- उमाशङ्कर द्विवेदी
बहुप्रतीक्षित, बहुचर्चित, बहुविवादित तथा बहुआशान्वित संविधानसभाको दोस्रो निर्वाचन अन्तत: निर्धारित समयमा सफलतापूर्वक निष्पक्ष एवं विवादरहित अवस्थामा सम्पन्न भयो । यस निर्वाचनमा खसेको सरदर पचहत्तर प्रतिशत मतले निर्वाचनप्रति जनसाधारणको आकुलताबारे प्रस्ट पार्यो । देशमा विगतका केही वर्षदेखिको अन्योल, आतड्ढ, अशान्ति तथा दुरावस्थाबाट जनमानस कतिको चिन्तित, विचलित, कुण्ठित एवं अधीर रहेको थियो भन्ने कुरा यस निर्वाचनले प्रस्ट पारेको पाइयो । यस निर्वाचनको अघिल्लो दिनसम्म पनि निर्वाचन शान्तिपूर्ण ढ·ले सफलतापूर्वक सम्पन्न हुनसक्ने/नसक्ने भन्ने दोधार कायम रहेको भएपनि निर्वाचनको दिन भने निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्षरूपमा सफलतापूर्वक सम्पन्न भयो । निर्वाचनमा होमिएका सम्पूर्ण राजनीतिक दलहरूमा एक विशेष किसिमको जोश, उम· तथा हर्ष विद्यमान रहेको पाइयो ।
प्रत्यक्ष निर्वाचनको अर्को दिनदेखि मतगणनाको काम थालियो । निर्वाचनको परिणाम देशको लागि सरल र स्वाभाविक रहेको भएपनि केही राजनीतिक दलहरूका लागि अप्रत्याशित, अस्वाभाविक तथा स्वार्थपूर्तिको बाटोमा घातक देखा पर्न थाल्यो । आत्मविचलनमा परेर कतिपय ठूला नेताहरूले हताशमा मतगणनामा विभिन्नखाले अनिमियतता भयो भनेर बुझ पचाउने निहुँमा मतगणनाको काम नै तत्काल स्थगित गर्नुपर्ने उर्दी नै जारी गरेका पाइयो । देशमा विद्यमान रहेको दिगो निर्वाचन कानुनअनुसार मतगणना अनवरत जारी रहयो तथा अन्तिम परिणामसम्म पुग्दापुग्दै नेपाली काङ्ग्रेस प्रथम स्थानमा, झिनो सङ्ख्याको अन्तरले पछयाउँदै नेकपा
(एमाले) दोस्रो स्थानमा तथा एमाओवादी तेस्रो स्थानमा देखा पर्यो । विभिन्न राजनीतिक दलहरू जुनसुकै स्थानमा रहेका देखिए पनि नेपाली मतदाताहरूले भने पुराना अनुहारहरूलाई प्राय: अस्वीकार गरेको पाइयो । ‘मै हुँ’ भन्ने विभिन्न पन्थी मधेसी दलहरू यस निर्वाचनमा सर्वा· उत्तानो परेको पाइयो । विभिन्न राजनीतिक दलहरूको ‘मै हुँ’ भन्ने दम्भ यस निर्वाचनमा फु· उडेको अवस्था रहयो ।
संविधानसभाको यस निर्वाचन परिणामतर्फ विचार गर्दा पङ्क्तिकारले विगतमा वीरगंजको एउटा होटलको सभाकक्षमा सम्पन्न भएको एउटा वैचारिक चर्चाको क्रममा पहिलो संविधानसभामा पटक–पटक म्याद थप गर्दा गर्दा पनि किन संविधान लेख्न सकिएन ? भन्ने प्रश्नको जवाफमा एकजना पूर्वसभासद्ले भनेको कुरा स्मरण हुन आएको छ । ती पूर्वसभासद्ले भनेका थिए– “पहिलो संविधानसभामा निर्वाचनद्वारा पुगेका जम्मै सभासद्हरू सदैव उन्मादको अवस्थामा रहेका हुनाले देशका लागि अपरिहार्य रहेको लोकतान्त्रिक संविधान लेख्न सकिएन ।” उन्मादको शाब्दिक अर्थ हुन्छ– मादक नशा । विगतको संविधानसभाका सभासद्हरूको कामकारबाईलाई हेर्ने हो भने उनीहरूको त्यस संविधानसभाको पूर्णकालको मूल्याड्ढन गर्ने हो भने वास्तवमा उनीहरू मादक नशामा लट्ठिएको अवस्थामा रहेका थिए । कोही जनयुद्ध गरेर आएको उन्मादमा, कोही नेपालको सबैभन्दा पुरानो दल हुँ भन्ने उन्मादमा, कोही सर्वहार वर्गको मसिहा हुँ भन्ने उन्मादमा त कोही मधेसवादी मसिहा हुँ भन्ने उन्मादमा लट्ठिएको अवस्थामा उद्भ्रान्त रहेका कारणले नै संविधानलेखन सफल हुन नसकेको हो भन्ने प्रस्ट हुन्छ । नेपाली जनमानसले यो तथ्यलाई ह्दयस्थ गरेर यस निर्वाचनमा विभिन्न राजनीतिक दलहरूलाई सो उन्मादबाट बिउँझाउनका लागि यस प्रकारको जोडदार झट्का दिएका हुन् कि जस्तो लाग्दछ । नेपाली जनमानसको यस प्रकारको झट्काले निकट भविष्यमा नेपाली राजनीतिक दलहरू अवश्य पनि चेत्ने छन् तथा जनमानसको सद्भावनालाई ह्दय·म गरेर दायाँ बायाँ कतै नहेरी देशका लागि परम आवश्यक र अपरिहार्य रहेको संविधानलेखनको कार्यमा अर्जुनदृष्टि राखेर दत्तचित्त भई लाग्ने छन् भन्ने आशा गरौं ।
रामचरित मानसमा तुलसीदासजीले लेख्नुभएको एउटा चौपाइ यहाँ सान्दर्भिक हुनेछ– कोउ नृप होउ हमहि का हानि । चेरि छाडि अब होब कि रानी । कुनै पनि राजनीतिक दलको सरकार बने पनि साधारण जनमानसलाई कुनै पनि प्रकारको लाभहानि हुनेवाला छैन । जम्मैले काम गरेर मात्र आफ्नो वृत्ति आर्जन गरेर भोग गर्न पाउँछन् । जस्तो प्रकारको सुशासन वा कुशासन भएपनि काम नगरेर माम पाइँदैन । जनताले निर्भय र निर्बाधरूपमा शान्तिपूर्ण वातावरणमा आफ्नो दायित्व निर्वहन गर्न पाउनुपर्दछ । मौलिक कर्तव्य र हकको पूर्ण उपभोग गर्न पाउनुपर्दछ, जुन केवल स्पष्ट राष्ट्रिय कानुन अर्थात् देशको माटो सुहाउँदो मौलिक संविधानको सुनिश्चितताले मात्र सम्भव हुन्छ । यसैका लागि नेपाली जनमानसले आकुल व्याकुल भएर संविधानसभाको निर्वाचनमा स्वत:स्फूर्तरूपमा जोश र जाँगरका साथ भाग लिएर सफलतापूर्वक सम्पन्न गराएर शुभ बिहानीको प्रकाशमय किरणको आलोकमा बडो टीठलाग्दो नजरका साथ आशपूर्ण अपेक्षामा प्रतीक्षारत छन् । नेपालले नयाँ संविधान पाउने नै छ भन्ने आशा गरौं ।