मुलुकमा गणतन्त्र स्थापना भए पनि हामी नेपाली दासत्व जीवनबाट मुक्त हुन सकेका छैनौं । प्राचीनकालदेखि हामी नेपाली रैती/दास नै भएका छौं ।
विश्व इतिहासमा दुई राष्ट्रले मात्र कसैको अस्तित्व स्वीकारेको छैन– नेपाल र थाइल्यान्ड । यो थाहा पाउँदा वीर पुर्खामाथि गर्व र जन्मभूमिप्रति कृतज्ञ हुन्छु । आज स्वाभिमान राष्ट्रको दुर्दशा देखेर देशका अगुवाप्रति घृणा उत्पन्न हुन्छ । स्वाभिमानी राष्ट्रका नेताहरू विदेशीको इशारामा राष्ट्र सञ्चालन गरी देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् । विदेशीको नोकर भएर निमुखा नेपाली जनतालाई पनि गुलाम बनाउन लागिपरेका छन् ।
देशमा गरिबी, महँगी, बेरोजगारी, र भ्रष्टाचार बढेको छ । दैनिक सयौं युवा रोजगारका लागि खाडी मुलुक पलायन भइरहेका छन् तर पनि सरकार, राष्ट्रका अगुवाहरू यस विकराल समस्याप्रति ध्यान दिइरहेका छैनन् । के हामी नेपाली दासत्व जीवन जिउन जन्मेका हौं ? राष्ट्रको अर्थतन्त्र अनुदान तथा रेमिटान्सबाट चलिरहेको छ । दिन र रात एक गरी आर्जन गरेको पैसाबाट मुलुक चलिरहेको छ ।
दासत्व जीवनबाट मुक्ति पाउन परिवर्तन नभएको होइन । गणतन्त्र स्थापना भएपनि गणतन्त्रको अनुभूतिसमेत नेपालीले गर्न पाएको छैन । हिजो पनि हामी दास थियौं, आज पनि छौं र भोलि पनि दास नै रहन्छौं ।
दोस्रोपटक मुलुकको भाग्य लेख्ने प्रयास संविधानसभा निर्वाचनबाट गरिंदैछ । राष्ट्रिय सहमतिमा निर्वाचन गरे यसले सार्थक परिमाण दिन्छ तर एउटा शक्तिलाई बाहिर राखेर सार्थक परिणाम पाउन सकिन्न ।
विदेशी प्रभुले जे निर्देशन दिन्छ आज्ञाकारी शिष्य जस्तै नेताहरूले पालना गर्छन् । दलका नेताहरूले झूटो वाचा गरी मतदातालाई भ्रमित पारिरहेका छन् ।
हामीसँग पर्याप्त मात्रामा जनशक्ति, प्राकृतिक स्रोत र साधन छ तर पनि हाम्रो गणना विश्वको सबैभन्दा गरिब राष्ट्रको पङ्क्तिमा हुन्छ । यसको प्रमुख कारण हामी दास मनस्थितिबाट ग्रसित छौं । पढेलेखेका युवाको पहिलो रोजाइ युरोपेली मुलुक र अमेरिका बन्न पुगेको छ । युवाशक्ति विदेश पलायन भए राष्ट्र कसले बनाउँछ ? हामीलाई थाहा छ, तिनीहरू विदेश पुगेर दासत्व जीवन जिउँछन् । नेपाली मनोकाङ्क्षाबाट राष्ट्र सञ्चालन गरे नेपाली स्वाभिमानको रक्षा हुनसक्छ । अत: आगामी संविधानसभा निर्वाचनमा उम्मेदवारको भेषमा देखा परेका विदेशी दलालहरूलाई पराजयको नमीठो स्वाद चखाएनौं भने हामी युगानुयुगसम्म परिस्थितिको दास बनिरहने छौं ।
– नीरजकुमार गुप्ता
वीरगंज