नेपालको सबै क्षेत्रमा कुरीति विद्यमान छ । केही कुरीति संस्कारगत छन् भने केही मनोगत । मनोगत कुरीतिलाई कठोर दण्डविधान प्रयोग गरेर सन्तुलित गर्न सकिन्छ भने सामाजिक कुरीति हटाउनका लागि सबै जागरूक, अझ दण्डाधिकारी व्यक्तिले विशेष चासो लिंदा न्यूनीकरण हुन सक्दछ । सामाजिक कुरीति भनेको परम्परादेखि चल्दै आएको संस्कार हो, यसर्थ यसमा समाजको बहुसङ्ख्यक व्यक्तिको सहभागिता हुन्छ । अधिकांश व्यक्तिले कुरीतिलाई जारी राख्न चाहेमा कुरीतिको ढाकछोप सजिलै हुन्छ र कानुनी कडाइको पनि कुनै उपादेयता हुँदैन । यो कालक्रममा जागरूकता, शिक्षा, निरन्तर परामर्श, अवलोकन र बाहय हस्तक्षेपले मात्र नियन्त्रण हुनसक्छ । सामाजिक कुरीतिमध्ये सबैभन्दा नराम्रो अहिले बालविवाह रहेको छ । कतिपय ठाउँमा त बालविवाह एउटा परिवारका लागि अनिवार्य पनि भइदिन्छ । बालबालिका बढी उमेरका भए भने जोडी नपाउने, केटीलाई बढी उमेरसम्म घरमा राख्न नसकिने, घरमा राख्दा विद्यालय नै पठाउनुपर्ने, यसरी पढेलेखेका चेलीका लागि त्यस्तै वर खोज्नुपर्ने, त्यस्तो वर नपाउने, पाए बढी दाइजो दिनुपर्ने समस्याको निदान न राज्यले दिन सक्छ, न समाजले नै त्यसको मेसो मिलाउन सक्छ । तसर्थ यस्तो कुरीतिलाई हटाउन सबै पक्षबीच घनीभूत परामर्श, जनचेतना साथै कानुनको कडा परिपालना आवश्यक हुन्छ।
प्राय: यस्ता अभियानहरूमा नियत गरिएका संस्थाहरूले काम गरिरहेका हुन्छन्, तिनमा काम वा परामर्श दिएबापत पारिश्रमिकको व्यवस्था हुन्छ । अनि उनीहरूले काम त गर्छन्– जनचेतना जगाउने सभा, गोष्ठी, सडक नाटक आदि तर सारमा यसले बालविवाह न्यूनीकरणमा प्रभाव परे नपरेकोबारे खासै चासो राखिंदैन । बितेका केही दिनदेखि पर्सा, बारा, रौतहटका गाउँहरूमा यस्ता कार्यक्रम भइरहेका समाचारहरू आएका छन् । ती प्रत्येक कार्यक्रममा नारायणी अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको उपस्थिति देखिएको छ । यसरी एउटा उच्च सरकारी पदाधिकारीको यस्ता कार्यक्रमहरूमा उपस्थितिले सामान्य जनतामा निकै प्रभाव पर्दछ । मानिसलाई कार्यक्रमविशेषको महत्ता थाहा हुन्छ, उच्च पदाधिकारीको संलग्नताले कुरीतिको निरन्तरतामाथि अङ्कुश लाग्छ र मानिसमा भय पनि जाग्छ– यदि प्रतिबन्धित कर्म गरियो भने सजायको भागी बन्नुपर्छ । यद्यपि वप्रउ खनालको यो सक्रियता व्यक्तिगत सोचले गर्दा भएको हो । समाजमा कुरीति छ, त्यसको निदान आवश्यक छ भनेपछि चेतनशील नागरिक वा सरकारी पदाधिकारी कसैले पनि चासो र सक्रियता जनायो भने उक्त कामले गति प्राप्त गर्छ ।
सामाजिक कुरीतिको सम्बन्ध मानिसको सोच र शिक्षासँग प्रत्यक्षत: गाँसिएको हुन्छ । मानिसले शिक्षा पायो भने उसको सोच विकसित हुन्छ । उसले एउटा समस्याबाट निकास पाउन कैयौं बाटो फेला पार्न सक्छ । सबैले समस्या बुझ्ने स्थान भनेको विद्यालय नै हो । जबकि आज पनि नेपालमा शिक्षा क्षेत्रमा यत्रो लगानी हुँदाहुँदै पनि समाजको सबै तप्काले उचित र पर्याप्त शिक्षा हासिल गर्न सकेको छैन । हिजोको अशिक्षित पुस्ताले आजको पुस्तालाई निर्देशित गरिरहेको हुन्छ । त्यसैले आजको पुस्तामा हिजोको सोच हावी हुन्छ, र हिजोको सामाजिक कुरीति नचाहेर पनि जीवित रहिरहन्छ । यदि आजको पुस्तालाई पर्याप्त शिक्षित तुल्याउने हो भने भोलिको पुस्ताले यी कुरीतिहरूबाट प्रभावित हुनुपर्ने छैन । यो समयसाध्य र धैर्यसाध्य कार्य भने पक्कै पनि हो ।