नेपालमा विद्यालय बन्द नौलो होइन । हामीले दिनहुँ सुनिरहेको समाचारमा यो समाचार पनि निरन्तर आइरहन्छ । विगत एक दुई वर्षदेखि यो समाचारमा कमी आए पनि अङ्ग्ेरजी नयाँ वर्षको शुरुआतदेखि नै यो सम्स्याले विद्यालयमा अध्ययनरत बालबालिकादेखि अभिभावक समेतले सास्ती भोग्दै आइरहेका छन् । नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग पाठ्यक्रम माहाशाखाले कम्तिमा पनि विद्यालयमा २२० दिन पठनपाठन हुनुपर्ने बाध्यता राखेको छ तर यसै प्रकार बन्द–हडताल हुने हो र त्यसको सबैभन्दा बढी असर विद्यालयहरूमा पर्ने हो भने २२० दिन विद्यालय खुला रहन सक्दैन र बालबालिकामा, जसलाई हामी भोलिका कर्णधार भन्दछौं, न्यूनतम सिकाइ उपलब्धि पनि हासील गर्ने अवस्था नआउन सक्छ । नेपालमा जब जब राजनैतिक उथलपुथल हुन्छ, सबभन्दा बढी प्रभाव शिक्षण संस्थामा नै पर्दछ । राजनीति निरन्तर चलिरहने प्रक्रिया भएकोले यसबाट शिक्षण संस्थाहरूलाई विगतका दिनहरूमा विभिन्न अधिकारवादी सङ्घसंस्थाहरूको पहलमा सशस्त्र गतिविधि र अन्य हिंसाबाट मुक्त राख्न, विद्यालयलाई दलगत राजनीतिक तथा अन्य हस्तक्षेप बाट मुक्त राख्न, विद्यालयमा भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्न, अधिकार उल्लङ्घनमा अनुगमन र सम्बोधन गर्न तथा संस्थागत प्रणाली स्थापना गर्ने मान्यताको आधारमा तथा अन्तर्राष्ट्रिय कानुन र प्रयोगको आधारमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरियो र त्यसको लागि २०६८ सालमा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका जारी पनि भइसकेको छ । तर पनि यसको प्राभावकारिता महसुस भएको देखिंदैन, न सरकारले यसको प्रचारप्रसारको लागि प्रयास गरेको देखिन्छ । यो अभियान राजनैतिकरूपमा कमजोर देशहरू र गृह युद्धमा जाकिएका देशहरूमा विभिन्न समयमा सफलता साथ लागू भएको पाइन्छ । १९८५ मा एल साल्भाडोरमा तीन दिनको लागि युद्ध स्थगित भएको थियो । त्यस बेला २० हजार स्वास्थ्यकर्मीले २ लाख ५० हजार बालबालिकालाई पोलियो थोपा खुवाउने, दादुरा, टिटनसको सुई आदिको सेवा पुर्याइएका थिए । यो प्रक्रिया पछि हरेक वर्ष जारी रहयो । १९८६ : लेबनानमा सरकार र विद्रोहीबीच युद्ध स्थगन गरी बालबालिकाको स्वास्थ्य र शिक्षा सेवालाई निरन्तरता दिने सम्झौता भई त्यसको पालना भएको थियो । १९८८ : अफगानिस्तानमा त्यहाँका मुजाहिद्दिन विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा बालबालिकालाई सेवा दिने व्यक्तिलाई निर्वाध प्रवेश दिने घोषणा गरिएको थियो ।
१९९० : श्रीलड्ढामा सैनिकहरूले विद्यालयलाई सैनिक घेरामा नपार्ने, विद्यालयमा क्याम्प नराख्ने, विद्यालय जाने बाटोमा
तारबार नलगाउने र सैनिक
कारबाईमा सबैभन्दा पहिले बालबालिकालाई जोगाउने प्रतिबद्धता जारी र कार्यान्वयन । २००५ : फिलिपिन्सले विद्यालय शान्ति क्षेत्रलाई बालबालिकाको विशेष संरक्षण सम्बन्धी कानुनमा राखेको थियो ।
यस्तै किसिमले निरन्तर शैक्षिक संस्थाहरूमा हडताल हुँदै जाने हो भने यसबाट केही पाउनुको साटो हामीले धेरै मूल्य चुकाउनुपर्ने देखिन्छ । यस्ता प्रकारको विरोधको माध्यमले विद्यार्थीहरूमा निम्न किसिमको नकारात्मक असरहरू पर्न सक्छ ।
– यसरी विद्यालय बन्द हुने काम जारी रहयो भने समस्या समाधानको एक मात्र उपाय बन्द नै हो भन्ने कुरा विद्यार्थीहरूले सिक्न सक्छन् र उनीहरू वयस्क भएपछि पनि यो प्रक्रियाले निरन्तरता पाउन सक्छ र देशमा बन्द हडताल संस्थागत हुन्छ ।
– यस्तो प्रकारको बन्दले बालबालिकाहरूमा बन्दकर्ताप्रति नकारात्मक अवधारणाको विकास हुन्छ जसले गर्दा अरूको काममा अविश्वास गर्ने बानीको विकास हुन्छ ।
– यसले बालबालिकाहरूमा जसले जुन बेला जे गर्दा हुन्छ भन्ने भावनाको विकास हुन्छ जसले बालबालिकाहरूलाई अनुशासनहीन बनाउँछ ।
– बन्द हडतालले समयमा कोर्स पूरा नहुने र समयमैं परीक्षा लिइने भएकोले विद्यार्थीमा सुगा रटान बानीको विकास हुन्छ जसले दक्ष जनशक्ति उत्पादनलाई निरुत्साहित पार्छ र अरूप्रति निर्भर हुनु पर्ने अवस्था रहि नै रहन्छ ।
– बालबालिकाहरू कुलतमा लाग्ने सम्भावना हुन्छ साथै शिक्षाप्रति अरुचि बढ्ने जस्तो भयावह परिस्थितिको सृजना हुन सक्छ जसको परिणामास्वरूप बालबालिकाहरू भोलिका कर्णधार हुन् भन्ने भनाइ नारामा मात्र सीमित हुनेछ ।
तसर्थ विद्यालय बन्दकर्ताहरूका बालबालिका पनि विद्यालयमा अध्ययनरत हुने हुँदा विद्यालय बन्द गर्नुको सट्टा वैकल्पिक उपाय अपनाउँदा यसले व्यतिm, परिवार, समाज र राज्यलाई अधिकतम फाइदा पुर्याउँछ ।
– मुनीलाल बैठा