क्रोध आएमा मनुष्यको ज्ञान नष्ट हुन्छ । क्रोधाक्रान्त मनुष्यलाई यो थाहा हुँदैन कि उसले के भनिरहेको छ र के गरिरहेको छ ? क्रोधमा आएर अधिकांश मानिसले आफ्नै हानि गरिरहेको हुन्छ । दुई परस्पर विरोधी व्यक्तिहरूमा जो अपेक्षाकृत धेरै शान्त र सन्तुलित रहन्छ, उसैले जित्छ । बुद्धिमान मानिसले आफ्नो शत्रुलाई क्रोधले होइन कि शान्तिले नष्ट गर्छ । क्रोधी व्यक्ति जब एकपटक कसै एकजनासँग क्रुद्ध हुन्छ, तब उसको सन्तुलन यहाँसम्म बिग्रन्छ कि उसले अन्य असम्बन्धित व्यक्तिहरूसँग पनि क्रोधपूर्ण व्यवहार एवं वार्ता गर्न थाल्छ र यस प्रकार उसले आफ्नो अरू विरोधी बनाउँछ ।
क्रोधी व्यक्ति जब कसैमाथि क्रुद्ध भएर उसको केही बिगार्न सक्दैन, तब आपैंmमाथि क्रोध गर्न थाल्छ । यस्तो अवस्थामा क्रोधी व्यक्तिले आपैंmलाई दण्ड दिने र आफ्नै हानि हुने कार्य गर्न थाल्छ । क्रोधले मनुष्यलाई पागलको अवस्थामा पुर्याइदिन्छ । बुद्धिमान एवं मनीषी व्यक्तिलाई क्रोध आए पनि क्रोधको आक्रमण आफूमाथि हुन दिंदैनन् । उसले विवेकको सहारा लिएर त्यस अनिष्टकर आवेगमाथि नियन्त्रण गर्छ र सम्भावित हानिबाट बच्छ ।
प्रचेता एकजना ऋषिका पुत्र थिए । स्वयम् पनि साधक थिए, वेद–वेदा·का ज्ञाता थिए, संयम र नियमपूर्वक रहन्थे । दिन–अनुदिन तप सञ्चय गर्दथे तर उनको स्वभाव एकदमै क्रोधी थियो, यसबाट उनलाई हानि पनि हुन्थ्यो । तर किन हो उनी आफ्नो यस दुर्बलतालाई किन हटाउँदैनथे ? यसको उपेक्षा गरेकै कारण एक लामो साधनाबाट जुन आध्यात्मिक शक्ति प्रचेताले सञ्चय गर्दथे, त्यो कुनै कारणले क्रोध गरेर नष्ट गर्दथे । यसैले साधनामा रत रहेर पनि उनी उन्नतिको नाममा यथास्थानमैं थिए । हुनु यो पथ्र्यो कि आफ्नो प्रगतिको यस अवरोधको कारण खोजेर त्यसलाई हटाउँथे तर उनी स्वयम्माथि यस अप्रगतिले क्रुद्ध रहन्थे । अस्तु, एक मानसिक तनाव रहिरहनाले उनी ससाना कुरामा पनि उत्तेजित हुन्थे ।
एकपटक उनी एक बीथिबाट गइरहेका थिए, त्यसै समयमा अर्कोतिरबाट कल्याणपाद नामक एकजना व्यक्ति आइरहेका थिए । दुवै एकअर्काको सामुन्ने आए, पथ साँघुरो थियो । एकजनाले बाटो नदिएमा अर्को जान सक्ने अवस्था थिएन । तर दुवैजनामध्ये कोही पनि बाटो छोड्न तयार थिएनन् र हठपूर्वक एकअर्काका सम्मुख खडा थिए । केही बेर खडा रहेपछि दुवैजनाले त्यहाँबाट पहिले आफू नहट्ने विषयलाई आफ्नो प्रतिष्ठासँग गाँसे । अब त्यहाँ प्रतिकूल स्थिति उत्पन्न भयो ।
यहाँनिर समस्याको समाधान यो थियो कि जुन व्यक्तिले आफूलाई अर्कोभन्दा अधिक सभ्य, शिष्ट र समझदार ठान्दथ्यो, उसले पहिले बाटो दिएर आफ्नो श्रेष्ठताको प्रमाण पेस गथ्र्यो । निश्चित थियो कि प्रचेता कल्याणपादभन्दा श्रेष्ठ थिए, एक साधक थिए र आध्यात्मिक उन्नतिमा लागेका थिए । कल्याणपाद एक धृष्ट र ढीठ व्यक्ति थिए, यदि यस्तो नभएको भए एक महात्मालाई बाटो दिन्थे नै साथै नमन पनि गर्थे । प्रचेताले यो कुरा बुझ्नुपर्ने थियो तर क्रोधी स्वभावको कारण उनले त्यस्तो गरेनन् र उसैको स्तरमा आएर त्यहाँ अडिग भए । केही बेर त्यहाँ खडा भएपछि प्रचेतालाई क्रोध आयो । उनले कल्याणपादलाई श्राप दिएर कि राक्षस बनोस् । तपको प्रभावले कल्याणपाद राक्षस बने र प्रचेतालाई नै आफ्नो आहार बनाए । क्रोधले विनष्ट प्रभावित प्रचेताले आफ्नो रक्षा गर्न सकेनन् ।
वस्तुत: क्रोध एक प्रकारको मानसिक ज्वरो हो । यसलाई एक विशेष प्रकारको उन्माद भन्न सकिन्छ, जुन चढेपछि मानिसले यो सम्झन्दैन कि विपरीत परिस्थितिसँग जुझ्नको लागि के गर्नुपर्छ ?
