- अनन्तकुमार लाल दास
आज हरेक आमाबुबाको पहिलो रोजाइ आआफ्नो सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउनु हो । विज्ञान र गणितमा राम्रो भएपछि छोराछोरीको भविष्य सप्रिन्छ भन्ने धारणा प्रत्येक आमाबुवाको हुन्छ । यस कारण उनीहरू सानै उमेरदेखि केटाकेटीहरूमाथि दबाब दिन थाल्छन् । अर्थात् सानै कक्षादेखि मेडिकल र इन्जिनियरिङको तयारी शुरु हुन्छ । शहरमा यस प्रकारको तयारी गर्न अनेक कोचिङ केन्द्र पनि खुल्न थालेका छन् ।
यहाँ एउटा गम्भीर प्रश्न के उठ्छ भने यी अपेक्षाहरूसँगै शिक्षामा पनि वैज्ञानिक चिन्तन कसरी ल्याउने ? नेपालको सन्दर्भमा यो कुरो धेरै चुनौतीपूर्ण रहेको छ । रोचक कुरो के हो भने पहिले पनि यस्ता कुरा कैयौं पटक चर्चामा आएको र आउने गरेको छ । आमाबुवाको सन्तानप्रति भविष्य निर्माणको चाहना पनि जायज छ । यी दुवैमा कुनै विरोधाभास पनि छैन । तर प्रश्न के छ भने के हाम्रो उद्देश्य पूर्ति भएको छ ?
हाम्रो राष्ट्रको चाहना विकसित राष्ट्रहरूको श्रेणीमा गन्ती हुनेछ । हाम्रो चाहना पनि समृद्ध र प्रगतिशील बन्नेछ । यस कारण पनि होला शिक्षाप्रति दिन प्रतिदिन आकर्षण थपिंदै गइरहेको छ । विकसित राष्ट्रहरूको विकासक्रमलाई हेर्दा हामी के पाउँछौं भने जुन राष्ट्र ज्ञान र विज्ञानमा अग्रणी छन् उनीहरू नै विकसित राष्ट्रको श्रेणीमा छन् ।
हाम्रो देशमा पनि क्षमता नभएको होइन । लोकतन्त्र प्राप्तिपछि शिक्षामा धेरै बदलाव आएको छ तर परम्परागत शैलीमा शिक्षा प्रणाली रहेको हुनाले प्रतिदिन चाहिने कुराहरूका लागि पनि हामी अन्य देशद्वारा निर्मित उत्पादमाथि निर्भर रहेका छौं । मोबाइल बनाउने कम्पनी होस् वा गाडी बनाउने सबै बाहिरकै छन् । यस परिस्थितिमा हाम्रो विद्यालयको पनि के दायित्व हुन आउँछ भने कसरी यस्ता नागरिक तयार गर्ने जसले ज्ञान निर्माण, आविष्कार र खोजीको नयाँ दौड प्रारम्भ गर्न सकून् ।
पछिल्लो चार सय वर्षमा विज्ञान र तकनीकले हाम्रो जीवनलाई धेरै प्रभावित गरेको छ । यसको सम्पूर्ण श्रेय विज्ञान र वैज्ञानिक चिन्तनलाई जान्छ । यस सोचले हाम्रो जीवनशैली सँगसँगै हाम्रो सोच्ने तरिकामा पनि परिवर्तित आएको छ । ब्रह्माण्डबारे हाम्रो समझ परिमार्जित भएको छ । यसको श्रेय पनि विज्ञानलाई नै जान्छ । यसबाट धेरै क्रान्तिकारी परिवर्तनहरू सम्भव भएको छ । आज सामान्यतया केटाकेटीहरू पृथ्वी सूर्यको चारैतिर घुम्छ भन्ने सोचका साथ ठूला हुन्छन् । ४०० साल पहिले यदि कसैले हिम्मत गरेर यसो हुन्छ भन्थ्यो भने उसलाई प्रताडित र दण्डित गरिन्थ्यो ।
कोपरनिकसले ब्रह्माण्डमाथि सूर्यलाई केन्द्र मानेर एउटा किताब लेखेका थिए जसलाई प्रकाशन गर्ने हिम्मत कसैलाई भएन । प्रकाशन भएको ४० वर्षपछि गैलिलियोले यसलाई पढेर यस विचारलाई अगाडि ल्याए । ४०० वर्ष पहिले यस्तो अवधारणा ल्याउनु बाँध भत्कने जस्तै थियो । त्यस कालखण्डमा यसो भन्नु खतरनाक काम थियो तर आज यसलाई सहजतापूर्वक भन्न सकिन्छ ।
विगत ३०० वर्षमा भएको वैज्ञानिक चिन्तनले गर्दा आज मानव सभ्यता यस ठाउँमा पुगेको छ । हाम्रो जीवन अझ राम्रो बनाउनुमा विज्ञानको धेरै योगदान रहेको छ । आज हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरूमा वैज्ञानिक चिन्तन विकसित गर्ने खाँचो रहेको छ । यसका लागि हाम्रो शिक्षण पद्धति, शिक्षक र विद्यार्थीबीच हुने संवादलाई वैज्ञानिक तवरले अगाडि बढाउने आवश्यकता किन रहेको छ भने विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास हुन् सकोस् । आज वैज्ञानिक दृष्टिकोणलाई हाम्रो शिक्षण पद्धतिमा समावेश गर्नु चुनौतीपूर्ण रहेको छ । चुनौती के छ भने यसलाई कसरी शिक्षण र पाठ्यक्रममा समावेश गर्ने ?
