरुको पिठयूँमाथि नायकले विभिन्न मालसमान बोकाएर मोरङ लगी व्यापार गर्ने कुराको उल्लेख छ। ढुवानीको कामको लागि गोरु, भेंडा, बाख्रा, गधा, खच्चर तथा घोडाको प्रयोग गर्न थालियो। कालक्रमानुसार मानव मस्तिष्कले एउटा अचम्भको यन्त्र आविष्कार गर्यो– पाङ्ग्रा । पाङ्ग्राको प्रयोगले अब हिंडाएर होइन, गुडाएर मालसमान ढुवानी गर्न सम्भव भयो। यस प्रविधिको कारणले मालसामान पनि बढी मात्रामा तथा तीव्रगतिमा ढुवानी हुन थाल्यो।
पाङ्ग्राको खोजीपछि मानव विकासको धारा त्यसै पाङ्ग्राको सहायताले गुड्न थाल्यो। सम्भवत: पाङ्ग्राको आविष्कार नभएको भए विश्व आज यति छिटो यति विघ्न विकासको फड्को मार्न कदापि सफल हुँदैन्थ्यो भन्ने ठोकुवा गर्न सकिन्छ। अतितका दिनहरूदेखि पाङ्ग्रामाथि निकै अनुसन्धान, परिमार्जन र सुधार हंँदै आएर आजको अवस्थासम्म आइपुग्न निकै समय लाग्यो। पाङ्ग्रा सर्वप्रथम काठको बाटुलो मुढामा प्वाल पारेर बनाइएको थियो। समान किसिमका दुईवटा मुढाको बीचमा प्वाल पारेर बनाइएको पाङ्ग्राको प्वालहरूमा काठकै धुरा छिराएर त्यसमाथि काठकै हर्षा
(चेसिस) राखी त्यसमाथि ‘बडी’ बनाएर त्यसबाट ढुवानी गर्ने काम लिइन्थ्यो। यस प्रकारले गुड्ने गाडीमा बाहिरी शक्तिको आवश्यकता पर्दथ्यो, जुन शक्तिले त्यसलाई तान्ने काम गर्दथ्यो। त्यसकै बलले पाङ्ग्रा गुडेर गति प्राप्त गर्दथ्यो। यस प्रकारको शक्ति त्यतिबेला पशुधन यथा घोडा, गोरु वा पाडाबाट प्राप्त गरिन्थ्यो। काठको पाङ्ग्रावाला गोरुगाडा केही दशकपूर्वसम्म लोक व्यवहारमा प्रयुक्त हुन्थ्यो। रबरको पाङ्ग्रा भएको गोरुगाडा अझै पनि लोक व्यवहारमा प्रयुक्त भएको देख्न सकिन्छ ।
कालान्तरमा मानिस फलाम युगमा प्रवेश गर्यो। फलामद्वारा निर्मित पाङ्ग्रा काष्ठपाङग्राभन्दा गह्रुँगो हुनाले गुडेर गति पाउन निकै शक्तिको आवश्यकता पर्दथ्यो। त्यसको निम्ति मानवको खोजी मस्तिष्कले वाष्पशक्तिको प्रयोग गर्नमा सफल भयो। पशुधनको काँधबाट यो जुओ उत्रेर वाष्प इन्जनको काँधमा बिसियो। एवं प्रकारले हुँदै जाँदा वाष्प इन्जनबाट आधुनिक मोटर इन्जनको आविष्कार भयो। पाङ्ग्रा पनि हलुका फलाम तथा रबरको टायर र हावा भर्न मिल्ने टयूबको हुन पुग्यो। इन्जनहरूमा गति तथा कार्यक्षमता त निकै थियो तर त्यसको लागि इन्धनको आवश्यकता पर्दथ्यो। कोइला र खनिज तेल इन्धनको रूपमा प्रयोग हुन थाल्यो। यस इन्धनको शक्तिले पाङ्ग्रा अब गुड्ने मात्र होइन, उड्न पनि थाल्यो तर प्राकृतिक खनिजको रूपमा कोइला तथा तेलको मात्रा पृथ्वीमा सीमित थियो, जसको अन्धाधुन्ध दोहनले सम्पूर्ण खनिज भण्डार नै रित्तिने भयले मानव मस्तिष्कले एउटा अलगै किसिमको प्रविधिको अनुसन्धान गर्नमा सफल भयो । दायाँ बायाँ पाङ्ग्रा तथा एक्सल, चेसिसलाई छाडेर पाङ्ग्रालाई एक सीधमा राखी चक्रीय गतिको प्रयोग गरेर गति पाउनमा सफल हुन पुग्यो। यस प्रकारले निर्मित यन्त्रलाई नाम दिइयो– बाइसाइकल, जसमा न कुनै इन्जनको न कुनै इन्धनको नै आवश्यकता पर्दछ। यसलाई चलाउने मानिसको शारीरिक शक्तिले नै यसलाई गति दिन सम्भव हुन्छ। यसमा लागेको पावदानलाई लयबद्धरूपमा चलाएर चेनको सहायताले गति पाउन सकिन्छ अथवा हातले घचेटेर पनि गति प्राप्त गर्न सकिन्छ।
आजीविका कमाइ खानेहरूका लागि साइकल मालसामानको ढुवानी गर्नको लागि सस्तो र सरल साधनको रूपमा प्रयोग हुन थाल्यो। साइकलले ढुवानीको लागि प्रयोग हुने पशुधनलाई विस्थापित गर्न पुग्यो। दाना, पानी, घाँस खुवाउने, गोबर सोहोर्ने जस्ता खर्चिलो तथा झन्झटिलो कामबाट जनसाधारणलाई साइकलले ठूलो राहत पुर्यायो। साइकललाई खुवाउनको लागि न दाना, न घाँसको पिरलो, न मूत्र, लीद र गोबर सफा गर्नुपर्ने बाध्यता पर्दछ । ढुवानी क्षमताको विचार गर्ने हो भने घोडाले दुवैतिर गरेर अढाई मन (एक क्वीन्टल), गोरुको जोडीले बीस मन
(आठ क्वीन्टल) बोक्न सक्थ्यो भने एउटा तन्नेरी मान्छेले साइकलमाथि तीन क्वीन्टल सामान बोकेर गाउँबाट शहरसम्म तथा शहरबाट गाउँसम्म पुर्याउन सक्छ। अचेलको युगमा पुराना ढुवानीका साधनहरू विस्थापित भएर ठूला ठूला ट्रक, ट्याक्टर, टीपर, रेल आदिको रूपमा परिणत भइसके पनि सीमित साधन स्रोत भएका जनसाधारणको लागि साइकलको लोकप्रियता तथा उपयोगिता दिनानुदिन बढ्दो छ।