$type=ticker$count=12$cols=4$cate=0

मुलुक खाद्य असुरक्षातिर

SHARE:

- शीतल महतो
    “खाद्य सुरक्षा र पोषणको आधार, खाद्य प्रणालीमा दिगो सुधार” भन्ने मूल नाराका साथ ३३ औं विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सन् २०५० मा विश्वको जनसङ्ख्या नौ अर्ब पुग्ने र उक्त जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्न आपूर्ति गर्न हाल विश्वको खाद्यान्न उत्पादनलाई ७० प्रतिशत वृद्धि गर्नुपर्ने अनुमान संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि स·ठनको छ । गरिबी र पोषणयुक्त खाद्यान्नको अभावले गर्दा चालीस प्रतिशत नेपालीले न्यूनतम क्यालोरी (दुई हजार १४६ क्यालोरी प्रतिदिन प्रतिव्यक्ति) उपभोग गर्न पाएका छैनन् भने तीमध्ये सुदूरपश्चिममा ४४ दशमलव ९ र मध्यपश्चिममा ४४ दशमलव ३ प्रतिशत रहेको तथ्याड्ढ कृषि तथा सहकारी मन्त्रालयको छ । त्यसमा पनि द्रुत गतिमा जल, ज·ल र जमिन तथा जैविक स्रोतहरू घट्दै जानुले नेपालको कृषि क्षेत्र थप समस्याग्रस्त बन्दै गएको छ ।
    हुनत नेपाल कृषिप्रधान देश हो । यहाँको झन्डै ७५ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छन् । उनीहरूले जीवन निर्वाहका लागि मुख्यरूपमा खेतीपाती र पशुपालन गर्ने गर्छन् । तर विगत केही वर्ष यतादेखि कृषिप्रधान मुलुक नेपाल खाद्य असुरक्षाको चपेटामा पर्दै आएको छ । खाद्य असुरक्षा वा खाद्यान्न अभावको स्थितिलाई विश्लेषण गरेर हेर्ने हो भने नेपालको कृषि क्षेत्र कति परम्परागत र गैरव्यावसायिक छ भन्ने कुराको पुष्टि हुन्छ । सम्भवत: विश्वमा नेपाल एउटा मात्र यस्तो देश हो, जोसँग आर्थिक उन्नतिका प्रशस्त सम्भावनाहरू हुँदाहुँदै पनि यहाँको अधिकांश जनता दु:खी छ र मुलुक गरिबतममध्ये एक हो । नेपालको जलवायु, भूबनोट र प्राकृतिक स्रोतहरू सबै नेपालीलाई समृद्ध बनाउन सक्षम छ । तर यसको उचित र प्रभावकारी व्यवस्थापनको अभावमा नेपाल आर्थिक रूपले समृद्ध बन्न सकेको छैन । आर्थिक उन्नतिका लागि विद्यमान प्रशस्त सम्भावनाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण र सशक्त सम्भावना रहेको कृषि क्षेत्र आज पनि उपेक्षित छ । कृषि विकासमा देखिएको अवरोध नै नेपालको गरिबी र विपन्नताको मुख्य कारण पनि हो । यसले खाद्य असुरक्षा र कुपोषणलाई समेत बढाइरहेको छ ।
    कृषिलाई विकासको मूल उत्प्रेरक र निर्यात व्यापारको सम्भावना दुवै भएको क्षेत्र मानिन्छ । यसको विकासका लागि आवश्यक पर्ने जलवायु, वातावरण र उर्वर भूमि नेपाललाई प्रकृतिले सित्तैमा प्रदान गरेको छ । तर नेपालमा पश्चिमबाट आएको नवउदारवादको लहरका कारण राज्य कृषि क्षेत्रबाट पन्छिन खोज्दै जाँदा धेरै अर्थमा कृषि क्षेत्र तहसनहस हुन पुग्यो । कृषि प्रसार अलपत्र पर्‍यो । कृषि अनुसन्धानमा शिथिलता छायो र कृषि मन्त्रालय एवं विभाग उदासीन बन्न पुग्यो । कृषि क्षेत्रमा नयाँ प्रयोग हराउँदै गयो । समयमा गुणस्तरीय बीउबिजन र मलखादको आपूर्ति हुन नसक्दा समग्र कृषि क्षेत्र नै नराम्ररी प्रभावित हुन पुग्यो । तापनि हामी नेपाली उदारीकरण र निजीकरणको लहरमा बढी नै उत्साहित बनेर होमियौं । कृषि मलमा अनुदान दिनेजस्तो कुरा व्यापारीकै माध्यमबाट गरिन खोज्दा त्यसले उत्पन्न गरेको विकृति सबैले बुझ्नेगरी प्रकट भएकै हो । अहिले आएर देशभर कृषि मलको हाहाकार भई किसानले खेती गर्ने मुख्य समयमा नै मल पाउन नसक्नु त्यसैको परिणाम हो । यो ज्यादै पीडादायी कुरा हो । उदारवाद र निजीकरणको नाममा हाम्रोजस्तो कृषिप्रधान देशमा कृषि क्षेत्रको कामबाट राज्यले जिम्मेवारी पन्छाउन पाउँदैन । