-चन्द्रकिशोर
नेपाली भूगोलमा चुरे शिवालिक पर्वतमालाको दक्षिण तटीय मैदानमा परम्परागत बसोवास गर्दै आएका फरक भाषा र धर्म बोकेका गैरनेपाली मातृभाषीहरू जसको साझा सांस्कृतिक अन्तरप्रवाह र आर्थिक आधार रहेको छ र उनीहरू यही पृष्ठभूमिका कारण पृथ्वीनारायण शाहद्वारा नेपाल राज्यको स्थापना भएदेखि नै संरचनागत विभेदका सिकार भएका छन्, उनीहरू मधेसी हुन् । नेपाली राष्ट्रिय जीवनको प्रत्येक क्षेत्रमा मधेसीहरूको सहभागिता र भूमिकाको खोजी गर्न थालिएपछि पत्रकारिता क्षेत्रमा पनि मधेसीहरूको उपस्थिति उनीहरूको जनसङ्ख्याको प्रतिशतको तुलनामा कस्तो छ भन्ने प्रश्न उठाउन थालिएको छ । यो प्रश्नभित्र नेपाली सञ्चारमाध्यमहरूमा कति सङ्ख्यामा मधेसीहरू छन्, उनीहरू निर्णायक तहमा कति छन् र उनीहरूलाई के प्रयोजनमा प्रयोग गर्ने परम्परा रहेको छ, के कति मधेसीहरूको रुचि र आवश्यकतालाई बुझेर सामग्रीहरू प्रस्तुत गरिएको छ जस्ता सवालहरूमा बढी घोत्लिन थालिएको छ ।
मधेसका भाषाहरूले नेपाली मिडियामा कुन तहमा स्थान पाइराखेका छन् र ती भाषाहरूलाई कतिको स्थान दिइएको छ । मधेसका मातृभाषा मैथिली, भोजपुरी, अवधी, थारूलगायतको मिडियामा कतिको प्रस्तुति छ र तिनलाई प्रयोग गर्ने पत्रकार कुन पृष्ठभूमिका हुन् भन्ने पनि अर्थ राख्छ । मधेसीहरूको रुचि र आवश्यकतालाई बुझेर कुनै कार्यक्रम सञ्चालन गरिने हो भने मधेसका मानिसहरू रेडियो कार्यक्रमका लागि पनि काकाकुलभैंm व्यग्र रहन सक्छन् भन्ने कुरा केही एफएम रेडियोहरूले मधेसका भाषाहरूमा प्रसारण गरेका कार्यक्रमहरूमा हुने गरेका स्रोत र सहभागिताबाट स्पष्ट हुने गरेको छ । आफ्नो भाषामा आफ्ना कुराहरू आफ्ना लागि भनेर प्रसारण हुने गरेका कारण मानिसले आफ्नो दिनचर्यामैं परिवर्तन ल्याएर भएपनि सुन्ने गरेका कुरा मानिसहरूको कुराकानीबाट स्पष्ट हुन्छ, धीरेन्द्र प्ेरमर्षिको यस भनाइले पनि मधेसका मातृभाषामा सामग्री प्रस्तुत गर्दा सहभागिताको आयतन फराकिलो रहेको हेर्न सकिन्छ ।
मधेस विद्रोह २०६३ माघ पछि सञ्चारमाध्यमहरूसँगको द्वन्द्वमा मधेस र मधेसीको चर्चा हुने बेला मिडियाबाट मधेस र मधेसीले राखेका अपेक्षाहरू ओझेलमा पर्ने गरिएको छ । मधेसी समाजको मिडियासँग रहेका गुनासा र अपेक्षाहरू बढी हुनुमा मिडियामा उनका समुदायका मानिसहरूको कमी हुनु पनि हो । जनकपुरका मानव अधिकारकर्मी विजय दत्त भन्छन्,“अधिकारका लागि सङ्घर्षरत समुदायले आफ्ना कुराहरू राज्यसमक्ष सहज ढ·ले पुर्याउने माध्यम मिडियालाई ठान्छन् तर मिडियाको प्रस्तुति पूर्वाग्रहयुक्त हुँदा उनीहरूमा आक्रोश बढ्छ र त्यसैको परिणति हो मधेसमा देखिएको पत्रकार र मिडियाबीचको द्वन्द्वभित्रको एउटा आयाम ।
