प्रस, वीरगंज, १४ पुस/
एनेकपा माओवादी निकट नेपाल क्रान्तिकारी पत्रकार सङ्घ, पर्साको अध्यक्षमा आरके पटेलले निरन्तरता पाएका छन्। होटल मकालुको सभाकक्षमा आज सम्पन्न जिल्ला भेलाले पटेलको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो।
पुनर्गठित समितिको उपाध्यक्षमा कृष्णउदास खनाल, सचिव नीरज पीठाकोटे मगर, कोषाध्यक्ष महबुब आलम एवं सदस्यहरूमा लालबाबू बनियाँ, कविता मैनाली र मुनेश लायोमगर सर्वसम्मत चयन भएका छन्। नवनिवार्चित अध्यक्ष पटेल यस अघि सङ्घको जिल्ला संयोजक थिए।
सङ्घका केन्द्रीय संयोजक गोविन्द आचार्यको मुख्य आतिथ्यमा सम्पन्न भेलामा क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय सदस्य तथा भोजपुरा संयोजक गोविन्द देवकोटा, केन्द्रीय सदस्य विष्णु सापकोटा र मधेस इन्चार्ज एनके दाहालको आतिथ्य थियो। सम्पन्न भेलाले सङ्घको केन्द्रीय अधिवेशनका लागि प्रतिनिधिमा शेखर छतकुली, सुदर्शन
राज पाण्डे, छठु साह र धमेन्द्र
चौरसियालाई चयन गरेको र दुई स्थान रिक्त राखिएको जनाइएको छ।
भेलालाई सम्बोभन गर्दै केन्द्रीय अध्यक्ष आर्चायले सङगठन निर्माण तथा शुद्धीकरणलाई सङ्घले प्रथमिकतामा
राखेर युद्धस्तरमा अगाडि बढिरहेकोले काम गर्नेलाई जिम्मेवारी दिन कहिल्यै हिचकिचाहट नगर्ने बताए।
माउपार्टी एमाओवादीले सङगठन निर्माण र जिम्मेवारी बाँडफाँडमा विचार नपुर्याएको कारण संविधानसभा निर्वाचनमा पराजय भोग्नुपरेको यथार्थ उजागर गर्दै अध्यक्ष आचार्यले पार्टी निर्माणका लागि पनि भ्रातृ सङगठनहरू मजबुत हुनुपर्ने कुरामा जोड दिएका
थिए ।