- उमाशङ्कर द्विवेदी
प्रहरी रित्तै हात फर्किआएको देखेर दुर्योधनले भाइ दु:शासनसित भने,“भाइ, यो प्रहरी भीमसेनसित तर्सिरहेको छ, त्यसैले तिमी आपैंmले गएर द्रौपदीलाई समातेर सभामा ल्याऊ ।” दाइको आज्ञा सुनेर दु:शासनले आँखा रातो पारेर पाण्डवहरूको निवासमा गएर द्रौपदीसित भन्यो,“कृष्णे, हिंड जाउँ, तिमीलाई हामीले जुवामा जितेर धर्मत: तिमीलाई पाइसकेका छौं । अब सभामा उपस्थित भएर कौरवहरूको सेवा गर ।” दु:शासनको कठोर वचन सुनेर द्रौपदीको ह्दय दु:खले भरियो । उनी आर्तभावले मुख छोपेर राजा धृतराष्ट्रको निवासतिर दुगुरिन् । पापी दु:शासनले उनलाई हकार्दै पछि पछि दुगुर्दै गएर कपाल समातेर तान्न थाल्यो । द्रौपदीको रोम रोम काम्न थाल्यो । शरीर निहुरियो । उनी सभातिर तानिंदै गइरहेकी थिइन् । द्रौपदीले सुस्तरी भनिन्,“हरे मूढ दुरात्मा दु:शासन, म नछुने भएकी छु, म एकवस्त्रा भएकी छु । यस्तो अवस्थामा मलाई सभाबीचमा लग्नु अनुचित हुनेछ ।” दु:शासनले द्रौपदीको कुरातिर ध्यान नदिएर कपाल झन् झन् जोडले तान्दै भन्न थाल्यो,“दु्रपदकी छोरी, तिमी नछुने भएकी होस्, एकवस्त्रा भएकी होस् वा ना·ी भएकी होस् हामीले तिमीलाई जुवामा जितेका छौं । तिमी हाम्रो दासी हौं । अब तिमीले तल्लो आइमाईहरूको साथमा बस्नुपर्ने छ ।” दु:शासनले द्रौपदीलाई कपाल समातेर घिसार्दै सभाबीचमा ल्याइ पुर्यायो ।
दु:शासनले घिसारेको कारण द्रौपदीको कपाल फिजिइसकेको थियो । जीउ अद्र्धनग्न भइसकेको थियो । उनी लज्जावश क्रोधले रातो भएर सुस्तरी भनिन्,“हरे दुष्ट, यस सभामा जम्मै शास्त्रका ज्ञाता, क्रियावान, इन्द्रका समान प्रतिष्ठित मेरा गुरुजनहरू बसिरहेका छन् । यिनीहरूको सामु म यस अवस्थामा कसरी उभिन सक्दछु ? हाय हाय, भरतवंशलाई धिक्कार छ । यी कुपुत्रहरूले क्षत्रीयत्वको नाश गरिदिए । यस सभामा बसेका कौरवहरूले आफ्नै आँखाले कुलमर्यादाको नाश देखिरहेका छन् । द्रोण, भीष्म र महात्मा विदुरको आत्मबल कता गयो ? यस्ता बूढापाकाहरूले यस अधर्मलाई किन हेरिरहेका छन् ?” द्रौपदीले यो कुरा पाण्डवहरूतिर हेर्दै भनिरहेकी थिइन् । पाण्डवहरूतिर हेरिरहेकी देखेर द:ुशासनले झन् जोडले द्रौपदीलाई घिसार्दै भन्न थाल्यो,“ओय दासी, ओय दासी, भनेर जोडले हास्न थाल्यो । कर्णले प्रसन्नतापूर्वक उसको कुरालाई समर्थन गर्न थाल्यो तथा शकुनीले प्रशंसा गर्न थाल्यो । यी तीनजनाबाहेक सम्पूर्ण सभासद्हरू यस्तै क्रूर कर्म देखेर अत्यन्त दु:खी भए ।
द्रौपदीले सभामा उभिएर भन्न थालिन,“यी पापात्माहरूले छलपूर्वक धर्मराजलाई जुवा खेल्न तयार पारेर कपटद्वारा उनलाई तथा उनको सर्वस्व जितिहाले । उनले पहिले आफ्ना भाइहरूलाई, अनि आफूलाई हारेर मात्र मेरो बाजी थापेका थिए । म यो जान्न चाहन्छु कि आफूलाई हारिसकेपछि उनलाई मेरो बाजी थाप्न धर्मको अनुसार अधिकार थियो कि थिएन ? यस सभामा अनेकौं कुरुवंशीहरू बसिरहेका छन् । उनीहरूले मेरो प्रश्नमाथि ठीक ठीक विचार गरेर जवाफ दिऊन् ।” पाण्डवहरूको दु:ख र द्रौपदीको कातरता देखेर धृतराष्ट्रनन्दन विकर्णले भन्यो,“सभासद्हरू, द्रौपदीको प्रश्नको सम्बन्धमा हामीहरूले ठीक ठीक विचार गरेर जवाफ दिनुपर्ने छ । यसमा त्रुटि भएमा हामी जम्मैजना नरकगामी हुनुपर्ने छ । भीष्म पितामह, बुबा धृतराष्ट्र र महामती विदुरजीले यस विषयमा परामर्श गरेर किन जवाफ दिइरहेका छैनन् ? आचार्य द्रोण र कृपाचार्य किन मौन छन् ? यिनीहरूले रागद्वेष छाडेर किन यस प्रश्नको निर्णय गरिरहेका छैनन् ?”
