नेपालीको चाहना र आवश्यकता संविधान हो । यसपटक संविधान बन्ला भन्ने चासो सर्वत्र छाएको छ ।
पहिलो संविधानसभा निर्वाचनमा अर्बौ रुपियाँ खर्च गरे पनि उपलब्धि केही पाइएन । सभासद्हरू मोजमस्तीमा तल्लीन भए । संविधान बनाउन दिनुपर्ने समय कुर्सी र पदको भागबन्डामा बित्यो । जनताको म्यान्डेट बिर्सेर फोहरी खेलमा लाग्नाले नेताहरूले जनतालाई संविधान दिन सकेनन् । नामर्द सभासद्को सूचीमा आफ्नो नाम लेखाएपश्चात् दोस्रो संविधानसभा चुनावमा पराजय भोग्नुपर्यो । जनता जनार्दन हो र निर्णय पनि जनताले नै गर्छ भन्ने साबित गरिदियो ।
दलहरू असफल भएपछि कर्मचारी संयन्त्रको सरकारबाट दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भयो । जनताका प्रतिनिधिहरू सभासद् भए । तर यिनीहरूबाट अब संविधान बन्ला भन्ने अन्योलता छाएको छ । चुनाव सम्पन्न भएको एक महिना बितिसक्दा पनि समानुपातिक सदस्य छनोटमा ढिलासुस्ती हुनुले दलहरूबीच आपसी तालमेल नभएको सड्ढेत दिएको छ । जनविश्वास र जनमतका साथ अघि बढेका ठूला दुई दलमा आपसी समझदारी नहुँदा यसपटक पनि संविधान बन्न कठिनाइ हुन्छ भन्ने अडकल गर्न थालेको छ, नेपाली जनता ।
तसर्थ दलहरू एकापसमा मिलेर संविधान निर्माण प्रक्रियामा अग्रसर हुने बेला हो । नेपाली जनताको भावनामा ठेस नपुग्ने खालको संविधान जारी गर्नुपर्छ । हिमाल, पहाड, तराईका नेपाली जनताको हक अधिकारको प्रत्याभूति हुने र सबैलाई समेट्ने गरी संविधान निर्माण भएको खण्डमा दल र नेपाली जनताको कल्याण हुनेछ । अबको संविधान सम्पूर्ण नेपाली जनताको संविधान भन्ने मूल नाराका साथ संविधान नबनाए नेपाली जनताले नेताहरूलाई कहिल्यै पनि माफ गर्ने छैन ।
– मनोज उपाध्याय, बारा