डा. रमेश मिश्र
आज कात्तिक कृष्णपदा त्रयोदशी शुक्रवार । आजको दिनलाई आयुर्वेदका चिकित्सक, कविराज, वैद्य र आयुर्वेदसँग सम्बन्धित सम्पूर्ण सङ्घसंस्थाहरूले धन्वन्तरि जयन्तीको रूपमा मनाउँछन् । आज आयुर्वेदका प्रवत्र्तक भगवान् धन्वन्तरिको जयन्ती हो । आजको दिनलाई धनतेरसको रूपमा पनि मनाइन्छ र नयाँ–नयाँ भाँडाकँुडाहरू किन्ने प्रचलन छ ।
पौराणिक कथाअनुसार जब देव र दानव मिलेर समुद्रमन्थन गरे । त्यसबाट एक हातमा अमृत कलश र अर्को हातमा आयुर्वेद लिएर भगवान् विष्णुको अवतार धन्वन्तरिको रूपमा भएको थियो । धन्वन्तरिलाई आयुर्वेदको प्रवत्र्तक मानिन्छ । विश्वका प्रथम सर्जन, जसलाई फादर अफ सर्जरी भनिन्छ, आचार्य सुश्रुत, उहाँको गुरुको रूपमा पनि धन्वन्तरिको वर्णन पाइन्छ ।
सुश्रुतसंहितामा धन्वन्तरिलाई भारतको काशीको राजाको रूपमा देवोदास नामले वर्णन गरिएको छ, जसमा देवोदास धन्वन्तरिले आपैंm भनेका छन्–“त्यो धन्वन्तरि हो, जो समुद्रमन्थनको बेला उत्पन्न भएको थियो । म विष्णुको अवतार हुँ ।” धन्वन्तरिको उत्पत्तिबारे विभिन्न पौराणिक ग्रन्थहरूमा वर्णन छ । धन्वन्तरि जयन्तीलाई नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ । विश्व स्वास्थ्य स·ठनले विश्व स्वास्थ्य दिवस मनाउने दिन र आजको आरोग्य दिवसमा धेरै फरक छ । आजको दिन प्रत्येक घरघरमा सरसफाइ गरिएको हुन्छ । साथै दीप प्रज्वलित गरी घरहरूलाई रोगका कीटाणुहरूबाट मुक्त गरिएको हुन्छ ।
आयुर्वेद एउटा सम्पूर्ण चिकित्सा विज्ञान हो । आयुर्वेदमा स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा अर्थात् व्यक्तिगत स्वास्थ्य र सामाजिक स्वास्थ्यबारे पूर्ण वर्णन छ । जसको पालन गरे व्यक्ति कहिले पनि रोगी हुँदैन र उसले आफ्नो र देशको विकासमा राम्रो योगदान गर्न सक्छ । कुनै कारणले रोग लाग्यो भने त्यसको सम्पूर्ण उपचारको व्यवस्था आयुर्वेदमा छ । हाम्रो देश नेपालमा विस्तारै–विस्तारै आयुर्वेदको विकास र विस्तार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको आयुर्वेद विभागले आयुर्वेदबाट देशमा जनताको सुलभ र सरलरूपमा उपचार होस् भनेर आफ्ना मातहतका ७५ जिल्लामा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, अञ्चल आयुर्वेद औषधालय र यस अन्तर्गतका आयुर्वेद औषधालयहरूमा निश्शुल्क उपचारको व्यवस्था तथा निश्शुल्क औषधिको व्यवस्था मिलाएको छ, जसबाट सबै जनतालाई स्वास्थ्य लाभ प्राप्त होस् । यसको साथसाथै वृद्धवृद्धाहरूको विशेष उपचारका साथै सुत्केरी भएका महिलाहरूका लागि दुग्धबर्धक औषधि वितरण कार्यक्रम ल्याएको छ । जसबाट बच्चा स्वस्थ भई भविष्यमा देशको सबल नागरिक बनोस् । हाल विश्वमा सर्ने रोगहरूभन्दा नसर्ने रोगहरू महामारीको रूप लिन सक्छ भन्ने चिन्ता बढिरहेको छ । यसका लागि विश्व स्वास्थ्य स·ठनले पनि सबै देशमा आआफ्नो परम्परागत चिकित्सा पद्धतिबाट नसर्ने रोगको उपचार र रोकथाममा लागौं भनी आह्वान गरिसकेको छ । यस परिप्रेक्ष्यमा आयुर्वेद चिकित्सा पद्धति सबैभन्दा
उत्तम चिकित्सा पद्धति मानिएको छ । आयुर्वेदबाट सबै नसर्ने रोगहरूको उपचार सम्भव छ । किनकि
आयुर्वेदमा शोधन तथा शमनको साथसाथै योग एवं प्रणायामको प्रयोगले सबै रोगहरूको राम्रो उपचार गर्न सकिन्छ ।
अत: धन्वन्तरि जयन्तीले सबैको स्वास्थ्यमा सुधारको सन्देश दिन सकोस् भन्ने मेरो पनि कामना छ ।
नेपाल आयुर्वेद चिकित्सा परिषद्