यस प्रकार विकर्णले बारम्बार भनिरहँदा पनि कसैले केही पनि नबोली बसिरहेको देखेर विकर्णले हात माडेर लामो सास लिंदै भन्यो,“कौरवहरू, यी सभासद्हरूले जवाफ दिऊन् वा नदिऊन्, यस विषयमा म जुन कुरा न्यायस·त देख्दैछु, त्यसलाई नभनी बस्न सक्दिनँ । राजाहरूका चारवटा व्यसन हुन्छन्–शिकार, जुवा, रक्सी र स्त्रीप्रस·मा आशक्ति । यसमा संलग्न रहने मानिसको पतन अवश्यम्भावी हुन्छ । यहाँ जुवाडेहरूले डाँकेर राजा युधिष्ठिर आएर जुवाको आशक्तिवश द्रौपदीलाई बाजीमा थापे । द्रौपदी केवल युधिष्ठिरका मात्र पत्नी होइनन्, उनीमाथि पाँचै पाण्डवहरूको समान अधिकार छ । यहाँ यो पनि ध्यान दिन आवश्यक छ, युधिष्ठिरले आफूलाई हारेपछि मात्र द्रौपदीलाई बाजीमा थापे । त्यसैले मेरो विचारमा युधिष्ठिरले द्रौपदीलाई बाजीमा थाप्ने अधिकार नै थिएन । अर्को कुरा के छ भने उनले द्रौपदीलाई स्वेच्छाले होइन, शकुनीको उक्साहटमा बाजी थापेका थिए । यी कुराहरूलाई मध्यनजर गर्दै मेरो के निक्र्योल छ भने जुवामा द्रौपदी हारिएकी नै छैनन् ।” विकर्णको यस प्रकारको जिकिर सुनेर सम्पूर्ण सभासद्हरूले उनको प्रशंसा तथा शकुनीको निन्दा गर्न थाले । सभामा चारैतिर कोलाहल हुन थाल्यो । यो देखेर कर्णले विकर्णको हात समातेर भन्न थाले,“विकर्ण, तिमीले आफ्नो कुलवंशको नाश गर्न चाहिरहेका छौ ? द्रौपदीले बारम्बार सोध्दा पनि सभामा कसैले कुनै पनि किसिमको जवाफ दिइरहेका छैनन् । यसको अर्थ के भयो ? सम्पूर्ण सभासद्हरूले द्रौपदी जुवामा हारिइसकेकी छिन् भन्ने ठानिरहेका छन् । एक त तिमी दुर्योधनभन्दा कान्छो अर्को तिमी धर्मको मर्मबाट अनभिज्ञ छौ, यस्तोमा तिम्रो तुच्छ बुद्धिको निर्णयको के महत्त्व ? युधिष्ठिरले आफ्नो सर्वस्व बाजी थापेर हारिसकेपछि द्रौपदी किन हारिइनन् ? द्रौपदी पनि त युधिष्ठिरको सर्वस्वभित्र किन परिनन् ? के द्रौपदीको बाजी थाप्नुमा पाण्डवहरूको सम्मति थिएन ? यदि तिमीले नछुने अवस्थामा द्रौपदीलाई सभामा ल्याइनुहुँदैन्थ्यो भने ठान्दछौ भने हेर देवताहरूले स्त्रीका लागि केवल एउटा पतिको विधान गरेका छन् । यहाँ द्रौपदी पाँच पतिहरूका पत्नी भएकी हुनाले उनी निश्चय नै वेश्या हुन् । यस कारणले मैले बुझे अनुसार यस अवस्थामा पनि द्रौपदीलाई सभामा ल्याउन अनुचित छैन । क्रमश: