दुनियाँमा कहीं नभएको संविधानसभाका लागि दोस्रोपटक नेपालमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले नेपाली जनताले हरेश खाएको छैन, हताश भएको छैन भन्ने सन्देश दिएको छ । मतदाता न्याय गर्न निपुण छ भन्ने सन्देश पनि यस निर्वाचनबाट प्राप्त भएको छ । त्यसैले आदर्शका ठूला–ठूला कुरा गर्ने, काम भने केही नगर्ने राजनीतिक दलहरूलाई पाखा नै लगाएको त होइन, तर सबक सिकाएको छ । अब राजनीतिक दलहरूले के बुझ्नुपर्दछ भने उनीहरू ठूला र महत्त्वपूर्ण होइनन्, जनता/ मतदाता ठूलो हो, महत्त्वपूर्ण हो । अन्यथा समग्रमा मतदाताको मनस्थिति उही छ, जुन पहिलो संविधानसभा निर्वाचनमा देखिएको थियो । खासगरी माओवादी र मधेसी दलहरू जसले यस निर्वाचनमा पराजय बेहोरे, उनीहरूले मतदाताको यस निर्णयलाई विश्लेषण गर्नु आवश्यक छ । मधेसवादी दल जसलाई क्षेत्रीय पार्टीको संज्ञा दिइएको छ, किन उनीहरू यसरी अप्रत्याशितरूपले बढारिए । मधेसी जनताले त उनीहरूलाई मत दिएकै हो, उनीहरूले बरु मतको समन्वय गर्न सकेनन् । क्षेत्रीयबाट जातीय बने, साम्प्रदायिक बने–आफैं सङ्कुचित भए ।
कम्तिमा पर्सा, बारा र रौतहटमा मत परिणामको जुन अवस्था देखिएको छ, त्यसबाट मधेसवादी दलहरूले समग्रमा पाएको मत पहिले जत्तिकै छ । मतदाताले मधेसवादी दलको बहिष्कार गरेको होइन, मधेसवादी दलहरू नै ‘घिउ देत घोड नरियाए’ जस्तो भएको हो । मधेसवादी दलहरूमा पार्टी सञ्चालन सम्बन्धी ज्ञानको अभाव, स·ठनात्मक क्षमताको अभाव, पार्टीमा बुद्धिजीवीहरूको अभावले परिस्थितिको विश्लेषण गर्ने अवस्था पनि देखिएन । जसले गर्दा ठूला दलका बुद्धिजीवीहरूले आफू पायक गरेको विश्लेषणलाई उनीहरूले आफ्नो हितमा ठाने । थ्रेसहोल्डको कुरा होस् वा थोरै पार्टी बनाउने कुरा होस्–यी सबलाई आफ्नो विपक्षमा भन्ठाने । थ्रोसहोल्डले राजनीतिक पार्टीहरूलाई टुट र फुटबाट, कम्तिमा निर्वाचनको बखत अवश्य नै जोगाउने थियो । नेपालका बुद्धिजीवीहरूले धेरै पार्टी, धेरै वैचारिक अभिव्यक्ति भनी बहुलवादको गलत व्याख्या गरे, जसलाई आफ्नो पक्षमा ठानेर मधेसवादी दलहरू समेटिऐनन्, कार्यगत एकतामा पनि आउन सकेनन् ।
मतदाताले त आफ्नो अभिव्यक्ति भोटमार्फत् दिइसक्यो । अब संविधानसभामा जाने राजनीतिक दलहरू तथा व्यक्तिहरूले त्यसलाई कुन रूपमा ग्रहण गर्दछन् भन्ने कुरा पर्खने बेला आएको छ । नेपाली मतदाताले जनयुद्धको वाहक र मधेस आन्दोलनबाट उत्पन्न शक्तिको साटो नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई रोज्यो । यी दुई पार्टीले यस विजयलाई आफ्नो लोकप्रियता ठानेर भोलि काम गर्दछन् भने उनीहरूको भूल हुनेछ । मतदाताले उनीहरूलाई काम गर्नका लागि किनकि, जनताले हिजो पत्याएको राजनीतिक दलहरूले गतिलो काम गर्न सकेनन् भनेर स्थानापन्न गरेको मात्र हो । राजनीतिक कार्यकर्ताका लागि आफ्नो पार्टी, हुन्छ विपक्षी पार्टी हुन्छ–जनताका लागि सबै पार्टी उही हो । जसले जनताको पक्षमा, राष्ट्र विकासमा काम गरेर देखाउँछ त्यही पार्टी जनताको हो । लामो समयसम्म प्रजातन्त्रका लागि जेलनेल खाएको नेपाली काङ्ग्रेस होस् अथवा जिउज्यानको बाजी लगाएर जनयुद्धमा होमिएको नेकपा माओवादी नै किन नहोस् काम गर्ने शर्तमा जनताले मत दिन्छ । यो कुरा हिजोदेखि आजसम्म जनताले देखाएको फैसलाले स्थापित गरेको सत्य हो ।