प्रस, रौतहट, १४ मङ्सिर/
नेपाली काङ्ग्रेसको किल्लाको रूपमा चिनिएको यहाँको दुई नम्बर क्षेत्रमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले जित हासिल गरेपछि काङ्ग्रेसका कार्यकर्ताहरूमा निराशा छाएको छ ।
क्षेत्र नं. २ मा फोरम लोकतान्त्रिकका मोहम्मद मुस्ताक राजा विजयी भएका छन् । २००७ सालदेखि नेता शेष इद्रिस निर्वाचित हुँदै आएको सो क्षेत्रमा उनको निधनपश्चात् भतिजा मोहम्मद आफताब आलम निर्वाचित हुँदै आएपछि सो क्षेत्र काङ्ग्रेसको किल्लाको रूपमा परिणत भएको थियो ।
काकाको प्रभावले नै काङ्ग्रेस मजबुत भएको सो क्षेत्रमा विगतको निर्वाचनसम्म आलमले पनि जित हासिल गरेर साख जोगाएकोमा काङ्ग्रेसमा उत्साह बढेको थियो ।
काङ्ग्रेसभित्रको अन्तर्घात र चुनावी रणनीतिमा पार्टीको जिल्ला नेतृत्वको कमीकमजोरीले पराजय भोग्नुपरेपछि काङ्ग्रेस वृत्तमा अहिले निराशा देखिन्छ ।
क्षेत्र नं. १ मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी हँुदै आएपनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले सो क्षेत्र छाडेपछि उनी सो क्षेत्रबाट पराजित भएका थिए । यसपालि क्षेत्र नं. १ बाटै नेता नेपालले उम्मेदवारी दिएपछि सो क्षेत्रबाट उनी निर्वाचित भएका छन् ।
क्षेत्र नं. ३ मा एमाओवादीले पुन: जित हासिल गरेको छ । क्षेत्र नं. ४ नेपाली काङ्ग्रेसको क्षेत्र मानिए पनि एमाओवादी विजयी भएको छ ।
गोविन्द चौधरीको क्षेत्र मानिने क्षेत्र नं. ५ मा यसपटक नेपाली काङ्ग्रेसका उम्मेदवार जीतेन्द्र यादव निर्वाचित भएपछि जिल्लामा काङ्ग्रेसको साख जोगिएको छ । क्षेत्र नं. ६ मा पटक–पटक फेरिएर निर्वाचित हुने गरेको छ । यसपटक सो क्षेत्रमा एमाले निर्वाचित भएको छ ।