- सुरेश विडारी
संविधानसभा निर्वाचनको प्रचार प्रसारका लागि वीरगंजका मुख्य चोक गल्लीहरूमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि विभिन्न दल र उम्मेदवारको प्रचारका लागि पोस्टर–पम्पलेट टाँस्नुको साथै तुल ब्यानरहरू, झन्डा टाँगिएका छन् । निर्वाचन कार्यालयहरूले पनि मतदाता शिक्षाका लागि पोस्टर–पम्पलेटहरूको प्रयोग गर्यो । प्रचार प्रसारका लागि सस्तो तरिका र आवश्यक ठानेर त्यसको प्रयोग गरियो होला । अब त चुनाव पनि सकिसकेको छ । चुनावको परिणाम पनि आइसकेको छ । भन्नुको मतलब अब ती पोस्टर–पम्पलेटहरूको औचित्य छैन । ती पोस्टर, तुल, ब्यानरहरू अब काम नलाग्ने भइसकेका छन् । त्यसले प्रवाह गरिरहेको सूचना अब अनावश्यक भइसक्यो, महत्त्वहीन भइसक्यो । तर त्यो हटाउने कसले ? जसले टाँस्न वा टाँग्न लगायो उसले, उपमहनगरपालिका वा स्थानीय प्रशासनले ? यसको उत्तर खोज्ने बेला भएको छ । त्यस्ता पोस्टर, पम्पलेटहरू र ब्यानरहरूले वीरगंज नगरको अलिअलि भएको सुन्दरतालाई पनि कुरूप बनाइदिएको छ । उसै त वीरगंज साँघुरो, फोहोर, त्यसमाथि जुनसुकै पर्खाल र भित्ताहरूमा म्याद गुज्रेको पोस्टर पम्पलेट ।
आफ्नो शहर सफा र सुन्दर राख्नु हामी सबैको दायित्व हो तर हामी त्यो दायित्व पूरा गर्न कति तत्पर छौंं वीरगंजको विभिन्न स्थानमा थुप्रिएको फोहोरको डङ्गुरले नै प्रस्ट पार्छ । नगरपालिका र वीरगंज उद्योग वाणिज्य सङ्घ पनि मुकदर्शक मात्रै बनेको भान हुन्छ । हुनत चुनाव प्रचारप्रसारका लागि टाँसिएका पोस्टर पम्पलेट कसले हटाउने भन्ने हो । पोस्टर–पम्पलेट प्रयोग गरेरधेरैलाई जानकारी दिन सहज त हुन्छ । एक स्थानमा टाँसेपछि त्यसले धैरै जनालाई सूचना तथा जानकारी प्रदान गर्छ । एकपटक टाँसेपछि धेरै दिनसम्म रहि पनि रहन्छ । तर जब त्यो उप्किन र च्यातिन थाल्छ, त्यसले शहरलाई कुरूप पनि बनाइरहेको हुन्छ । शुरुका दिनमा रङ्गिन, चम्किलो र आकर्षक देखिने ती पोस्टर–पम्पलेटहरू हावा, घाम पानीका कारण क्रमश: च्यातिंदै जान्छन् । रङ्गिन पोस्टरहरू रङ्गहीन हुँदै जान्छन् । विस्तारै त्यसलाई टाँस्न प्रयोग गरिएको गमले भित्ता छाड्दै जान्छ र त्यो नजिकैको नालामा खस्न पुग्छ । त्यो नालामा गएर जमेर नाला जाम गराइदिन पनि सक्छ । त्यसको परिणाम त हामीले वर्षायाममा भोग्दै आएका नै छौं ।
राजनीतिक दलहरूले मात्रै होइन फिल्म हल, शैक्षिक सङ्घ संस्थाहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, धार्मिक समूह, व्यावसायिक प्रतिष्ठानहरू, विद्यार्थी स·ठनले पनि सस्तो र सहजै सम्बन्धित व्यक्ति समूहसम्म पुग्ने भएकोले समयसमयमा पोस्टर–पम्पलेट प्रयोग गर्ने गर्दछन् । त्यो टाँस्नका लगि तोकिएको कुनै स्थान छैन । पेशागत संस्थाहरूबीच पनि अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । जहाँ मन लाग्छ त्यहीं पोस्टर–पम्पलेट टाँसिदिने गरेका छन् । एउटाले टाँसेको स्थानमा अर्कोले लगेर टाँसिदिने । उनीहरूको स्वार्थ त पूरा होला तर त्यसले शहरलाई फाइदा पुर्याउँदैन । सडकमा राखिएका ट्राफिक चिह्नसमेत नदेखिने गरी जताभावी टाँसिएका पोस्टर–पम्पलेटहरूले दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले पनि यसको व्यवस्थापन हुनु जरुरी छ । तर कसले गर्ने ? कसरी गर्ने ? कहिलेसम्म गरिसक्ने ? यी प्रश्नको उत्तर दिन शायदै कोही अघि सर्ला ?