जससँग मतभेद भएको होस् वा विवाद भइरहेको होस्, उसमाथि एक्कासि क्रोध भएमा विवाद सुल्झिनुको साटो बढ्दै जान्छ । झगडा गर्नु कसैलाई आफ्नो प्रत्यक्ष शत्रु बनाउनु हो र यस कुराका लागि उत्तेजित गर्नु हो कि उसले पनि बदलामा यस्तै अपमानजनक व्यहार गरोस् । आक्रोश र प्रतिशोधको एक कुचक्र छ, जुन सहजरूपले टुट्दैन ।
क्रोध गरेर अरूलाई कति क्षति पुर्याउन सकिन्छ, दबाब दिएर आफ्नो मर्जी कुन हदसम्म पूरा गर्न सकिन्छ, यो भन्न कठिन छ तर यो निश्चित छ कि क्रोधले आफ्नो रक्त–मांस नष्ट हुनेदेखि लिएर मानसिक सन्तुलन बिग्रने जस्तो धेरै हानि तत्काल हुन्छ । गल्ती कसैको केही पनि किन नहोस्, जब दर्शकले कसैलाई क्रोधित भएको देख्छ, उसैलाई दोषी ठान्छ । जसले आफ्नो शालीनता गुमाइसकेको छ, उसमाथि कसैको पनि सहानुभूति हुँदैन । यस प्रकार क्रोधी व्यक्ति कारण विशेषले उत्तेजित भएर पनि आफूले आपैंmलाई अकारण अपराधी बनाउँछ ।
एकजना दार्शनिकको मत छ,“क्रोधले रक्सीको जस्तै मनुष्यलाई विचार शून्य र शक्तिहीन बनाइदिन्छ । दुर्भाग्य जस्तै यो जसको पछि लाग्छ, त्यसलाई सर्वनाश गरेरै छोड्छ ।”
वैज्ञानिकहरूले क्रोधले पीडित मन:स्थितिको अध्ययन गरेर यो निष्कर्ष निकाले छन् कि पन्ध्र मिनेटको क्रोधले शरीरको जति शक्ति नष्ट हुन्छ, त्यो शक्तिले व्यक्ति नौ घण्टासम्म कडा मेहनत गर्न समर्थ हुन्छ । यसको अतिरिक्त क्रोधले शरीर–सौष्ठवलाई पनि नष्ट गर्छ । भरपूर जवानीमैं बुढयौलीको लक्षण, आँखाको तल छाला कालो हुनु, आँखामा राता रेखाहरूको उद्भव तथा शरीरमा जहाँ–कहीँ नीला नसाहरू देखिनु क्रोधकै परिणाम हो ।
न्यूयोर्कका वैज्ञानिकहरूले मुसामाथि एक प्रयोग गरेका थिए । उनीहरूले क्रोधी मनुष्यको रगतलाई मुसाको शरीरमा चढाइदिए तथा यसको परिणामहरूको अध्ययन गरे । २२ मिनेटपछि नै मुसामा आक्रोशको भाव देखियो र त्यो मुसा मनुष्यलाई टोक्न दौडियो । करिब ३५ मिनेटपछि त्यो मुसाले आपैंmलाई टोक्न शुरू गर्यो र अन्तत: एक घण्टापछि मर्यो ।
क्रोधी स्वभावका आमाहरूको दूध पनि विषाक्त पाइएको छ, यसले बच्चाको पेट दुख्ने समस्या उत्पन्न हुन्छ तथा कहिलेकाहीँ अधिक विषाक्तताको कारणले बच्चाको मृत्युसम्म हुनसक्छ ।
आत्महत्याका घटनाहरू पनि क्रोधले अभिप्रेरित हुन्छन् । अत: क्रोधलाई एक महान् शत्रु ठानेर क्रोधमाथि विजय प्राप्त गर्ने प्रयास गर्नुपर्छ । यसैमा नै मनुष्यको कल्याण छ ।