–कुमार रुपाखेती
आफ्नै पार्टीसँग लडाइँ गरी बल्लबल्ल टिकट पाएका संविधानसभा निर्वाचनका उम्मेदवारहरूलाई भ्याइनभ्याइ छ । टिकट फुत्काएर पनि चुनाव जित्न ‘फलामको च्युरा’ चपाउनुपर्ने अवस्था सिर्जना भएको छ । पर्सा क्षेत्र नं. १ मा पचासभन्दा बढी प्रतिस्पर्धी उम्मेदवारहरू मैदानमा छन् । जसमध्ये धेरैको ‘लोटियागोल’ भइसकेको छ । त्यत्तिकै पनि पर्सा क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा त्यसै पनि चर्चित र चर्चामा रहन्छ । किनभने यहाँ आचारसंहिता उम्मेदवार र पार्टीले मात्र नभई बेसरोकारवालाहरूले समेत उल्लङ्घन गर्ने गरेका छन् । यहाँ उम्मेदवारको प्रचारप्रसारमा हाकाहाकी आचारसंहिता उल्लङ्घन गर्दै कर्मचारी, पत्रकार, सङ्घसंस्थाका सदस्यहरू तथा सार्वजनिक पदमा आसीन रहेकाहरू घुमिरहेका देखिन्छन् । बिहान चिया कफी हाउसमा गफिने यिनीहरू बेलुकीपख मदिरालयमा बकम्फुसे कुरा गर्दै मध्यरात पारिदिन्छन् । कसैकसैले त कार्यालय र आफ्नो लेखहरूमा समेत खुलेआम पक्षपातपूर्ण समाचार सम्प्रेषण गर्दछन् । आफ्नो कार्यालयमा समेत चुनावी प्रचारप्रसार गर्नेहरूको यहाँ कुनै कमी छैन । अनि आचारसंहिता उल्लङ्घन गर्दै साम, दाम, दण्ड, भेद प्रयोग गरी उम्मेदवार बनेकाहरूले यस्ता बेह्या र बेबिचारीहरूलाई लगाम कस्न सक्ने कुरै भएन । भारतको बिहारको रोग यहाँ सरेको छ । भारतमा भैंm यहाँ प्रत्येक गल्लीमा स्वयंघोषित नेताहरू भेटिन्छन् । बेफ्वाँक र बेवकुफीपूर्ण कुरा गर्न यिनले महारत नै प्राप्त गरेका हुन्छन् ।
यस्तै एउटा बज्रस्वाँठसँग मेरो अस्ति माईस्थान बूक स्टलअगाडि जम्काभेट भयो । बज्रस्वाँठ (शायद उनी पत्रकार हुन् क्यारे)सँगै रहेका एकजनाले मलाई प्रजातन्त्रवादीलाई मत दिन आग्रह गरे । मैले नाइँ भनिदिएँ, अर्थात् दिन्नँ भने । बज्रस्वाँठले बिस्तारै कसैले नसुन्ने गरी फुसफुसायो– बालुवामा पानी हालेर फाइदा छैन । सबैलाई थाहै छ अहिले उम्मेदवार बन्ने सबै प्रजातन्त्रवादी हुन् । प्रजातन्त्र कसैको बाउको पेवा होइन । स्मरण रहोस् प्रजातन्त्रवादीलाई मत देऊ भन्ने बज्रस्वाँठ साम्प्रदायिक मान्छे हो, दिनभरि प्रजातन्त्रवादी र अँध्यारोमा ऊ जातिवादी हो । मलाई थाहा छ, ऊ प्रजातन्त्र–प्रजातन्त्र भन्छ र सम्प्रदाय विशेषलाई मत दिन्छ । यस्ता तीन–पाँच गर्नेहरूले झन् बढी आचारसंहिता उल्लङ्घन गर्छन् । यस्ता अल्लारेहरूको कुरा छोडौं र चुनावी मूल मुद्दामा प्रवेश गरौं ।
पर्सा क्षेत्र नं. १ नेपालको प्रवेशद्वार हो, औद्योगिक नगरी हो । यहाँ तस्करहरूको समेत त्यत्तिकै बोलबाला रहन्छ । यहाँको निर्वाचनमा ढोके, छाते, खातेपातेहरूको समेत महत्त्वपूर्ण भूमिका रहन्छ । यस्ताहरूको अत्यधिक चलखेलले गर्दा निर्वाचनमा प्रभावकारी भूमिका खेल्ने बौद्धिक जमात निर्वाचनरूपी मैदानको बाहिरबाटै रमिता हेरिरहन्छन् ।
यहाँका अधिकांश उम्मेदवारहरूको रोजाइ पनि बौद्धिक जमातभन्दा हावीजावी गर्नेहरूतर्फ रहन्छ । जसले गर्दा यहाँ कहिलेकाहीं कल्पना गरेको भन्दा बाहिरको परिणाम आउँछ । यसअघि कसैले सोचेको थियो कि विमल श्रीवास्तव र राजेन्द्रबहादुर अमात्यजस्ता हस्तीलाई पाखा लगाउँदै करिमा बेगम अगाडि आउँछिन् । पुच्छरले कुकुर हल्लाउन थालेपछि यस्तो अकल्पनीय परिणाम आउँछ भन्ने हेक्का अझै धेरैमा छैन ।
तर अचेल मतदाता सचेत छन् । जुझारु, सङ्घर्षशील, संविधानप्रेमी, विकासप्रेमी उम्मेदवारले यसपटक बाजी मार्ने पक्कापक्की देखिन्छ । समय परिवर्तनसँगै निर्वाचनमा जन्मिने बज्रस्वाँठहरू क्रमश: बढारिंदै जानेछन्, यसपटक नेपाली जनताले नयाँ संविधान नयाँ नेपाल पाउने–देख्ने सौभाग्य प्राप्त गर्नेछन भनी आशा गरौं । अस्तु १