सार्वजनिक स्थानमा जथाभावी पोस्टर–पम्पलेट टाँस्न नपाउनुपर्ने हो । प्रशासनको आँखा अझै यसमा पुग्न सकेको देखिंदैन । आचारसंहिताविपरीत जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रको कार्यालयसमेत रहेको र वीरगंज उपमहानगरपालिका वडा नं १५ को मतदान केन्द्रसमेत रहेको नेशनल ट्रेडिङको भित्तामा विभिन्न दलहरूले टाँसेका पोस्टर पम्पलेट त हटाउन प्रशासनले सकेन भने अन्य ठाउँको के कुरा गर्ने ? उपमहानगरपालिकाले पोस्टर–पम्पलेट टाँस्नका लागि केही नियम त बनाएकै होला । उसले कस्तो नियम बनाएको छ त्यो त मलाई थाहा भएन । तर यसरी जथाभावी पोस्टर–पम्पलेट टाँस्ने अनि आफ्नो मतलब सिद्ध भइसकेपछि अलपत्र, अव्यवस्थित छाड्नेहरूलाई आजसम्म कुनै नियमले छुन सकेको छ । नियम बनाएको भए पनि कुनै कुनामा थन्किएर बसेको होला । जिम्मेवार अधिकारीहरूले त्यसलाई पल्टाएर हेर्न भ्याएका छन् जस्तो मलाई लाग्दैन । छैन भने बनाउनुपर्यो । जथाभावी पोस्टर, पम्पलेट टाँसेर शहरलाई कुरूप बनाउने अधिकार कसैलाई पनि छ जस्तो लाग्दैन । चाहे संविधानसभा सदस्यका उम्मेदवार हुन् वा शैक्षिक प्रतिष्ठानका मालिक । कुनै गैरसरकारी संस्थाका प्रतिष्ठित व्यक्तित्व हुन् वा सरकारी कार्यालयका प्रमुख ।
उपमहानगरपालिकाले निश्चित स्थानहरू तोकिदिएर सूचना पाटीहरू स्थापना गरिदिन पनि सक्छ । जहाँ यस्ता पोस्टर पम्पलेटहरू टाँस्न सकियोस् । आवश्यक सूचना प्रवाह गर्न सकियोस् । यसो गर्न सके अझ प्रभावकारी हुन्छ । सूचना र जानकारी पाउने निश्चित स्थान भएपछि सर्वसाधरणलाई पनि सजिलो हुन्छ । एउटा राम्रो प्रचलनको शुरुआत हुन्छ । नेपालबाहेक अन्य देशहरूमा यसरी अव्यवस्थितरूपमा पोस्टर, पम्पलेट प्रयोग गर्न छुट दिइँदैन । हाम्रो देशमा भने जसरी प्रयोग गर्दा पनि छुट हुन्छ यसमा दोषी को ?
पछिल्लो समयमा एउटा यस्तो खबर आयो–काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी नेपाली काङ्ग्रेसका नवीन्द्रराज जोशीले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो क्षेत्रमा टाँसेका पोस्टर–पम्पलेट आफैं हटाउन थालेका छन् । पढ्न पाउँदा मात्रै पनि आनन्द लाग्यो । जोशीले क्षेत्र नम्बर ८ अन्तर्गत पर्ने महानगरपालिकाका १३, १५, १९, २०, २४, २५ र सीतापाइला क्षेत्रमा रहेका चार तारा, रूख र निर्वाचन सम्बन्धी पोस्टर, पम्प्लेट र झालर निकालेछन् । जोशीले आफूले मात्रै त्यसो गरेनन्, अरूलाई पनि नगर सफा राख्न सुझाव दिए । उनले भने–“निर्वाचनमा हारेकोलाई म निकाल्दिनँ भन्ने लाग्छ भने मलाई भने हुन्छ, म निकालिदिन्छु ।” जोशीले पार्टीले दिएको पोस्टर, पम्प्लेट, तुल, झालरबाहेक आफूले पोस्टर पनि छापेकै रहेन छन् । यसबाट विजयी वा पराजित सबै उम्मेदवारले पाठ सिके हुन्थ्यो । तत्कालका लागि संविधानसभाका उम्मेदवारहरूले मात्रै आफ्नो प्रचार प्रसारका लागि टाँसिएका पोस्टर–पम्पलेट हटाउने हो भने धेरै राम्रो हुन्थ्यो । हेर्दै जाउँ नयाँ संविधान दिएर देशै सफा बनाउँछु भनेर संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएका हाम्रा नेताहरूले आफूले नै गरेको फोहोर पनि हटाउँछन् कि हटाउँदैनन् ?
–चित्लाङ मकवानपुर, हाल नारायणी एफएम वीरगंज