विभिन्न शङ्का, उपशड्ढा, डरत्रास एवं धम्कीको बावजुद मङ्सिर ४ गते सम्पन्न ऐतिहासिक दोस्रो संविधानसभाको निर्वाचनले नागरिक र नेतामा एक किसिमको जोश, जाँगर तथा उल्लासको माहोल सिर्जना गराएको छ । विशेषगरी विजय हासिल गरेका नेपाली काङ्ग्रेस र एमालेको लागि अवसर र चुनौती थपिदिएको छ ।
गत संविधानसभा निर्वाचनमा प्रमुख दल बन्न पुगेको माओवादीले आफ्नो जिम्मेवारी पूरा नगरेको कारण पराजित हुनुपरेको कसैबाट लुकेको छैन । राष्ट्रको मूल कानुन लेख्ने प्रमुख जिम्मेवारी पाएपनि जिम्मेवारी पूरा गर्न पछाडि हटेको कारण नेपाली जनताले पुरानै शक्तिलाई जीत दिलाएको हो । फलस्वरूप काङ्ग्रेस र एमाले क्रमश: पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भए । दुवै दलको सिट सङ्ख्या जोड्दा करिब–करिब दुई तिहाइ अर्थात् बहुमतको हाराहारीमा पुगेको छ । यो नयाँ जनादेश र जनचाहना पनि हो । बहुमतको नजिक भए तापनि यदि काङ्ग्रेस र एमालेले राष्ट्रलाई एक वर्षमा संविधान दिन सकेनन् भने यिनीहरूको पनि माओवादी जस्तै हविगत हुने कुरामा कसैको दुई मत नहोला किनभने नेपाली जनता भेडा होइनन् भन्ने प्रमाणित गरिदिएको छ, वर्तमान निर्वाचनले ।
नेपाली नागरिकले आफ्नो कर्तव्य पूरा गरी राष्ट्रको जिम्मेवारी यी दलहरूलाई दिइसकेपछि उनीहरूले यसलाई अवसरको रूपमा लिई एक वर्षभित्र संविधाननिर्माणपश्चात् चार वर्षको अवधि राष्ट्रको विकास गर्न सदुपयोग गरे भने ठूलो फड्को मार्न सक्छन् । नागरिक मतको कदर तथा जनचाहनाबमोजिम कार्य गरे आगामी दिनमा नेपाली जनताले पुरस्कृत गर्ने मात्र होइन, नेपाली इतिहासको कालखण्डमा स्वर्ण अक्षरले यिनीहरूको नाम लेखिनेछ ।
संसारमा कुनै पनि वस्तु स्थायी हुँदैन । विगतको प्रमुख दल आज प्रतिपक्षमा धकेलिएको छ । त्यसैले जित्दैमा मात्तिने र हार्दैमा आत्तिने गर्नुहँुदैन । यो जीत यी दलहरूको लागि थप चुनौतीको विषय बन्न पुगेको छ । विगतको संविधानसभा निर्वाचनलाई कुनै दल बहिस्कार गरेको थिएन, तैपनि चार वर्षको समयावधिमा संविधान बन्न सकेन भने आजको परिस्थिति झन् विकराल छ । किनभने यो संविधानसभा निर्वाचन बहिष्कार गरेका ३३ दल तथा ज·ल र सडकबाट आएका माओवादी तथा मधेसवादी दलले निर्वाचनमा धाँधली भएको भनिरहेका छन् । यस्तो परिस्थितिमा संविधानसभाबाट संविधान बनाएर जारी गर्नु फलामको च्यूरा चपाउनुसरह हुन्छ । त्यसैले असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याई संविधान बनाउन पहल गरेको खण्डमा आउने संविधान दिगो र सर्वमान्य हुन्छ । बहुमत पाएको भन्दै असन्तुष्ट दलहरूलाई बेवास्ता गरेमा संविधान दिगो तथा प्रभावकारी हुन सक्दैन ।
धर्म, संस्कृति, जातजाति, दलित, मधेसी, आदिवासी, जनजाति अल्पसङ्ख्यकको हक अधिकार सुनिश्चित गराउँदै निर्माण गरिने संविधान दिगो र सर्वमान्य हुन्छ ।
–नीरजकुमार गुप्ता श्रीपुर, वीरगंज