- सञ्जय संयोग
‘संस्कार’ शब्दको आफ्नै महत्त्व छ । हामीले पाएको संस्कार कस्तो छ, जनहितमा छ कि छैन । त्यसले देश, समाज र व्यक्तित्वमा असर पार्छ । भर्खरै जन्मेको बालकलाई आमाबुबाले जस्तो संस्कार दिन्छन् त्यही अनुसार ऊ अगाडि बढ्छ अर्थात् आमाबुबाबाट सिकेका कुरा उसको ‘संस्कार’ बन्छ ।
‘गणतान्त्रिक संस्कार’बारे चर्चा गरौं । विसं २०५२ सालमा केही नेपाली दाजुभाइ–दिदीबहिनीहरू मिलेर एउटा आन्दोलन गरे– जसको नाम जनयुद्ध थियो । त्यो युद्धको मूल मर्म नेपालमा गणतन्त्रको स्थापना थियो । नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनयुद्ध पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्म फैलियो ।
जनयुद्ध झन्डै एक दशक जति चल्यो तर कुनै पनि युद्धको निकास वार्ताबाट नै हुन्छ भन्ने बुझेर तत्कालीन माओवादी राजनीतिको मूलधारमा आए । २०६२/०६३ को दोस्रो आन्दोलन ज्ञानेन्द्रविरुद्ध र संसद् बहालीको माग राख्दै नेपाली काङ्ग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको थियो । कोईरालालाले तत्कालीन माओवादीसँग शान्ति सम्झौता गरी शान्तिपूर्ण आन्दोलनमा अन्य पार्टीहरूसँग हातेमालो गरे जसको परिमाण ‘गणतन्त्र’ स्थापना भयो ।
गणतन्त्र स्थापना भयो तर संस्थापन हुन बाँकी थियो । नेपालमा संविधान अपूर्ण थियो अर्थात् आन्तरिम संविधान जसले गणतन्त्रलाई जन्म त दियो तर उसलाई हुर्काउन–स्याहारसुसार गरी बलियो र तन्नेरी बनाउन देशमा गणतान्त्रिक संविधानको खाँचो थियो । जसको पूर्ति संविधानसभा निर्वाचनबाट मात्र हुन्थ्यो ।
जुन अधिकार अन्तरिम संविधानले नेपाली जनतालाई दिएको थियो, त्यस अन्तर्गत रहेर तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पहिलो संविधानसभा निर्वाचन भयो । तर पहिलो संविधानसभामा काङ्ग्रेसले नसोचेको हार बेहोर्नुपर्यो र दोस्रो पार्टीको हैसियतमा बस्न बाध्य भयो । किनभने गणतन्त्रमा जनता नै सर्वेसर्वा हुन्छ । जनचाहना नभएकोले पार्टीलाई दोस्रो स्थानमा पुर्यायो । आफ्नो हार नेपाली काङ्ग्रेसले सहजै स्विकार्यो । गणतन्त्रको मूल मर्म यस पार्टीलाई थाहा थियो ।
पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बन्न सफल भएपछि गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड बन्न पुगे ।
तर दोस्रो संविधानसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित, शान्तिपूर्वक भएको भन्दै ए. नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गरी नेपाल सरकार, निर्वाचन आयोग र नेपाली जनतामा आभार व्यक्त गरे । राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई पनि धन्यवाद व्यक्त गरेका थिए ।
मतगणनासम्म सबै ठीक थियो । तर परिणाम आउन थालेपछि र आफ्नो हार निश्चित भएपछि प्रचण्डले विभिन्न बहाना बनाई आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाए । समानुपातिकको उम्मेदवारको नामावली सिफारिस नगर्ने, चुनावमा धाँधली भयो भनेर लाज पचाउनु यो गणतान्त्रिक संस्कार हो ? जीतमा रमाउने र हारमा हल्ला गर्ने गणतान्त्रिक संस्कार होइन । पहिलो संविधानसभा निर्वाचनले काङ्ग्रेसलाई दोस्रो बनाएको थियो भने दोस्रो संविधानसभा निर्वाचनले ए माओवादीलाई तेस्रो बनाएको छ ।
गणतान्त्रिक शासनमा परिवर्तन भइरहन्छ । जुन पार्टीले, नेताले जनताको हित गर्छ, जनताले पनि उसको हित गर्छ । त्यसैले जनमतको कदर गर्दै संविधानसभामा गएर संविधान निर्माणमा सहयोग गर्नुको विकल्प ए माओवादीसँग छैन । झौवागुठी–१, पर्सा