–कुमार रुपाखेती
यसपटकको संविधानसभामा फर्जरी भोट खस्ने सम्भावना एकदमै न्यून छ । विगतभन्दा यसपटक मतदानको प्रतिशत बढ्ने पनि पक्कापक्की छ । दलहरूको ‘घोषणापत्र’मा समेत उही घिसापिटा पुरानै राग अलापिएको छ । धेरै उम्मेदवार र दलहरूसमेतले दोस्रो संविधानसभा निर्वाचनलाई महत्त्व दिनुको साटो गौण बनाएका छन् । चुनाव प्रचारप्रसारमा कुनै नयाँपन छैन, पुरानै परम्परागत तरिका प्रयोग हुँदैछ । कतिपय दल र उम्मेदवारहरूले ‘आचारसंहिता’ पोलेर खाइसके । सम्बन्धित निकाय मस्त निद्रामा छ । थोरबहुत सेना बजारमा मार्चपास गरेका देखिन्छन्, सेना हरकतमा आएपछि स्थानीय प्रहरी प्रशासन ढुक्क देखिन्छन् । निर्वाचनको समय भएकोले कालोबजारियाहरू सक्रिय छन्, बजारमा दान दिने र दान लिनेहरूको बसिबियाँलो चालू छ । तैपनि उम्मेदवारहरू त्रासरहित होइन, त्राससहित ‘दे दे राम दिला दे राम’ भन्दै भोट माग्दैछन् । कुनै बखत राति राति भोट मागिन्थ्यो, आजकल दिउँसै त्यो पनि सुरक्षित भएर घेराबन्दीमा बसेर ‘मलाई मत देऊ’ भन्दैछन् । पुछारमा सबैले संविधान बनाउने भन्दैछन् ।
दल र उम्मेदवारमा आत्मविश्वास र भरोसा नभएकोले यसपटक तपसिलबमोजिम भोट माग्न थालिएको छ ।
१) पार्टी प्रवेश: यसपटक दलहरूबीच पार्टी प्रवेशको हाडबाजी नै चलेको छ । दिनहुँ दर्जनौं दलहरूमा सैकडौं मान्छेहरू पार्टी प्रवेश गरिरहेका देखिन्छन् । सङ्क्षेपमा भन्ने हो भने दलहरूबीच पार्टी प्रवेश गराउने होडबाजी नै चलेको छ । त्यस्तै मतदाताहरूबीच समेत फलानो त्यो दलमा प्रवेश गर्यो, म अर्को दलमा भोलि प्रवेश गर्छु भन्ने मानसिकताको विकास भएको देखिन्छ । पार्टी प्रवेश गर्नेहरूलाई सगर्व छाती फुलाएर अबीर घस्ने उम्मेदवारहरूको पनि यहाँ कुनै कमी छैन ।
२) घरदैलो: दलबलसहित मतदाताको घरदैलो गर्नु पुरानै परिपाटी हो । तर यसपटक उम्मेदवारहरूको सङ्ख्या बढी भएकोले हुलका हुल मान्छेहरू छिनछिनमा घरदैलोमा धाउन थालेपछि मतदाताहरू घरै छाडेर बाहिरिन थालेका छन् । कतिपय स्थानमा घरदैलो कार्यक्रममा एकैपटक थुप्रै उम्मेदवार जुध्न पुग्दा ‘सडकजाम’ र मेला उत्सवको माहोल देखिन थालेको छ ।
३) पत्रपत्रिकाको प्रयोग: चुनावमा पत्रपत्रिकाको प्रयोग पुरानै रोग हो तर यसपटक असाध्य रोग सरह भएको छ । आफू समर्थित उम्मेदवारहरूको बढाइ चढाइ छाप्नु, विपक्षीको समाचार छाप्न आनाकानी गर्ने, नछाप्ने, पक्षपात गर्ने रोगले स्थानीय पत्रपत्रिका ग्रस्त छन् । थुप्रै स्थानीय पत्रपत्रिका वीरगंजमा मात्र सीमित रहने, न्यून सङ्ख्यामा छापिने भए तापनि निर्वाचनका बखत अन्य क्षेत्रका उम्मेदवारलाई रिझाउन बाहिरसमेत पठाउने र बढी सङ्ख्यामा छाप्ने–छपाउने प्रथा छ । सङ्क्षेपमा भन्ने हो भने पत्रपत्रिकाहरू निर्वाचनमुखी होइन, उम्मेदवारमुखी भएका छन् ।
४) आर्थिक सहयोग: नेपाल र भारतजस्ता मुलुकमा धेरैका लागि निर्वाचन भनेकै पैसाको चलखेल हो । हाम्रोमा त समूह बनाएर, भोटर सङ्ख्या गन्ती गराएर उम्मेदवारलाई उल्लू बनाएर पैसा ऐंठने चलन छ । यसरी विभिन्न बहानामा ‘आर्थिक सहयोग’ लिने पनि पुरानै परिपाटी हो । नयाँ जोगीले बढी खरानी घस्छ भनेभैंm नयाँ–नयाँ टिकट पाएर उम्मेदवारहरू अन्धाधुन्ध रकम वितरण गरेर चुनावी वैतरणी पार गर्न खोज्छन् ।
चाडपर्व सहयोग, बिरामीलाई सहयोग, मेलामा सहयोग, मठमन्दिरलाई सहयोग, क्लबलाई सहयोग, प्रकाशनलाई सहयोग आदि विभिन्नखाले सहयोग निर्वाचनमा धडल्लेले चल्ने गर्दछ । अन्य थुप्रै भूमिगत आर्थिक सहयोगसमेत हुने गर्दछ ।
५) भोजभतेर: निर्वाचनमा खानपिन गराएर मतदाता रिझाउने चलन पनि छ । निर्वाचन आचारसंहितालाई अनदेखा गर्दै यसपटक ‘नोमिनेशन’का दिनदेखि नै लुकिछिपी र हाकाहाकी खानपिन चल्दै आएको छ । टोलटोलका नाइके प्रवृत्तिका हितैषीहरूले यस्ता खानपिन आयोजना गर्दछन् । मनग्गे जाँडपानीसमेत चल्ने यस्ता खानपिनमा चिया र कफी हाउसभन्दा जोरदार राजनीतिक कुराकानी चल्छ रे । यस्ता भोजभतेरमा निमुखा मतदाता होइन, चलता फिरता दादा टाइपको चल्ती हुने गर्दछ ।
६) असमान गठबन्धन: पार्टी केन्द्रको नीतिविपरीत उम्मेदवारहरूले जित्नका लागि आफूखुशी असमान गठबन्धन गरेर समेत विजयी हुने प्रयत्न गर्दछन् । यस्तो गठबन्धनको उपयोग ग्रामीण भेगमा अत्यधिक हुने गर्दछ । यस्ता गठबन्धनले पार्टीलाई घाटा र उम्मेदवारलाई नाफा हुने गर्दछ ।
७) धाकधम्की: हाम्रोजस्तो मुलुकमा आफ्नो आडे धाउने (विपक्षी)लाई धाकधम्कीको भाषा प्रयोग गरेरसमेत झुकाउने चलन छ । अविकसित र अशिक्षित क्षेत्रका अधिकांश बाहुबली उम्मेदवारहरूले नानाथरी त्रास देखाएर समेत मत बटुल्ने गर्दछन् । निर्वाचनपश्चात् समेत रिसइबी राख्ने रिसइबी फेर्ने प्रथा छ ।
८) जातपात: जातपात र सम्प्रदायको कुरा उठान गरेर जित्ने परम्परा पनि हाम्रोमा छ । विगतको निर्वाचनमा नेपालको तराईमा जातपात र सम्प्रदायको कुरा उग्ररूपमा भएपनि यसपटक अलि मत्थर छ । योग्य र कर्मठलाई विजयी बनाउने कुरा चर्चामा छ । क्षेत्र र सम्प्रदाय गौण छन् ।
यसबाहेक निर्वाचनताका अनेक तिकडम र हत्कन्डा अपनाएर निर्वाचनमा लड्ने परम्परा पनि छ । निर्वाचनमा प्रशासनको समेत महत्त्वपूर्ण भूमिका हुन्छ । पञ्चायतकालमा त माथिको निर्देशन भन्दै प्रहरी प्रशासनले होस्टेमा हैंसे गर्दै चुनाव जिताएको समेत इतिहास छ । वीरगंजको पाँचै क्षेत्र भारतको सीमासँग जोडिएकोले यहाँ भारतीय, भारतीय नेता, भारतीय अपराधीहरूसमेत आफ्ना मनपरेका ‘आका’हरूलाई जिताउन सक्रिय हुन्छन् । हाम्रो दक्षिणी छिमेकी भारतले समेत निर्वाचनमा दिलचस्पी लिएको आरोप खेप्दै आएको छ । निर्वाचनमा यहाँको भारतीय महावाणिज्य दूतावाससमेत आरोपित हुने गरेको इतिहास छ ।
स्मरणीय छ, नयाँ र नौलोपन कसैमा छैन । सङ्क्षेपमा भन्ने हो भने चुनावी दाउपेच शुरू भइसकेको छ, ककसले बाजी मार्ने हुन् कुनुपर्ने हुन्छ । कृष्ण अष्टमी (जन्माष्टमी)को भोलिपल्ट वीरगंजमा एउटा चर्चित जात्रा हुन्छ, ‘भीमसेन जात्रा’ । यो यस क्षेत्रको बदनाम जात्रा भएपछि अचेल प्रहरी प्रशासनले नै भीमसेनको रथ उठाएर जात्रा शान्तिमय बनाउँछन् । भीमसेन जात्रामा सबैको मुखमा ‘लियो–लियो, पायो–पायो’ मात्र हुन्छ । आजकल सबै उम्मेदवारको मुखमा ‘मैले जितिसकें, मैले जितिसकें’ मात्र झुन्डिएको छ । मैले जितिसकें पनि चुनावी दाउपेचकै रणनीति
होला ।