$type=ticker$count=12$cols=4$cate=0

संविधानसभाको दोस्रो निर्वाचन र नागरिक समाजको भूमिका

SHARE:

- अधिवक्ता वीरेन्द्रप्रसाद यादव 
  निर्वाचन नजिकिंदै जाँदा नागरिक सामाजका पदाधिकारीहरूको कार्यक्रम बाक्लिंदै गएको छ । विशेषगरी तराई मधेसमा मधेसी बुद्धिजीवी एवं नागरिक समाजका नामले केही निश्चित समूहहरू केही निश्चित दल र उम्मेदवारविशेषलाई सहयोग गर्ने लक्ष्यसहित क्रियाशील छन् । बुद्धिजीवी नागरिक सामाजका यस्ता कार्यक्रम सकारात्मक र सराहनीय भए पनि विगतमा केही भूमिका नगरी यतिखेर सक्रिय हुनुले बिनालगनको शहनाई बजाउने कार्य भएको आम गुनासो छ । यस्ता आयोजक दल वा उम्मेदवारद्वारा परिचालित छन् भन्ने पनि आशड्ढा हुन्छ । जसले नागरिक समाज र बुद्धिजीवीको निष्पक्ष छविलाई पनि शड्ढाको घेरामा पारेको छ । यसै हप्ता एउटा मधेसी बुद्धिजीवी नामक संस्थाको कार्यक्रममा आमन्त्रित भइयो । त्यस कार्यक्रमका हर्ताकर्ता ती बुद्धिजीवी देखिए, जसलाई सरकारमा भएको बेला एउटा मधेसवादी दलले आफ्नो कोटामा राष्ट्रिय स्तरको ठूलै पदमा नियुक्त गरेको थियो । त्यस कार्यक्रममा अधिकांश त्यस्ता बुद्धिजीवीको उपस्थिति थियो जो उनका स्वजातीय थिए । ती बुद्धिजीवीहरूले कार्यक्रमभरि मधेसवादीलाई मत दिन र दिलाउन  सहभागीहरूसँग आग्रह गरे र राजनीतिक नियुक्ति गर्ने दलका उम्मेदवारलाई मत दिने आग्रह देखियो ।
    यसले दुईवटा नकारात्मक कुराको सड्ढेत दिन्छ । पहिलो, बुद्धिजीवी समाज पनि जातीय ध्रुवीकरणबाट मुक्त छैन, दोस्रो कुनै खास दलविशेषको तरफदारी गर्नु बुद्धिजीवीको नैतिक दायित्व होइन । मधेसको अपार ऊर्जा यतिखेर छिन्नभिन्न मात्र भएको छैन, एकाध सिट जितेका क्षेत्रमा पनि मधेसवादी दलले जित्ने समभावना कम छ । यसको प्रमुख कारण मधेसवादी दलहरूबीच फुट हो । मधेसवादी दलहरूमा एकता नभए पाएको झिनो उपलब्धि पनि खोसिने जोखिम छ । कमसेकम मधेसवादी दलबीच एकता वा कार्यगत एकताको दबाब दिनुपर्नेमा टुटफुट भएकैमध्ये एकलाई चुनी मत दिनु भनी विशेष आग्रह गरियो । कुनै मधेसवादीलाई मत दिन आग्रह गर्नुले बुद्धिजीवी समाजको तटस्थता, निष्पक्षता रहन्छ कि रहन्न छुट्टै विश्लेषणको विषय हो । साथै विचारणीय प्रश्न के छ भने यसरी विभाजित अवस्थामा मधेसवादीलाई समर्थन गर्दा जित्छन् त ? निश्चितरूपमा जित्दैनन् । किनभने गैरमधेसी पार्टीको रूपमा चित्रण गर्ने गरिएको काङ्ग्रेस, एमाले तथा एमाओवादीको भोट खासै विभाजित छैन । तर मधेसवादीको भोट मधेसमा सत्र टुक्रामा विभाजित छ । मधेसलाई माया गर्ने मतदाता निश्चित भए पनि सत्र टुक्रामा विभाजित भएर मत दियो भने गैरमधेसवादी ठूला दललाई उछिन्न किमार्थ सक्दैनन् ।अन्तत: मधेसवादीको जित सड्ढटमा पर्छ । तत्काल एकताबद्ध हुने सम्भावना नभए पनि कमसेकम सबै मधेसवादीहरू कार्यगत एकता गरी क्षेत्रगतरूपमा भागबन्डा लगाउनुपर्छ । जस्तै क्षेत्र नं १ मा एउटालाई सबैले सहयोग गरी आफ्नो उम्मेदवारलाई साइड लगाउनुपर्छ भने अन्य क्षेत्रमा अन्यलाई । यसको लागि सबै नेताहरूलाई एक ठाउँमा राखी एकता गराउन सक्नुपर्छ । कतिपय क्षेत्रमा राष्ट्रियस्तरका पार्टी अध्यक्षहरू चुनाव लडेका छन्, तर तिनीहरूको खासै मत देखिंदैन ।
    कुनै पार्टीको अध्यक्ष नै हार्‍यो भने उसको ऊर्जा कति रहला ? कार्यक्रममा एकजना अधिवक्ताले भन्दै थिए । मधेसवादी दलका एकजना व्यक्ति क्षेत्र नं २ बाट समानुपातिकमा सूचीकृत छन्, ती उम्मेदवारलाई समानुपातिकमा ३ नं क्षेत्रको मत चाहिंदैन । २ नं को मतदाताको मत मात्र चाहिन्छ भनेर प्रचार प्रसार गर्दैछन् । जबकि समानुपातिकमा एउटै निर्वाचन क्षेत्र भएपछि जुनसुकै क्षेत्रका मतदाताले मत हाल्न सक्ने अवस्था छ । उम्मेदवारलाई नै यस प्रावधानबारे जानकारी छैन भन्ने कुरा पुष्टि हुन्छ । यसबाट मधेसवादीहरू कति बौद्धिक व्यक्तिलाई उम्मेदवार बनाएका छन् भन्ने अनुमान गर्न सकिन्छ । यस्तो बौद्धिकताले मधेसको सवाल संविधानमा लेखिने सम्भावना छ कि छैन विचार गर्न सकिन्छ । यद्यपि एकजना नेताले भन्दै थिए–बुद्धिजीवीहरू दलमा आबद्ध नभएका र खोजेर पनि नपाएकोले बाध्यतावश यस्ता उम्मेदवार छनोट गरिएको हो । निश्चितरूपमा अधिकांश बुद्धिजीवीहरू दलहरूमा आबद्ध छैनन्, तर यसको केही कारण छ । एक त नेतृत्वले त्यस्तो बुद्धिजीवी खोज्छ, जो उसको स्वजातीय वा प्रभावमा पर्ने खालको होस् । गलत वा सही नेतृत्वको समर्थन गरोस् । बुद्धिजीवीले यो शर्त मान्दैन । बुद्धिजीवी भनेको त सबैको हो र कसैको पनि होइन । गलत गर्नेको आलोचना र सही गर्नेलाई प्रोत्साहन दिनु बुद्धिजीवीको धर्म हो । दोस्रो कुरा मधेसवादी दलका नेताहरू सत्ता स्वार्थका कारण टुटफुट भएका र मधेसी बुद्धिजीवीलाई समयमा पहिचान गर्न नसकेको कारण पनि यस्तो अभाव खटकिएको हो । मधेसको उत्थानको लागि मन, वचन र कर्मले आफूलाई समर्पित गरेका बुद्धिजीवीलाई नेताहरूले प्राथमिकतामा नराखेको पनि यथार्थ हो । राजधानीमा निरन्तर आवतजावत र बसोवास नगर्ने तथा कलमजीवी मधेसी बुद्धिजीवीहरू तथ्याड्ढ मधेसवादी दलहरूसँग नहुनु ठूलो कमजोरी हो । कलमको तागत नबुझेका मधेसवादी दलहरूको सफलता कठिन छ ।
    गत चुनावमा मधेसवादी जनमतको दुई अवस्था थियो । थोरै जितेका थिए भने अधिकांश निकटतम प्रतिद्वन्द्वी थिए । जित्ने उम्मेदवारको तुलनामा थोरै कम मत ल्याउनुलाई अन्यथा मान्न मिल्दैन । तर यतिखेर निकटम प्रतिद्वन्द्वी पनि बन्ने अवस्था देखिन्न, किनभने अन्य दलको जनमत लगभग उस्तै देखिन्छ भने मधेसवादीको मत विभिन्न मधेसवादी दलबीच विभाजित हुनेछ । पर्साको क्षेत्र नं १ कै कुरा गरौं– त्यहाँबाट मजफो नेपालका उम्मेदवार जितेका थिए र काङ्ग्रेस निकटतम प्रतिद्वन्द्वी थियो । यतिखेर त्यही क्षेत्रमा राष्ट्रिय अध्यक्ष सरिता गिरी, भाग्यनाथ गुप्ता, पूर्वमन्त्री करिमा बेगम तथा पूर्व मेयर विमल श्रीवास्तवजस्ता दर्जनौं मधेसवादी दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । ती सबैले केही नकेही मत पाउँछन् नै । ती सबैले पाउने मत भनेको मधेसको एजेन्डामा सहमत हुनेहरूको मात्र हो । यसले मधेसमैत्री मत निश्चितरूपमा बाँडिन्छ । अन्य क्षेत्रको अवस्था त गत चुनावमा पनि दयनीय नै थियो । यसर्थ गत चुनावमा मधेसवादीले जितेको क्षेत्र पनि सड्ढटग्रस्त भएको ठानी सुधारतर्फ ध्यान नदिनु दुर्घटना निम्त्याउनु हो । अन्य दलहरूको आन्तरिक विवादले थोरै प्रभाव पार्छ । यतिखेर मधेसवादीलगायत सबैको घोषणापत्रमा मधेसको मुद्दाले प्राथमिकता पाएको छ, जबकि मधेसवादीकै घोषणापत्रमा एकरूपता देखिन्न । मधेसमा प्रदेशको सङ्ख्या, राजधानी बनाउने, स्वायत्तता तथा आत्म निर्णयको अधिकार जस्ता सवालमा मधेसवादीबीच एकरूपता छैन । वीरगंजलाई राजधानी बनाउने कुरालाई मधेसवादीहरूले ओझेलमा मात्र पारेका छैनन्, राष्ट्रकै लागि निकै महत्त्वपूर्ण, ऐतिहासिक वीरगंज नगर सड्ढटमा छ । वीरगंज सड्ढटमा पर्नुको प्रमुख कारण मधेसवादीमा बारा, पर्सा, रौटहटलगायतका व्यक्तिको वर्चस्व छैन । यी तीन जिल्लाको त भाषा, संस्कृति पनि मधेसवादीले नै जोखिममा पारेको जनगुनासो छ । यसले पनि जनमतमा प्रतिकूलता नपर्ने देखिन्न । यसर्थ बेलेैमा विचार पुर्‍याउन अपरिहार्य छ । यस्ता कुरामा बुद्धिजीवीहरूको जोड हुनुपर्छ । मधेसको जनमत एकाउन्न प्रतिशत गणना गरिंदैछ । एकाउन्न प्रतिशतमा थारू, मुसलमान,पहाडी मूल, मारवाडीलगायत छन् । यतिखेर थारू, मुसलमान आफूलाई मधेसी मानिरहेका छैनन् । उनीहरूलाई मधेसवादीमा सामेलमा गराउने खासै पहल पनि भएको छैन । धार्मिक एजेन्डाले गर्दा केही मधेसी जनमत राजावादीतर्फ आकर्षित छ । मुस्लिम समुदायको संरक्षणको एजेन्डा कसैको प्राथमिकतामा छैन ।
    मधेसमा जातीय संवेदनशीलता पनि उत्तिकै छ, जसले गर्दा जातीय उम्मेदवारतर्फ मत जान्छ । मधेसमा निर्णायक अवस्थामा रहेका पहाडे मूलका रैथानेलाई अद्यापि मधेसवादीले आफ्नो ठानेको छैन । मधेसी बुद्धिजीवीले पनि कित्ताकाट गरेजस्तै देखिन्छ । यसर्थ मधेसका यी तमाम समस्या समाधानार्थ बुद्धिजीवी नागरिक समाजको भूमिका अपरिहार्य छ । यसका लागि मधेसवादी नेताहरूले व्यक्तिगत इगो छाडी बुद्धिजीवीहरूलाई मध्यस्थकर्ताको रूपमा राखी सहमति खोज्न जरुरी छ । अनि मात्र केही सुधारको आशा  गर्न सकिन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संविधानसभाको दोस्रो निर्वाचन र नागरिक समाजको भूमिका
संविधानसभाको दोस्रो निर्वाचन र नागरिक समाजको भूमिका
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqwCspMjcw-45NtDKFaJ-AxjeZ1I5PkgxlQ0iwE_AntIPfy-rcLwyU77-lQMnw10qXpm7BIuLBNt9pncrTmrP6Cb16QKv0FO4-egm3RZLdW3B1-4YXZodMZ3VSQVfsVeqqmojwqDybqu1b/s200/virender+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqwCspMjcw-45NtDKFaJ-AxjeZ1I5PkgxlQ0iwE_AntIPfy-rcLwyU77-lQMnw10qXpm7BIuLBNt9pncrTmrP6Cb16QKv0FO4-egm3RZLdW3B1-4YXZodMZ3VSQVfsVeqqmojwqDybqu1b/s72-c/virender+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/10/blog-post_7278.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/10/blog-post_7278.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy