ओमप्रकाश चौधरी, सेढवा, १२ मङ्सिर/
पर्सा आरक्षबाट निस्केर जीतपुर गाविस–९ सहजानपुरमा एकजनाको ज्यान लिएर सीमापारी पुगेको हात्तीले गएराति एक भारतीय नागरिकको पनि ज्यान लिएको छ ।
हिजो राति ८ बजे भारत बिहार मानपुर थाना इमुलिया टोल निवासी ४० वर्षीय गवारी लकडा हात्तीको आक्रमणबाट मारिएका छन् । हात्तीको आक्रमणबाट लकडाको ज्यान गएको छ भने थप चारजना घाइते भएका र भोला राम, इब्राहीम मियाँ, सतन महतोलगायतको भखारी भत्काएको छ । हात्ती हिजो दिनभरि भारतीय सीमानजिक रहेको उखु खेतमा बसेको र बेलुकी निस्केर इमुलिया टोलमा आतड्ढ मचाएको थियो । मृतक स्थानीय गवारी लकडा आफ्ना एक साथीसँग रातिपख जाँड खाएर आइरहेको बेला हात्तीले सुँडले हिर्काएर पेटमा कुल्चेपछि लकडाको मृत्यु भएको र अर्का एकजना घाइते भएका छन् । सो हात्ती मानपुर ज·लमा पसेको मानपुर थानाका प्रभारी प्रमोद प्रसादले बताए ।
यसैबीच पर्सा वन्यजन्तु आरक्षबाट शड्ढरसरैयाको सखुनी ज·ल हुँदै हात्तीको बथान ग·ोल खोलामा देखा परेपछि शड्ढरसरैया, जीतपुर, महादेवपट्टि, सेढवाका बासिन्दा आतड्ढित भएका छन् । आज साँझ साढे ५ बजेतिर ग·ोल खोलामा ६ वटा हात्तीको बथान देखिएको स्थानीय व्यक्तिले बताए । जीतपुर र सेढवाबीच रहेको ग·ोल खोला हुँदै हात्तीको बथान सहजानपुर हुँदै भारतीय सीमा क्षेत्रतर्फ गएको बताइएको छ । हात्तीको बथान खोलामा देखिएपछि गाउँलेहरू भागाभाग भएका छन् र सुरक्षाकर्मीले पनि उनीहरूलाई आश्वस्त पार्न सकेको छैन ।