- शीतलप्रसाद महतो
झन्डै एक दशकअघिसम्म सञ्चारकर्मीहरूले एचआईभी सङ्क्रमितहरूलाई भेट्न खोज्दा तर्सिने अवस्था थियो । न त सञ्चारमाध्यमले एचआईभी विषयलाई चासो, खोजी, रिपोर्टिङ वा ‘एक्सक्ल्युसिभ’ समाचार बन्छ भन्ने कुरा सोच्न सक्थ्यो । प्रकाशित वा प्रसारित समाचार पनि सङ्क्रमितलाई थप पीडा पुग्ने, समाजमा थप घृणा फैलाउने खालका हुन्थे । एचआईभी डरलाग्दो, प्राणघातक र कहिल्यै निको नहुने रोग तथा नराम्रो काम गर्नेलाई मात्र लाग्छ भन्ने आम बुझाइ थियो । तर अचेल यसमा ठूलो परिवर्तन आएको छ । एचआईभी र एड्सलाई हेर्ने दृष्टिकोणमा अग्रगामी परिवर्तन आएको छ ।
यतिखेर आम सञ्चारमाध्यमका लागि यो चासो र खोजीको विषय बन्न पुगेको छ । प्राय:जसो सधैं सानातिना समाचार, कहिलेकाहीँ मुख्य र विशेष प्राथमिकताका समाचार, आलेख समाचार, खोजमूलक र अनुसन्धानमूलक समाचार, सम्पादकीय तथा विस्तृतरूपमा लेखहरू प्रकाशित तथा प्रसारित हुनुले पनि यो कुराको पुष्टि गरेको छ । सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित भएका यस्ता समाचारका कारण कतिपय सङ्क्रमितहरूले सेवा, सुविधा, सहारा र सहयोगसमेत पाएका छन् । त्यसैले अब एचआईभी र एड्सको मुद्दा विगतमा चित्रण गरिएको जस्तो रहेन । यो एउटा आर्थिक, सामाजिक र सांस्कृतिक लगायतका बहुआयमिक पक्षहरूसँग अभिन्नरूपमा गाँसिएको मुद्दा हो भन्ने बुझाइ आम सञ्चारमाध्यम र सरोकारवालाको भएको छ । विगतमा घटनाप्रधान समाचार सम्प्रेषित हुने गरेकोमा अचेल सङ्क्रमितहरूको अधिकार, सामाजिक, आर्थिक र सांस्कृतिक समस्यासित जोडिएका अन्तरसम्बन्धलाई सञ्चारमाध्यमले प्राथमिकता दिन थालेको छ ।
विश्वका एचआईभी र एड्सको इतिहासलाई केलाएर हेर्ने हो भने गरिब मुलुकहरूमा यसको सङ्क्रमण दर बढ्दो छ । नेपालमा पनि एचआईभीको सङ्क्रमण दर बढ्नुका मुख्य कारण गरिबीलाई चित्रण गरिएको छ । एउटा सशक्त र महत्त्वपूर्ण कारण गरिबी रहे पनि यो मात्र एड्स उत्पत्तिको कारक भने होइन, नेपालको सामाजिक–आर्थिक परिस्थिति, शिक्षाबाट वञ्चित रहेको अवस्था, चेतनाको अभाव, वैदेशिक रोजगारीमा जाने दरमा वृद्वि, असुरक्षित यौन सम्पर्क, छाला छेड्ने अप्रशोधित सुईको अत्यधिक प्रयोग र द्वन्द्व यस सङ्क्रमणका प्रमुख कारक तत्त्वको रूपमा रहेका छन् । एचआईभी र एड्स रोकथाम गर्ने एकमात्र सुरक्षित र भरपर्दो उपाय कन्डमको प्रयोग गर्नु हो भन्ने प्रचारबाजी व्यापक छ । केही हदसम्म यो सत्य पनि हो । कन्डम नयाँ सङ्क्रमण रोक्न महत्त्वपूर्ण भएपनि गरिबी, राजनीतिक र सामाजिक भेदभाव तथा द्वन्द्व आदिले एचआईभी र एड्सलाई बढावा दिएको तथ्यलाई बिर्सन मिल्दैन । एचआईभी र एड्सको बहस एवं पैरबीलाई कन्डम, स्वास्थ्य र चेतना अभिवृद्धिभन्दा माथि गएर हेर्न नसकेका कारण नै यस क्षेत्रमा सोचे जस्तो परिवर्तन आउन नसकेको हो । त्यसैले यस विषयलाई गरिबी, विकास र सुशासनका दृष्टिले पनि हेर्नुपर्दछ भन्ने भावनाको विकास सञ्चारकर्मीहरूमा भएको देखिन्छ ।
लागूऔषध दुव्र्यसन, जोखिमपूर्ण व्यवहार तथा असुरक्षित यौन सम्पर्कका कारण नेपालमा एचआईभी सङ्क्रमण दर बढिरहेको छ । यसको रोकथामका लागि सञ्चालित कार्यक्रम पुरुष र महिला यौनकर्मी, उनीहरूका ग्राहक, सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने दुव्र्यसनी र उनीहरूका यौन सहकर्मीप्रति केन्द्रित रहेको पाइन्छ । तर मजदुरीका लागि भारत र तेस्रो मुलुक जान बाध्य ग्रामीण क्षेत्रका अधिकांश युवा र निरक्षर गृहिणीको घरआँगनमा सुरक्षित यौन व्यवहार र कन्डम प्रयोगको पहुँच पुर्याउने कार्यमा बढी केन्द्रित हुन सकेको देखिएको छैन । गरिबी र आन्तरिक द्वन्द्वबाट विस्थापनमा परेकाहरूले ज्यान पाल्नैका लागि यौन पेशा अँगाल्न बाध्य महिला र सोख एवं रमाइलोका लागि यौन सम्पर्कमा आकर्षित देखिएका ठूलो सङ्ख्याका किशोरकिशोरीमा सुरक्षित यौन सम्पर्क र व्यवहार परिवर्तनका कार्यक्रमलाई लक्षित गर्न सकेमा मात्र एचआईभी र एड्सको नियन्त्रण र रोकथाममा सफलता प्राप्त गर्न सकिन्छ । विश्वका प्राय:जसो सबै भू–भाग एचआईभी सङ्क्रमणबाट अछूतो छैन । तर विभिन्न भू–भाग एवं राष्ट्रमा एचआईभी सङ्क्रमणको एउटै कारण कदापि रहन सक्दैन । त्यसैले हामीले पनि हाम्रो देशको परिवेश र कारणमा केन्द्रित रहेर निराकरणका उपायहरू खोज्न सकेमात्र सोचेको जस्तो प्रतिफल प्राप्त हुन्छ ।
हुनत नेपाली सञ्चारमाध्यमले एचआईभी र एड्ससम्बन्धी समाचार सम्प्रेषण गर्न थालेको झन्डै दुई दशक पुग्न थालेको छ । तर तिनले एचआईभी र एड्सलाई कसरी बुझेका छन्, यस सम्बन्धमा सञ्चारमाध्यमको प्रस्तुति कस्तो छ ? यसबारे पर्याप्त अध्ययन, विश्लेषण र अनुसन्धान हुन सकेको छैन । हुन पनि हो, सामाजिक न्याय र समतामूलक समाजको निर्माणमा मात्र होइन, हरेक क्षेत्रमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण छ भन्ने विषय सर्वस्वीकार्य भइसकेको छ । सञ्चारमाध्यमको सकारात्मक प्रयासले सङ्क्रमितहरू समाजमा स्थापित हुन सक्दछ । ऊसँग भइरहेका दुव्र्यवहार र अपहेलनालाई निर्मूल पार्न तथा सेवा, सहयोग उपलब्ध गराइदिने वातावरणको निर्माण गर्नमा पनि सञ्चारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छ । राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा आएको सेवा, सुविधा र सहयोगलाई सहज ढ·बाट सङ्क्रमित र प्रभावितहरू समक्ष पुर्याउने वातावरण बनाइदिने कार्य पनि सञ्चारमाध्यमले गर्नसक्छ । एचआईभी र एड्स क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रममा मौलाएको अपारदर्शिता र अनियमिततालाई हटाउनुका साथै यसप्रति आम मानिसमा रहेको परम्परागत बुझाइ र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याइ एचआईभी र एड्सको नियन्त्रण तथा रोकथामका लागि सशक्त जनमत सृजना गर्ने कार्यमा पनि सञ्चारमाध्यमले अग्रणी भूमिका निर्वाह गर्न सक्छ । तर यसका लागि सञ्चारकर्मीहरूले एचआईभी र एड्सको विषयलाई अत्यन्त गहन र गम्भीररूपमा बुझ्नुपर्ने हुन्छ । किनभने एउटा समाचारले कुनै व्यक्तिलाई थप पीडा, हेला, तिरस्कार र दुव्र्यवहार हुनसक्छ र त्यसले त्यो तिरस्कारलाई सहन नसकेर आत्महत्यासमेत गर्न सक्ने अवस्था सृजना हुनसक्छ । त्यसैले सञ्चारकर्मीहरूले एचआईभीको विषयलाई जति गहन र गम्भीररूपमा बुझ्न सक्छ, उनीहरूको समाचारको प्रभाव पनि त्यसैमा निर्भर रहन्छ ।