आम धारणा के छ भने विज्ञानको सूत्र याद गर्नुछ, पछि मेडिकल र इन्जिनियरिङको पढाइ गर्नुछ तर यसो हुन सकिरहेको छैन । कहीं न कहीं यसमा केही गहिरो कुरो लुकेको छ जसलाई खोतल्नु आवश्यक छ । त्यसलाई शिक्षणमा समावेश गर्नु आवश्यक छ । यहाँ एउटा समस्या के छ भने मानिसको अपेक्षा अनुसार विज्ञानलाई कसरी अगाडि बढाउने ? के हाम्रो पाठ्यपुस्तकमा दिइएको सामग्री नै विज्ञान हो ? त्यसलाई बुझेर के उनीहरूलाई विज्ञानबारे थाहा हुन्छ र ? के विज्ञान भनेको यतिकै मात्र हो वा यसभन्दा पनि बढी ? के विज्ञान डाक्टर वा इन्जिनियर बन्नको लागि मात्र पढ्नुपर्छ ?
हरेक किसान कसरी राम्रो अन्नबाली उब्जाउने, त्यसलाई कसरी कीरा लाग्नबाट जोगाउने आदि प्रश्नहरूको हल आपैंm खोज्दछन् । यसैगरी काठको काम गर्ने, कलकारखानामा काम गर्ने वा घरमा काम गर्ने गृहिणीलाई कतिपय विज्ञानको सिद्धान्त हल गर्नुपर्ने हुन्छ । दही जमाउन कति जोरन प्रयोग गर्नुपर्दछ यो एउटा गृहिणीलाई नै थाहा हुन्छ ।
जहाँजहाँ विज्ञान पुग्छ त्यससँगै गणित पनि पुग्छ । आजको परिवेशसँग विज्ञानको पढाइ जोड्ने आवश्यकता छ । कुनै पनि कुरोलाई विज्ञानको आधारमा बताउनुभन्दा पनि हाम्रो जीवनमा त्यो कुरो कसरी जोडिएको छ भन्नेबाट प्रारम्भ गर्नुपर्दछ । त्यसको वैज्ञानिक आधार के छ भन्नेबारे चर्चा गर्नुपर्दछ । कैयौंपटक मानिसलाई के लाग्दछ भने यसमा विज्ञान त छँदैछैन । गहिरिएर हेर्दा के थाहा हुन्छ भने विज्ञान त यसमा पनि जोडिएको छ । विज्ञान के हो भन्ने कुरा राम्ररी बुझ्नका लागि के आवश्यक हुन्छ भने प्रयोग र अवलोकन विज्ञानको आधारभूत कुरो हो । यस कारण शिक्षकहरूले विद्यार्थीहरूलाई पढाउँदा प्रयोग र अवलोकनजस्ता गतिविधि समावेश गर्नुपर्दछ । यसबाट विद्यार्थीहरूमा उत्साहका साथै वैज्ञानिक सोच पनि विकसित हुन्छ । एउटा बीउ, फूलको भाग, हैन्डलेंसबाट कुनै पनि कुरोलाई ठूलो गरी हेर्नु विद्यार्थीहरूका लागि आकर्षक हुन सक्छ ।
विद्यार्थीहरूमा प्रयोग र अवलोकनको माध्यमबाट सजिलै वैज्ञानिक सोच विकसित गराउन सकिन्छ । यो विज्ञान शिक्षणको एउटा महत्त्वपूर्ण साधन हो । यस टूलले हामीलाई यसो किन भइरहेको छ भन्नेतिर सघाउँछ । यो प्रश्न हल गर्न विश्लेषण गर्ने दिशामा लिएर जान्छ । विद्यार्थीहरू कारण खोज्न थाल्छन् र सिद्धान्तमाथि उनीहरूको पकड बलियो हुन्छ । यसबाट हाम्रो अवधारणा प्रस्ट हुन्छ । जसरी माथिबाट तल झर्ने कुनै कुरोको अवलोकनले एउटा नयाँ अवधारण ‘गुरुत्वाकर्षण बल’को अवधारणा बन्यो ।
