– कुमार रुपाखेती
काङ्ग्रेस र एमाले पुराना झगडिया हुन् । दोस्रो संविधानसभा निर्वाचनमा बाइचान्स यिनीहरू प्रथम र द्वितीय भएपछि यिनको फुर्ती बढ्नु स्वाभाविकै हो । तृतीय श्रेणी अर्थात् गाँधी क्लासको एमाओवादी रन्थनिएको छ । राजनैतिक खुराफात गर्न काङ्ग्रेस–एमालेपछि ए माओवादीसमेत ‘हम किसी से कम नहीं’ को हैसियत राख्दछ । कसैको पनि स्पष्ट बहुमत नआएकोले नेपाली राजनीति फेरि पनि ‘मजबुरीका नाम महात्मा गाँधी’ स्तरमा घस्रिने निश्चितप्राय: छ । किनभने पुराना झगडिया काङ्ग्रेस र एमालेहरूमा सत्ताका लागि मरिहत्ते गर्ने जन्मजात प्रवृत्ति छ ।
निर्वाचन परिणामपछि एमालेले आफूलाई काङ्ग्रेसको बराबरी नठाने पनि ‘हाराहारीको औकात’ भएको ठान्दछ । त्यसैले त उसले क्रमश: राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रालयहरूमा आफ्नो दाबेदारी देखाउन थालेको छ । एमाले अब न ‘माछा–माछा भ्यागुतो’ भनेर मान्छ, न ‘टाउको मलाई पुच्छर मलाई बरोबरी भयो’ भनेर नै मान्नेवाला छ ।
संविधानसभा निर्वाचन सकिए पनि यसको राप र ताप अझै सेलाएको छैन । चुनाव जितेपछि सरकार जित्ने होडबाजी चालू छ । भागबन्डाको राजनीति हाम्रोमा पुरानै प्रथा हो । तर यसपटक अंश खोज्ने अंशियारहरूको सङ्ख्या थोरै छ । थुप्रै अंशियारहरूलाई त मतदाताले यसपटक वाङ ख्वाइदिए, संविधानसभाको मुख देख्नै दिएनन् । तसर्थ यसपटक सत्ताको बाँडफाँडमा लफडा, बखेडा र लहटेङा न्यून मात्रामा प्रदर्शन होला । त्यसैले काङ्ग्रेस एमालेलाई आफूलाई भीमकाय बनाउँदै सुरसाझै आँ मुख बाएर बसेका छन् ।
तर पुराना झगडियाहरूबीचको कुर्सी तानातान कम रोचक र घोचक हुने छैन । किनभने यी दुवै एकअर्कालाई ‘मतलबको यार’ ठान्दछन् । मतलबका यी दुई यारहरूको रस्साकस्सी राष्ट्रपतिबाट शुरु भएर महत्त्वपूर्ण मन्त्रालयहरूमा पुगेपछि टु·िन्छ तर पनि पूर्णविराम लाग्ने छाँटकाँट देखिंदैन । यिनको झगडा साम्य भएपछि मात्र यिनको ध्यान संविधान निर्माण र जनताका अन्य जल्दाबल्दा समस्यातिर प्रतिविम्बित हुने आशा गरौं । अन्यथा यिनको ‘हम दो हमारे दो’ कहिल्यै टु·िने छैन ।
पूर्वराजा ज्ञानेन्द्रभैंm गाँधी क्लासको एमाओवादी पनि यी दुई झगडियाबीचको तूँ तूँ–मैं मैं टुलुटुलु रमिता हेरेर बस्नेवाला छैन, कतातिर फेविकोलको जोड लगाएपछि आफ्नो समेत दिन फिर्ला भन्ने शकुनिया पासा लिएर रेडी–तयार छ । ‘हान र भाग’ यिनको रणनीति नै हो । तर फस्ट क्लास र सेकेन्ड क्लासले थर्ड क्लासलाई दिने दर्जा र हेर्ने दृष्टिकोण कमजोर हुन्छ भन्ने हेक्का प्रचण्डहरूलाई छ । आफ्नै पार्टी अध्यक्षबाट खुस्काउन खाल्टो खनिरहेका प्रचण्डलाई अरूले उचा स्थानमा राख्ने प्रश्न उठ्दैन । अब पहिले जस्तो आव र ताव को अवस्था नरहेको र फुकीफुकी कदम बढाउन प्रचण्ड बाध्य छन् ।
मधेसवादी दलहरू चारोखाना चित्त र घर न घाटको भएको सबैलाई थाहै छ, यिनीहरू अंशबन्डा चाहिन्छ भन्ने हैसियतमा नरहेको तथा आफ्नो अस्तित्व जोगाउन जे हात पर्छ ‘सन्तोषम् परमं सुखम्’ भन्दै हात थाप्ने अवस्थामा छन् ।
बरु अहिले चुरीफुरी त कमल थापाको बढेको छ । कतिपय मामिलामा जनमत सङ्ग्रहको ध्वाँस दिने कमल थापा मजाकैमजाकमा अहिले चतुर्थ श्रेणीमा सर्वेसर्वा बनेका छन् । ४ बाट २४ पुर्याउनु साँच्चै ठट्टा होइन । बरु यिनले अब संविधानसभामा राजा–महाराजा र हिन्दू धर्मको वकालत गर्दै ह·ामा सिर्जना गर्न सक्छन् । पञ्चायतकालका यी माहिर खेलाडीमा राजा महाराजा र धर्मभिरूहरूलाई कस र वशमा राख्ने क्षमता छ रे । यिनले अस्ति एउटा टेलिभिजनको साक्षात्कारमा ऋषि धमलालाई भन्दै थिए– “मैले एकल प्रयासले ४ को २४ बनाए, यसपछि १०० पुर्याउँछु ।” वास्तवमा उनको हिम्मतलाई दाद दिनै पर्छ, जसले एकल प्रयासबाट १२ वर्ष जनयुद्ध लडेको पार्टीको पछाडि आफूलाई उभ्यायो । मधेसको जादु छुमन्तर भएर बिलाएको, १२ वर्षे जनयुद्ध ओरालो लागेको तर उन्मूलन भएको राजतन्त्र र धर्मको नारा दिएर, धर्मको रथ बोकेर, धर्मको आडमा अहिलेको युगमा ‘गाई छाप’ उकालो लाग्नु चानचुने प्रयत्न होइन । पुराना झगडियाहरूसमेत कमल थापाबाट थप आतड्ढित छन् । भनिन्छ अचेल प्रचण्ड होइन, कमल थापा डरलाग्दा भएका छन् रे । आफूहरू सरकारमा नजाने भन्ने कमल थापाको उद्घोषले पुराना झगडियाहरू झनै आशड्ढित छन् । प्रचण्डहरू पनि सरकारमा जाने न जाने दोधारमा भएपछि पुराना दुई झगडियाहरू के गर्ने, कसो गर्ने, कता पलटा मार्ने भन्ने रनभुल्लमा पर्नु स्वाभाविकै हो । तर सय कुराको एउटा कुरा के हो भने सत्ता र सरकारको स्वाद कसलाई मन पर्दैन र ? सत्ता र सरकारको स्वाद चखाउन र थोरबहुत बाँडीचुडी खान र ख्वाउन पुराना झगडियाहरू माहिर छन् तर वर्तमान जनादेशले ‘टाउको तँलाई पुच्छर मलाई बरोबरी भयो’ भनेर अंशबन्डा नगर्न चेतावनी दिएको छ । देखते जाइये आगे आगे होता है क्या ।