विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पाउने गरी नेपालले यसपालि जीत हासिल गरेको छ । कुनै पनि कार्यको सफलतम परिणति त्यस क्षेत्रको उच्चतम अवस्थामा पुग्नु हो । विश्वकप क्रिकेटको औपचारिक सुरुआत भएको १७ वर्षपछि नेपालले त्यसमा खेल्ने अवसर पाएको छ । विश्वकपमा खेल्नका लागि आयोजित छनोट प्रतियोगितामा विजय हासिल गरेर नेपाल छानिएको हो । यो छानिनु कसैको कृपाले नभएर नेपाली क्रिकेट खेलाडीहरूको लगन, मेहनत तथा कर्तव्यनिष्ठाले सम्भव भएको हो । कसैले भोट दिएर वा दया गरेर छनोटमा परेको होइन । कुनै पनि कार्य गर्दा त्यसमा लगन भएको, उक्त कार्यसम्बन्धी रणनीति बुझेको तथा पोख्त खेलाडीको चयन भयो भने कार्यसिद्धि सम्भव हुन्छ भन्ने कुरा यस घटनाले प्रमाणित गरेको छ । विदेशमात्र घुम्ने रहरले काखापाखा गरेर, आफ्नो नजिकको चिनजान भएको खेलाडीको चयन भएको भए यो जीत सम्भव हुने थिएन । अहर्निश क्रिकेटप्रति समर्पित खेलाडी र तिनको निरन्तर अभ्यास तथा जीतप्रति उत्कण्ठा नै यस विजयको कारण हो ।
क्रिकेटको यस जीतको सन्दर्भलाई नेपालमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसमा विजयी भएका सभासद् एवं तिनको संविधाननिर्माणप्रति निष्ठासँग दाँज्न सकिन्छ । संविधानसभा निर्वाचनमा उम्मेदवारहरूको सही चयन, उनीहरूमा संविधाननिर्माण गर्ने अभीप्सा, निरन्तर परिश्रम गर्ने उत्कण्ठा विद्यमान छ भने आज ठूला भनेर दरिएका दलहरूले घोषणा गरे अनुसार एक वर्षभित्रमैं नेपाली जनताले संविधान पाउने कुरामा शड्ढा गरिरहनुपर्दैन । होइन, संविधाननिर्माणलाई पाखा लगाएर, सत्तालाई प्रधानता दिएर, हिजोजस्तै कुर्सीका लागि रडाँको मचाइरहन्छन् भने हिजोको दुईवर्षे संविधाननिर्माणलाई लम्ब्याएर चार वर्ष बनाउँदा पनि संविधान नबनाइ संविधानसभाकै अवसान भएजस्तै यसपालि प्राप्त भएको चारवर्षे अवधिलाई थप चार वर्ष लम्ब्याएर पनि संविधान बन्नेछ भन्ने कुरामा अहिले नै सन्देह गर्न शुरू गरे हुन्छ । यस मामिलामा नेपालका नवनिर्वाचित सभासद्हरू तथा राजनीतिक दलहरूले नेपाली क्रिकेट खेलाडीको जिजीविषाको अनुशरण गर्नुपर्दछ । लक्ष्य र गन्तव्यप्रति अर्जुनदृष्टि राखेर कुनै पनि असाध्य काम फत्ते गर्न सकिन्छ भन्ने कुरालाई ह्दय·म गर्न सकिन्छ ।
नेपाल इतिहासको धनी मुलुक हो । यसले विगतमा रचेका इतिहासहरू विश्वप्रसिद्ध छन् । त्यस्तै इतिहास अब फेरि रच्ने बेला आएको छ । अब फेरि विश्व जनमानसमा नेपाली जस्तोसुकै विपरीत परिस्थितिमा आफ्नो गुणधर्म नछाडेर अडिग रहन सक्छन् भन्ने सन्देश दिनुपरेको छ । यसका लागि हामीले अलङ्घ्य कुनै पर्वत पार गर्नुपर्दैन, महाभारतको युद्ध लड्नुपर्दैन, न कुनै ज्यानमारा जनयुद्धमैं होमिनुपर्छ । मात्र एक वर्षका लागि देश र जनताको स्वार्थलाई आफ्नो र पार्टीको पनि स्वार्थ हो भन्ने ठानेर तदनुरूप कार्य गर्नुपर्छ । नेपाल लामो समयदेखि सङ्क्रमणकालबाट गुज्रेको छ । यहाँको अवस्था यति दयनीय भएको छ कि नेपाली युवा अवसरको अभावमा परत्रको विकासका लागि आफ्नो पाखुरीको बल र पसिना बगाइरहेका छन् । जसरी नेपाली क्रिकेट खेलाडीले यसपालि ऐतिहासिक सफलता प्राप्त गरेका छन्, त्यसैको सिको गर्दै सभासद्हरूले पनि नयाँ इतिहास रचून्, देश र जनताको म·ल हुने सर्वस्वीकार्य संविधान दिन सकून्, नेपाली जनताको यही चाहना छ ।