प्रस, वीरगंज, १३ मङ्सिर/
प्रेस चौतारी, पर्साले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका सहभागी वक्ताहरूले संविधान निर्माणका साथै जनतालाई दिएका विकासका वाचाहरू प्रतिबद्ध भएर पूरा गर्न सुझाव दिएका छन् ।
स्थानीय होटल मकालुमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मध्यमाञ्चल संयोजक महेश दासले निर्वाचित भएसँगै जिम्मेवारी थप भएकोले जनतालाई दिएका वाचाहरू पूरा गर्न सुझाव दिए । उनले एमाले पार्टीको घोषणापत्र र क्षेत्रमा जनतालाई दिएको आश्वासन पूरा गरेको खण्डमा आगामी दिनमा विजयी उम्मेदवारहरूलाई सहज हुने बताए । उनले विगतका दिनमा आश्वासन पूरा नगरेर जनताको मन दुखाउने कार्य भएकोले नयाँ अनुहारहरूले मौका पाएको बताउँदै मौका उपयोग गर्न पनि सुझाव दिए ।
प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले जनतालाई दिएका आश्वासनहरूमध्ये पहिलो जिम्मेवारी संविधान निर्माण र त्यससँगै विकासका कार्यलाई प्राथमिकता दिन सुझाव दिए । निर्वाचित भएसँगै जिम्मेवारी थपिएको र थपिएका जिम्मेवारी निर्वाह गर्ने कार्य पनि कठिन भएकोले विजयी उम्मेदवारहरूले प्रतिबद्ध भएर जनहितमा कार्य गरी लोकप्रियता कमाउन आग्रह गरे ।
एमाले पार्टीबाट पर्सा क्षेत्र नं. २, ३ र ५ बाट निर्वाचित सभासद्हरू क्रमश: विचारी यादव, राजकुमार गुप्ता र जयप्रकाश महतो थारूलाई कार्यक्रममा फूलमाला र अबीर लगाएर सम्मान गरिएको थियो ।
त्यसैगरी संविधान लेख्नका लागि विजयी सभासद्हरूलाई दुई–दुई थान कलम पत्रकार महेश दास, केसी लामिछाने र श्याम बन्जाराले प्रदान गरेका थिए ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य रामचन्द्र साह, जिल्ला संयोजक चिरञ्जीवी आचार्यले जितलाई जिम्मेवारीको रूपमा लिएर एमालेको पक्षमा कार्य गर्न आग्रह गरे । उनीहरूले पर्साको इतिहासमा पहिलोचोटी एमाले पार्टीको बहुमत सदस्य निर्वाचित भएकोले जनभावना अनुरूप काम गर्न सुझाव दिए । पहिलेका सभासद्हरूले जनभावना अनुरूप कार्य नगरेका हुनाले जनताले एमालेलाई विश्वास गरेको हुँदा विश्वासलाई कायम राख्नेगरी कार्य गर्न बताए ।
निर्वाचित सभासद्हरू विचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारूले संविधान लेखनलाई पहिलो प्राथमिकता दिने र क्षेत्रको विकाससँगै जिल्लाको विकासमा प्रभावकारी भूमिका खेल्ने बताए । उनीहरूले एमाले पार्टीबाट विजयी भएको हुँदा पार्टीको विधान र क्षेत्रमा आम जनतासँग गरिएका वचनबद्धता अक्षरश: पालना गर्नतर्फ आफ्नो इमानदार प्रयास रहने प्रतिबद्धता जनाएका थिए । निर्वाचित सभासद्मध्ये विचारी यादव र राजकुमार गुप्ताले नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको भवन निर्माणको लागि आवश्यक निर्माण सामग्री सहयोग गर्ने घोषणा गरेका थिए भने जयप्रकाश यादवले आफ्नो सबै काम समितिमार्फत् गरिने र सो समितिले अनुमोदन गरेको खण्डमा महासङ्घमा सहयोग गर्ने आश्वासन दिए ।
थारूले पहिलो प्राथमिकता क्षेत्रका जनताको विकासलाई दिने र त्यसपछि थप अन्यलाई सहयोग गर्ने प्रस्ट्याएका थिए । प्रेस चौतारी, पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष केसी लामिछाने, उपाध्यक्ष धु्रव साह, पूर्वअध्यक्ष दिपेन्द्र चौहान, पर्साका प्रजिअ कैलाशकुमार बजिमय, अरविन्द सिंहलगायतले नवनिर्वाचित सभासद्हरूलाई बधाई दिएका थिए । अनुप तिवारीले सञ्चालन गरेको कार्यक्रममा जितेन्द्र साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।