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक बनाउनका लागि आवश्यक पर्ने स्रोत संरक्षण कृषि प्रविधि, सिंचाइ, उन्नत बीउ र मलखाद, विद्युत् तथा सडकजस्ता कृषिसँग सम्बन्धित विषयवस्तुको विकासमा राज्यले सहयोगी र सहजकर्ताको भूमिका निर्वाह गर्नैपर्ने हुन्छ । किनभने कृषिमा क्रान्ति ल्याउनका लागि यी सबै पूर्वाधारहरू पनि त्यतिकै आवश्यक हुन्छ ।
    त्यस्तै कृषि उत्पादनको बजार स्वदेशमा मात्र नभई विदेशमा पनि विस्तार गर्न तथा किसानको प्रतिस्पर्धात्मक क्षमता बढाउन आवश्यक सीप र आधुनिक स्रोत संरक्षण कृषि प्रविधि हस्तानान्तरण एवं कृषिजन्य औजारको उत्पादन, वितरण र त्यसको समुचित प्रयोग सम्बन्धमा आवश्यक कार्ययोजना बनाई त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्दछ । गरिब तथा निमुखा जनताको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएकोले हाम्रोजस्तो विकासोन्मुख देशका लागि कृषि सधैं महत्त्वपूर्ण विषय हुन्छ । तर ग्रामीण क्षेत्रमा खाद्य र कृषि क्षेत्रको अवस्था हेर्ने हो भने यो सबैभन्दा कमजोर देखिएको छ । कृषिमा लगानी गर्न सरकार, निजी क्षेत्र र नागरिक स्वयं उदासीन हुँदै गएको अवस्था छ । विगत डेढ दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने नेपाली किसान अहिले खाद्यान्न आयात गर्न बाध्य भएको छ । कृषिको महत्त्व दृष्टिगत गरी सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर यसलाई औद्योगिक एंव व्यावसायिक रूपमा अगाडि बढाउने योजना त अघि सार्‍यो तर त्यसका लागि आवश्यक लगानी र भौतिक पूर्वाधार निर्माण गर्न सकेन । त्यस्तै कृषि क्षेत्रको एकीकृत विकास गर्नका लागि कृषि उत्पादन, भण्डारणमा हुने क्षति न्यूनीकरण, किसानलाई ऋण कर्जा र सहयोग तथा खाद्य प्रशोधनजस्ता महत्त्वपूर्ण रणनीतिलाई राज्यले पूर्णप्रतिबद्धता र इमानदारिताका साथ लागू गर्न सकेन । विश्वव्यापी आर्थिक मन्दी र जलवायु परिवर्तनजस्ता कारणले विश्वभरि नै कृषिमा लगानी बढिरहेको अवस्था छ । यस्तो परिस्थितिमा नेपालले पनि आवश्यक पर्ने जलवायु अनुकूलता अनुसारको कृषि कार्यक्रम ल्याउन आवश्यक भएको छ । यसरी कृषि क्षेत्रमा आमूल संरचनात्मक परिवर्तनका साथै त्यसको व्यवसायीकरण र आधुनिकीकरण गर्न सकेमा मात्र नेपालको तीव्र आर्थिक वृद्धि र सामाजिक न्यायको लक्ष्य हासिल गर्न सकिन्छ ।
