प्रस, वीरगंज, १४ मङ्सिर/
सीमावर्ती नेपाली शहर वीरगंजमा आधा दशकपछि भारु रुपैयाँको अवमूल्यन भएको छ । आधा दशकसम्म नेपाली रुपैयाँको अवमूल्यन भएर १६० नेरुको १०० भारु हुनुपर्नेमा प्रतिसैकडा ८ रुपैयाँसम्म बट्टा तिरेर भारु लिनुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य संविधानसभा निर्वाचनलगत्तै हटेको छ ।
कारोबारीहरूले भारु रुपैयाँको अवमूल्यन भएको बताएका छन् । अवमूल्यन हुनुको दुई प्रमुख कारणमध्ये पहिलो सुनको कारोबार र दोस्रो हुन्डीको कारोबार रहेको व्यवसायीहरूले बताएका छन् । भारतमा सुनको भन्सारदर वृद्धि भएपछि नेपालबाट भारततर्फ सुन तस्करी बढेको र दिल्लीमा हुन्डीको दर महँगो भएपछि नेपाली व्यापारीहरूले स्रोत नखुल्ने रकम हुन्डीमार्फत् दिल्ली पठाउन छाडेपछि भारुको सञ्चय बढेको र माग घटेपछि बजारमा भारतीय रुपैयाँको अवमूल्यन भएको हो ।
अहिले सुन कानुनीरूपमा दैनिक २० किलो नेपाल भित्रिने भएपनि गैरकानुनीरूपमा ठूलो परिमाणमा चीनबाट नेपाल आउने र भारत जाने क्रम बढेसँगै भारतीय रुपैयाँ नेपाल भित्रिएपछि भारुको अभाव हटेको हो । व्यवसायीहरूले हालका दिनमा नेरु १५५ मा भारु १०० प्राप्त भइरहेको बताएका छन् । यसको पुष्टि आधिकारिकरूपमा हुन सकेको छैन ।े
भारतीय रुपैयाँको माग अहिले बजारमा कम भएको कारण राष्ट्र बैंकमा लामबद्ध भएर भारु लिनेहरूको सङ्ख्या ह्वात्तै घटेको छ । व्यापारीकै अनुसार विगतमा दैनिक रु. ५ करोडदेखि ५० करोडसम्म दिल्ली हुन्डीमार्फत् रकम जाने गरेको थियो । अहिले रकम वीरगंजबाट चीन सीधैं हुन्डीमार्फत् जाने गरेको छ । वीरगंजमा एक दर्जनको हाराहारीमा हुन्डीका कारोबारीहरू सक्रिय छन् ।