संविधानसभाको निर्वाचनमा पराजित भएपछि बारा जिल्लास्थित मधेस केन्द्रित दलहरूले चुनाव हार्नुको कारणबारे अन्तक्र्रिया तथा छलफल गरेका छन् । जिल्लाका अगुवा नेताहरूको सहभागितामा आयोजित कार्यक्रमले मधेस केन्द्रित दलहरू विभाजन हुनु नै पराजयको मुख्य कारण भएको ठहर गरेको छ । उनीहरूले मधेसी दल एकताको उद्घोष बारा जिल्लाबाट शुरू गर्ने र त्यसले पार्टीका राष्ट्रिय अध्यक्षहरूलाई समेत पार्टी एकीकरणका लागि दबाब पुग्ने विश्वास लिएका छन् । चुनावमा पराजयपछि जिल्लास्तरमा संयुक्त भेला गरेर मन्थन गरिएको र फुट नै हारको मुख्य कारण हो भन्ने निचोडसहित एकताको खाँचो औंल्याउनेमा मधेसका जिल्लाहरूमध्ये सम्भवत: बारा जिल्ला पहिलो हो । हुनत संविधानसभा चुनावअगावै पनि बारास्थित मधेस केन्द्रित दलहरूको संयुक्त अन्तक्र्रिया भएको थियो । त्यतिबेला पनि उनीहरूले चुनावी कार्यगत एकता तथा तालमेल गरेर जानुपर्नेमा जोड दिएका थिए । सोबारे आआफ्नो पार्टी केन्द्रलाई सुझाव दिने र सुझाव नमाने आफूहरूले जिल्लास्तरमा भएपनि कार्यगत एकता गरेर जाने सल्लाह गरेका थिए । तर त्यो सल्लाह बालुवाको डल्ला सरी फुटेर गयो र कार्यान्वयन हुन सकेन ।
पहिलो संविधानसभा चुनावमा बाराको ६ वटा निर्वाचन क्षेत्रमध्ये मधेस केन्द्रित दलले ३ वटा क्षेत्रमा जित हासिल गरेका थिए । सद्भावना, मजफो नेपाल र तमलोपाले एक/एक सिट हासिल गरेका थिए । अन्य एक क्षेत्र नेपाली काङ्ग्रेस र दुईवटा क्षेत्रमा एमाओवादी विजय भएको थियो । संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा अघिल्लो स्थितिमा निक्कै परिवर्तन भयो । हालै सम्पन्न दोस्रो संविधानसभाको चुनावमा नेपाली काङ्ग्रेसले तीन क्षेत्र र एमालेले तीन क्षेत्रमा जित्न सफल भयो । यद्यपि यसपटक बारामा मधेस केन्द्रित दलहरूले प्राप्त गरेको मत जोड्ने हो भने ६ मध्ये चारवटा क्षेत्रमा मधेस केन्द्रित दलहरूको मत वर्तमान विजयी पार्टीको मतभन्दा निक्कै बढी हुन आउँछ । मधेस केन्द्रित दलहरूले “चुनावी एकता तथा तालमेल गरेर गएको भए जित्न सकिने रहेछ” भन्ने अनुमान यसैको आधारमा गरेको हुनुपर्छ । तर अघिल्लो चुनावमा बाराका तीनवटा क्षेत्र जित्न सफल एमाओवादीले पनि यसपटक जिल्लाबाट हात धुनुपरेको छ । एमाओवादी फुटको असर बारामा खासै परेको छैन । दलभित्रको गुटबन्दीका कारण केही व्यक्तिले पार्टी परिवर्तन गरेको भने देखिन्छ ।
जनमत प्राप्त गर्नका लागि स·ठन, लोकप्रिय उम्मेदवार, जनभावनाअनुरूप पार्टीको नीति तथा कार्यक्रम र नेता– कार्यकर्ताहरूको व्यवहार एवं जीवनशैली हुनुपर्छ । मधेस केन्द्रित दलहरूको फुट र लुट नीति जनताले पचाएका छैनन् । तीन/तीन महिनामा पार्टी फुटाउँदै मन्त्रीको कुर्सी ताक्ने मधेसी नेताहरूलाई मधेसी शहीदको बलिदान र मधेसी जनताको आत्माले यति छिट्टै क्षमा गर्लान् भन्न गाह्रो छ । पार्टी एक भएपनि गुट परस्त, अवसरवादी, सुविधाभोगी चिन्तन, जनतालाई सानो सम्झने नोकरशाही प्रवृत्ति एवं विभिन्न बहानामा ‘जनता फुटाउ राज गर’ को मन्त्र जपिरहने हो भने अब जनता जागिसकेका छन् । पार्टी एकतासँगै जनताको बीचमा भूल सुधार गरेर याचना गर्नुपर्ने हुन्छ । यसका लागि पहिले आत्मसमीक्षाको खाँचो छ । बारालीको सल्लाहलाई मधेसी दलहरूले पटक–पटक लत्याइरहेको परिप्रेक्ष्यमा एकता र सुधारको कामना मात्र गर्न सकिन्छ ।