एचआईभी र एड्ससम्बन्धी रिपोर्टिङ गर्दा एकातिर भरपर्दो स्रोत तथा तथ्याड्ढको अभाव, विषयवस्तुको जटिलता र बहुआयामिक अन्तरसम्बन्धले सृजना गर्ने अप्ठ्यारा रहन्छ भने अर्कोतिर एचआईभी सङ्क्रमितहरूको कुरा ल्याउन सार्है अप्ठ्यारो र चुनौतीपूर्ण कार्य छ । त्यस्तै सङ्क्रमितहरूको नाम सार्वजनिक गर्दा समेत उत्तिकै कठिनाइ उत्पन्न हुन्छ भने नाम परिवर्तन गरेर समाचार सम्प्रेषण गर्दा त्यसको विश्वसनीयतामा कमी आउन सक्छ । त्यसैले एचआईभी र एड्ससम्बन्धी विषयको रिपोर्टिङ गर्दा निकै सजग र संवेदनशील हुनुपर्छ । हुनत समाचार तयार गर्दा सत्य, तथ्य, यथार्थपरक भएर त्यसमा शुद्धता, सन्तुलन र स्पष्टता हुनु अपरिहार्य आवश्यक छ र त्यसमा पनि एचआईभी र एड्स जस्तो संवेदनशील र बहुआयामिक विषयमा समाचार लेख्दा झनै बढी शुद्धता, सन्तुलन, स्पष्टता र विश्वसनीयताको खाँचो पर्छ । एचआईभी र एड्स बारेमा रिपोर्टिङ गर्दा अर्को अप्ठ्यारो पक्ष भनेको सरल लेखन विधि हो । यो विषय नयाँ र बहुआयामिक भएकाले दिनानुदिन नयाँ तथ्य, शब्दावली तथा विषयवस्तुहरू थपिंदै गइरहेका छन् । त्यसैले यस क्षेत्रमा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूले प्राविधिक शब्दावली, चिकित्सासित सम्बन्धित विषयवस्तु तथा वैज्ञानिक अवधारणा र अनुसन्धानसँग सम्बन्धित तथ्याड्ढहरू आम नागरिकले बुझ्न सक्ने सरल भाषामा प्रस्तुत गर्नुपर्ने चुनौती रहेको छ ।
एचआईभी विशुद्धरूपमा रोगसँग सम्बन्धित विषय होइन, यो त एचआईभी सङ्क्रमितहरूसित जोडर आएका विषय मात्रै हो । यतिखेर एचआईभी विश्व राजनीति, अर्थतन्त्र र विकाससँग गाँसिएको एउटा सशक्त मुद्दा बनेको छ । एचआईभी गरिबी, सामाजिक संरचना, जातीय अवस्था, स्रोत तथा साधनमाथि पहुँचको अवस्था, महिला र पुरुषबीचको शक्ति सम्बन्ध, रोजगारी र शिक्षा जस्ता विषयसँग अन्योन्याश्रित ढ·ले जोडिएको छ । एचआईभी र एड्स एउटा बहुआयामिक विषय हो र यसको नियन्त्रण तथा रोकथामको विषयलाई कुनै एक पक्ष वा एकलरूपमा हेरेर समाचार लेख्न सकिंदैन । कुनै अति विकट गाउँको एचआईभी सङ्क्रमितको सोझो सम्बन्ध अहिले विश्वका प्रमुख धनी राष्ट्रहरूसँग जोडिएको छ । यतिखेर एचआईभीको नाममा भित्रिने सहयोग अधिकारकर्मीहरूका लागि मुख्य चासोको विषय बनेको छ । त्यसैले एचआईभी र एड्सको नियन्त्रण तथा रोकथामका नाममा भित्रिने सहयोग सङ्क्रमितको अगुवाइमा सञ्चालन हुनुपर्ने तथा पारदर्शिता र ठूला राष्ट्रको हस्तक्षेप रोक्नुपर्ने जस्ता कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।
कजष्तबmिबजबतय२नmबष्।िअयm