केटाकेटीहरूको सोच्ने क्षमताको परिप्रेक्ष्यमा हामी के पाउँछौं भने उनीहरूमा यो प्रवृत्ति विद्यालय आउनुपूर्व नै विकसित भइसकेको हुन्छ । छोएर हेर्नु, अवलोकन गर्नु, टिपेर हेर्नु जस्ता क्रियाकलाप केटाकेटीहरूले बाल्यकालदेखि नै गरिरहेका हुन्छन् तर हामी उनीहरूलाई हतोत्साहित गर्ने काम गर्छौं । कुनै पनि खेलौना पाउँदा, त्यसभित्र रहेको कुरा बुझ्न त्यसलाई भाँच्नु आवश्यक हुन्छ र केटाकेटीहरू यही गर्न खोज्दछ तर हामी रिसाउँछौं ।
हाम्रो परम्परागत सोच के रहेको छ भने पाठ्पुस्तकमा जे जति लेखिएको छ त्यसलाई कण्ठ गर्नु नै विज्ञान हो । यो वैज्ञानिक सोचविपरीत कुरो हो । केटाकेटीहरूलाई प्रश्न सोध्न प्रेरित गर्नुपर्छ । प्रश्नहरूको जवाफ खोज्न प्रेरित गर्नुपर्छ । हुन सक्छ उनीहरूले खोजेको कुरा जवाफ पाठ्यपुस्तकसँग नमिल्दो होस् तर हाम्रो उद्देश्य उनीहरूमा वैज्ञानिक सोच विकसित गर्ने हो । यस कारण परीक्षा लिने तरिकामा पनि परिवर्तनको खाँचो छ भन्ने मेरो मान्यता रहेको छ ।
वास्तवमा विज्ञान के हो ? यस प्रश्नको सही जवाफ नै हाम्रो लागि चुनौतीको विषय हो । वास्तवमा विज्ञान भनेको ज्ञानको खोज गर्नु हो । निरन्तर त्यस दिशामा अगाडि बढ्नु हो । जुन बेला सूक्ष्मदर्शी यन्त्रको आविष्कार भयो, हामीले आँखाबाट हेर्न नसक्ने कुरो पनि देख्न थाल्यौं र यसको हाम्रो जीवनमाथि धेरै असर पर्यो । यसबाट के प्रस्ट हुन्छ भने विज्ञान ज्ञान निर्माणको एउटा महत्त्वपूर्ण साधन हो । यसबाट हामीले सत्य खोज्ने नयाँ बाटो विकसित गरेका छौं । किन पृथ्वी सूर्यको चारैतिर चक्कर लगाउँछ ? किन सूर्य पूर्वबाट पश्चिम तर्फ घुम्छ, बालमनले यस्तै प्रश्न गर्छ र आज हामीसँग यसको जवाफ पनि छ तर यही नै अन्तिम सत्य हो भन्न सकिन्न । विज्ञानले हामीलाई निरन्तर सही दिशाामा बढ्न प्रेरित गर्छ तर कुनै पनि खोज अन्तिम सत्य हो भन्दैन ।
वैज्ञानिक कापरले भनेका छन्–“कुनै पनि कुरोलाई त्यस बेला वैज्ञानिक भन्न सकिन्छ जुन बेला त्यसलाई झूटो प्रमाणित गर्ने हामीसँग प्रशस्त सम्भावना हुन्छ ।” यो सम्भावना यस कारण पनि हुनुपर्छ किनभने हरेक पीढीले यसको जाँच गरोस् र केही नयाँ प्राप्त गरोस् । न्यूटनले हामीालाई दिएको सिद्धान्त पछिल्लो सय वर्षदेखि आफ्नो ठाउँमा सही छ तर त्यसकै आधारमा नयाँ क्वांटम भौतिकी पनि विकसित भइरहेको छ । यस सन्दर्भमा रिचर्ड पी. फाइनमेनले भनेका छन्–“हरेक त्यस कुरामाथि सन्देह गर्नु जुन अतीतबाट बगेर हामीनिर पुगेको छ र अनुभूत ‘सत्य’को लुगा लगाएको छ । त्यस अनुभूत सत्यलाई ज्यूूँका त्यूँ अपनाउनुपूर्व आफ्नो तरिकाले जाँचबुझ गर्नु नै विज्ञान हो ।”