वरिष्ठ पत्रकार विनयकुमार कसजुको भनाइ प्रेस आपैंm कुनै शक्तिको पक्षधर भयो भने त्यसले शक्तिको हस्तान्तरण, अपहरण र स्थानान्तरणको निगरानी गर्ने र समाजलाई सचेत पार्ने काम गर्न सक्दैन । यसैले लोकतान्त्रिक समाजका लागि स्वतन्त्र, निष्पक्ष र निर्भीक र विश्वसनीय प्रेस अनिवार्य मानिएको हो । लोकतन्त्रमा समानता र सामाजिक न्यायका लागि लड्ने नागरिक समाजको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयन गर्ने माध्यम वा साधन प्रेस हो र यो स्वतन्त्र हुने गर्छ । केन्द्रीय मिडिया जसलाई कर्पोरेट मिडिया भनेर पनि चिनिन सकिन्छ । तिनीहरूको भूमिका आफ्नो रुचि र स्वार्थको आधारमा हुने गर्छ।
मधेस विद्रोहपछि पत्रकारिता सार्वजनिक डबलीको महत्त्वपूर्ण अंश हो भन्ने कुराको सामाजिकीकरण मधेसमा हुँदै गएको छ । यही कारण हो कि मधेसी समुदायभित्र पनि सञ्चारको उपभोक्ता र ग्राहक बन्ने, मिडियामा लगानी गर्ने र मिडियाकर्मीको रूपमा सहभागिता जनाउने क्रम बढेको छ । मैथिली भाषामा प्रकाशित हुने मिथिला डटकम दैनिक जनकपुरका सम्पादक सुजितकुमार झा भन्छन्,“मधेस विद्रोहपछि मातृभाषामा अखबार निकाल्ने, एफएमहरूमा कार्यक्रम दिने प्रवृत्ति देखा परेको छ ।”
मधेसी समुदायका सवाल र सरोकार यतिखेर नेपाली पत्रकारितामा बिटकै रूपमा देखा परेको छ । नेपाली टाइम्स अङ्ग्रेजी साप्ताहिकका पूर्वस्तम्भकार प्रशान्त झाले मधेस विद्रोहपछि नेपाली पत्रकारितामा “मधेस र मधेसी” बिटकै रूपमा स्थान पाउने गरेको बताउँछन् । नयाँ पत्रिका दैनिक काठमाडौंका सम्पादक कृष्णज्वाला देवकोटाले मूलधारका मिडियाले मधेस र मधेसीका मुद्दाहरूलाई उपेक्षा गर्न नसक्ने बताउँछन् । उनी भन्छन्,“मूलधारका दैनिकहरूमा मधेस क्षेत्रका समाचारहरू प्राय: प्रथम पृष्ठमा प्राथमिकताका साथ आइरहेको छ ।” हिमाल खबर पत्रिकाका पूर्वसम्पादक शिव गाउँलेले नेपाली पत्रकारितामा जति मधेसी पत्रकारको व्यावसायिक आवश्यकता बढ्दै गएको छ, त्यस्तै नै मधेसका सवालहरू पनि अपरिहार्य हुँदै गएको छ ।”
मधेस बिटको रूपमा स्थापित हुनु एउटा कुरो हो भने मधेसी पत्रकारिता अर्कै कुरा हो । मधेसी बिटमा जोसुकै पत्रकार पनि काम गर्न सक्छन् । मधेसी पत्रकारिता भनेको जनपैरवीसँग जोडिएको विषय हो । जनपैरवी अन्तर्गत पूर्वबासिन्दा, प्रभुत्वहीन समुदाय र पृथक संस्कृतिको हकधर समुदायका राजनीतिक, सांस्कृतिक र सामाजिक विभेदका विरुद्ध समतामूलक समाज निर्माणको दृष्टिकोणका साथ जनपैरवी गर्छन् । मधेसी समुदायको अधिकारको प्रश्न उठाउनु भनेकै समाजमा विद्यमान विभिन्नखाले असमान व्यवहारको वस्तुगत अवस्थाको अन्त्य मात्र नभई निश्चित समुदाय अन्तर्गत जीवित रहेको विभेदकारी सोचको रूपान्तरणको अभियान पनि हो । किनभने विभेदविरुद्ध कानुनी अधिकारको प्रत्याभूत भइसकेपछि पनि यदि मानिसभित्रको अहड्ढार, असहिष्णुता, विद्वेषको संस्कृतिमा परिवर्तन भएन भने पुन: त्यसले सामाजिक द्वन्द्वको अर्को ढोका खोल्ने सम्भावना रहिरहन्छ । त्यसैले आज मधेसी समुदायको अधिकारप्राप्तिको आन्दोलन केवल कानुनी प्रावधानको नयाँ संयोजन वा प्रावधान मात्र नभई मानिसले मानिसप्रति गर्ने समग्र व्यवहारको मानवोचित परिमार्जनोन्मुख पनि हो । मधेसी पत्रकारिताले मधेसी आवाजको उठानलाई टेवा दिन्छ, जसभित्र अस्तित्व/पहिचान, प्रतिनिधित्व, सहभागिता, आत्मनिर्णयको अधिकार तथा संरक्षण जस्ता पक्षहरू जोडिएका हुन्छन् ।
मधेसी पत्रकारहरूबीच पत्रकारहरूले अधिकारकर्मी जस्तो भूमिका खेल्ने, एउटा इमानदार अवलोकनकर्ताको भूमिका खेल्ने भन्ने बहस उठेको पाइन्छ । पत्रकारहरू अधिकारकर्मी होइन, अवलोकनकर्ताको भूमिकामा देखिनुपर्यो भन्ने कोण पनि छ । पत्रकारहरू आपैंm सामुदायिक आन्दोलनमा लाग्ने, आन्दोलनका समाचारहरू वस्तुगतभन्दा पनि भावनात्मक पक्ष राखेर लेख्ने मौलाउँदो प्रवृत्तिप्रति यहाँ कुरा उठ्छ । समुदायको अधिकारमुखी आन्दोलनलाई उसले एउटा समाचारको रूपमा हेर्नुपर्यो, न कि समाचारको उत्पादनकर्ताको रूपमा । त्यस्तै सप्तरीका पत्रकार बैधनाथ झाले तराईका पत्रकारहरू सशस्त्र समूहहरूसँग नजिकिने कारणहरूमध्ये अधिकारमुखी मनोविज्ञान पनि हो ।
मधेसमा अहिले पनि आफ्ना छोराछोरीलाई अभिभावकहरूले डाक्टर, इन्जिनियर र पाइलट नै बनाउन खोज्छन् । पत्रकार बनाउने उद्देश्यका साथ उसलाई सो अनुकूलको शिक्षण दिलाउने जाँगर विरलै अभिभावकहरूले देखाउने गरेका छन् । मूलभूतरूपमा बुझ्नुपर्ने कुरा के हो भने पत्रकार भनेको पहाडी र मधेसी हुँदैन, हिन्दू र मुस्लिम हँुदैन, दलित र बाहुन हुँदैन, महिला र पुरुष हुँदैन तर जब पत्रकारिता कन्टेन्टमा पृष्ठभूमिका कारणले असन्तुलन जन्मिन्छन्, त्यतिखेर यी कुराहरू मुखर भएर आउँछन् । एउटा पत्रकारले पत्रकारकै भूमिकामा पत्रकारिताको मानक अनुसार काम गरिरहयो भने त्यसको भूमिकाप्रति सबैको सन्तुष्टि हुन्छ । त्यसैगरी पत्रकारिता पेशामा नाम, काम र दाम छ भनेर प्रतिभाशाली जनशक्ति पनि भित्रिनुपर्यो, केवल समुदायको नाममा जो कोही पनि भित्रिदा न त पत्रकारिताको भलो हुन्छ, न त समुदायले नै लाभ पाउँछ।