    कृषिलाई व्यवसायीकरण मात्र होइन, प्रतिस्पर्धामा ल्याउन सक्नुपर्दछ । यसका लागि सरकारले खाद्य सुरक्षा, कृषिको व्यवसायीकरण र कृषिमा जलवायु परिवर्तनको अनुकूलीकरणलाई मुख्य रूपमा केन्द्रीकृत गरी एकीकृतरूपमा कार्यक्रम ल्याउन सक्नुपर्दछ । कृषि प्रणालीमा बढ्दै गएको रासायनिक मल, कीटनाशक औषधि, नपुंसक वा गुणस्तहीन बीउको प्रयोगले पर्यावरणीय तथा मानवीय स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । अत्यधिक रासायनिक मल र कीटनाशक विषादिका कारण माटोको उर्वरा शक्ति क्षीण हुँदै गएको छ । विगत डेढ दशक पहिले दक्षिण एसियामा नै सबैभन्दा उर्वर नेपालको माटो अहिले सबैभन्दा कम उर्वर भएको विज्ञहरूको दाबी छ । गुणस्तरीय कृषि उत्पादनका लागि प्रा·ारिक, पर्यावरणीय र स्थानीय स्रोतहरूको उपयोगमा आधारित कृषि प्रणालीमा जोड दिनुपर्दछ । मुलुकमा कृषि क्रान्ति गर्ने हो भने अब कृषिमा आधारित साना तथा मझौला उद्योगको विकास गरी गरिबी न्यूनीकरण गर्ने खालको आर्थिक क्रान्ति र आन्दोलन जरुरी छ । मुलुक दिगो आर्थिक विकासका लागि अधिकांश जनताले अपनाउँदै आएको कृषि क्षेत्रको वैज्ञानिक र आधुनिकरूपमा विकास गर्नैपर्दछ । यसका लागि सशक्तरूपमा कृषिको व्यवसायीकरण र व्यापारीकरण गर्नैपर्ने हुन्छ र त्यो कार्य चरणबद्धरूपमा हुनुपर्दछ । कृषिको व्यवसायीकरण र व्यापारीकरण गर्नु भनेको नै कृषिलाई मर्यादित, उन्नतशील र आधुनिक पेशामा रूपान्तरण गर्नु हो । कृषिलाई उद्यम र कृषकलाई कृषि उद्यमी बनाउनु जरुरी छ । त्यसका लागि सरकार, गैरसरकारी संस्था र निजी क्षेत्र एकै साथ हातेमालो गरी अगाडि बढ्नुपर्दछ ।
    विद्यमान निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक नबनाएसम्म किसानको जीवनस्तर सुध्रन सक्दैन । न यसले मुलुकमा कृषि क्रान्ति हुन्छ, न आर्थिक क्रान्ति नै । कृषि क्रान्तिको माध्यमबाट आर्थिक क्रान्ति गर्ने हो भने कृषिको व्यवसायीकरण, विविधीकरण र प्रर्वद्धन गर्न निजी क्षेत्रको संलग्नता बढाई सरकारी सुविधाको सुनिश्चितता गर्न सक्नुपर्दछ । भौगोलिक तथा व्यावसायिक सम्भावनाका आधारमा गुणस्तरीय कृषि सामग्री र बजार सेवा प्रदान गर्न सरकारी निजी क्षेत्रको सहभागितामा व्यावसायिक सेवा केन्द्र स्थापना गर्नुपर्दछ । त्यस्तै कृषि उत्पादनको बजार स्वदेशमा मात्र नभई विदेशमा पनि विस्तार गर्न तथा किसानको प्रतिस्पर्धात्मक क्षमता बढाउन आवश्यक सीप र आधुनिक स्रोत संरक्षण कृषि प्रविधि हस्तान्तरण एवं कृषिजन्य औजारको उत्पादन, वितरण र समुचित प्रयोग सम्बन्धमा आवश्यक कार्ययोजना बनाई त्यसलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्दछ ।
           कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मुलुक खाद्य असुरक्षातिर
मुलुक खाद्य असुरक्षातिर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEif_EHKiZJHV_8yg7mop_79Ft7FE4TgxsSBPOL9WGmugEqWI4b5RGcRSyKnPQ5MK8fx7tisgILRRsGpWeaRP7xeIaCFCbnLUhZljXUNaTtDPjlkl-tGXtvJpgHPmDC7jmeHqsKRdzd3Huo7/s200/shital+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEif_EHKiZJHV_8yg7mop_79Ft7FE4TgxsSBPOL9WGmugEqWI4b5RGcRSyKnPQ5MK8fx7tisgILRRsGpWeaRP7xeIaCFCbnLUhZljXUNaTtDPjlkl-tGXtvJpgHPmDC7jmeHqsKRdzd3Huo7/s72-c/shital+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/10/blog-post_7050.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/10/blog-post_7050.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy