सिकेन्द्र पासवान, कलैया, १३ मङ्सिर/
एमाले बारा क्षेत्र नं. ४ संविधानसभा निर्वाचनका तत्कालीन उम्मेदवार महमुद आलमको हत्या अभियोगमा पक्राउ परेकाहरूबारे बिहीवारदेखि बारा जिल्ला अदालतमा थुनछेक बहस शुरु भएको छ ।
अदालतको ५ नं इजलासमा पक्राउ परेका पूर्व सभासद् रामचन्द्र प्यासीलगायत भारत अलीगढ जिल्ला भई पर्सा निवासी अशोक श्रीवास्तव भन्ने अतिक खान, भारत बिहारको पूर्वी चम्पारण रक्सौल–४ डंकन रोड बस्ने ईश्वरप्रसाद श्रीवास्तव भन्ने राजु श्रीवास्तवको सम्बन्धमा थुनछेक बहस शुरु भएको अदालतका श्रेस्तादार रोशन कुमार भट्टराईले बताए ।
जाहेरवाला अर्थात् वादी पक्षबाट अधिवक्ताहरू गणेशप्रसाद दाहाल, सन्तोष श्रीवास्तव, महम्मद रफिक मियाँ, एकरामुल हक, मुमताज अहमद र जिल्ला सरकारी न्यायाधिवक्ता गोविन्दप्रसाद उपाध्यायले थुनछेकमा बहस गरेका थिए ।
त्यसैगरी प्रतिवादीमध्ये प्यासीको तर्फबाट अधिवक्ताहरू रमन श्रेष्ठ, वीरेन्द्रप्रसाद यादव, कृष्णमुरारी रौनियार, मनमोहन तिमिल्सिना, ओमप्रकाश केशरी, उमेशप्रसाद जैसवाल, रामचन्द्र सिह, प्रभातचन्द्र दाहाल, सन्तोष कुमार गुप्ता, परमहंस केशरी र योगेन्द्र प्रसाद धानुकले बहस गर्ने सूची रहेकोमा अधिवक्ता श्रेष्ठले मात्र आज बहस गरेका र बाँकी बहस शुक्रवार हुने श्रेस्तादार भट्टराईले बताए । अभियुक्त राजु श्रीवास्तवको तर्फबाट अधिवक्ताहरू प्रभातचन्द्र दाहाल र उमेशप्रसाद गुप्ता साथै अतिक खानका तर्फबाट अधिवक्ता प्रभातचन्द्र दाहाल र उमेशचन्द्र कुशवाहाले बहस गर्ने सुची रहेको श्रेस्तादार भट्टराईले जानकारी गराएका छन् ।
वादी पक्ष र सरकारको तर्फबाट बहस गर्नेहरूले प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दाको थप पुष्टि गर्ने मााग दाबी गरेका छन् भने प्रतिवादीका तर्फबाट अधिवक्ताहरूले अभियुक्तहरूलाई तारेखमा छाडेर अनुसन्धान गर्न माग गरेका छन् ।