सुशील मुडभरी
गताङकको बाँकी
मानव विकासक्रममा प्राथमिक वर्गका प्राणीको उत्पत्ति कुन समय भयो भन्नेतर्फ विचार गर्दा वानरागुणभित्र पर्ने निशाकपि अनुगण र कुर्चमर्कट अनुगणजस्ता साना वानरको विकास नजिकप उपकल्पभित्र पर्ने तृतीय खण्ड अन्तर्गतको आजभन्दा चार करोड पचास लाख वर्ष पहिले प्रारम्भ हुने आदिनूतनाश्म युगमा भएको देखिन्छ । यसै प्रकार तीन करोड पचास लाख वर्ष पहिले प्रारम्भ हुने मध्यनूतनाश्म युगमा आजका ठूला वानर एवं नरवानरका पुर्खा अपुच्छख्यात चतुष्क (फोरग्रेट एप्स) र मानवानुगणजस्तो आकारका केही प्राणी पनि उत्पन्न भए। त्यसपछि एक करोड चालीस लाख वर्ष पहिले प्रारम्भ हुने अतिनूतनाश्मयुगमा आएर संसारमा पहिलोपल्ट उत्थित नरवानर आयो। मानवजस्तै यो प्राणी उठेर हिंड्ने हुँदा यसलाई उत्थित वानर नामाकरण गरिएको हो। यस्ता प्राणी उठेर हिंड्ने भए पनि ती मानवको गणनामा आउँदैन र मानवानुगणमा मात्र आउँछन्। नरवानर र उत्थित वानरजस्ता मानवागुणभित्र पर्ने प्राणीका शरीरमा दुई प्रकारका लक्षण हुन्छन्। तिनलाई क्रमश: वानरसदृशानुण र मानवानुगणभित्र राखेर तुलना गरिन्छ ।
अघि प्रसङगवश चर्चा गरिएको मिश्रको पूर्व अतिनूतनवानर भनिने प्राणीको लक्षण मानवानुगणभन्दा वानरसदृशानुगणमा मिल्न आउँछ। केन्याको पूर्वदूतवानर र शिवालिकको शिवालिक मानव भनिने सिववानर मानवानुगण र वानरसदृशानुगण दुवैका बीचमा पर्ने प्राण हुन्। तर केन्याको सिववानर भने वानरसदृशानुगणमा पर्दछ । केन्याको पङकवानर र शिवालिकका अरू दुई शुष्कवानर तथा युरोपका दुई अतिनुतनवानर पनि वानरसदृशानुगणको सूचीमा आउँछन्। केन्याको अर्को केन्यावानर अर्थात् रामपिथेकस, नेपालको रामवानर एवं भारत र अन्य मुलुकहरूमा अहिलेसम्म जानकारीमा आएका रामपिथेकस र दक्षिणी वानर भनिने प्राणी भने मानवानुगणमा पर्दछन्। यी प्राणी मानवानुगणको सूचीमा परे पनि ती मानव भने होइनन्। विकासवादीको भनाइ अनुसार यस्ता प्राणी वानर र मानवको विकासरेखा छुट्टिएका समय यी मानवको विकास रेखातर्फ ढल्किएका पाइन्छन्। त्यसै कारण रामपिथेकसलाई मानवको पुर्खा भनिएको हो। रामपिथेकसलाई मानवको पूर्खा भनिए पनि यो मानवको गणनामा आउँदैन। तर यस क्रममा सबभन्दा पछि आउने दक्षिणी वानरको मानव र वानरका बीच बसेर लुप्त शृङ्खलाको काम गर्दछ। त्यसै कारण केही विद्वान्हरूले यसलाई लुप्तशृङ्खला वा लुप्तकडी (मिस्ङ लिङ्क) भन्ने नामाकरण गरेको पाइन्छ ।
हामीले जुन विषयवस्तुको अध्ययन गर्न लागेका छौं, त्यसमा ईसाको बीसौं शताब्दीका वर्षहरू निकै लाभदायी सिद्ध भएका छन्। त्यसमा खासगरी बितेको आधा समय त यस क्षेत्रमा अझै महत्त्वपूर्ण मानिन्छ। गत पच्चीस–तीस वर्षभित्र अन्वेषकहरूले मानवाकृतिका यस्ता प्रशस्त अवशेषहरू प्राप्त गरेका छन्, जसले हाम्रो अध्ययन सामग्रीको कोशलाई मात्र वृद्धि गराएको छैन अपितु पुराना सामग्रीको पुनर्मूल्याङकन गर्ने बाटो फराकिलो पारेको छ। आदिनूतनाश्ममा नयाँ र पुराना विश्वका वानरहरू विभाजित भएको कुराको चर्चा पहिले नै भइसकेको भए तापनि पाठकको सुविधाको लागि अझै व्याख्या गर्नु त्यति अप्रिय होला जस्तो लाग्दैन। मध्यनूतनाश्मको समयमा अर्थात् तीन करोड पचास लाख वर्ष पहिलेको प्रारम्भिक कालमा मध्यवानर र शाखा वानरका बीचको सानो आकार भएको प्राथमिक वर्गको एउटा समूह थियो जसलाई आजकाल शुष्कवानर भन्ने चलन छ। युरोप, अफ्रिका, भारत, चीन आदि विभिन्न ठाउँ र समयमा पाइएका यस्ता प्राणीको अवशेषलाई अलग–अलग नामाकरण गरेर वर्गीकरण गरिएको छ। शुष्कवानरको सम्बन्ध मानवानुगणसित छ वा नरवानरानुगणसित छ त्यो अझै स्पष्ट भइसकेको छैन। कारण तिनमा यस्ता प्रशस्त गुणहरू छन् जसका आधारमा यिनलाई पहिले चर्चा गरिएका दुई वर्गमध्ये जता राखे पनि हुन्छ। तापनि धेरैजसो शरीर विज्ञानवेत्ताहरूले यसलाई पूर्वमानवानुगणभन्दा पूर्वनरवानरागणमा नै राख्ने राय व्यक्त गरेका छन्।
पहिले शुष्कवानरमा गरिएको एउटा समूहलाई आजकल अर्कै नामाकरण गरिएको छ जसलाई रामवानर भनिन्छ । भारतीयमूलको यस प्राणीलाई प्रारम्भमा मानवानुगणमा होइन वानरानुगणमा समाविष्ट गर्ने चलन थियो। तर यता आएर ती सामग्रीको पुनर्मूल्याङकन गर्दा रामवानर मानवानुगणको सूचीमा पर्न गएको छ। त्यसै कारण नेपालमा पाइएको रामपिथेकसलाई पनि मानवानुगणको पङ्क्तिमा राखिएको हो। यथार्थमा भन्ने हो भने आजको धारणा अनुसार मान्यता प्राप्त शुद्ध मानव जातिको पहिलो सदस्य यसैलाई लिइएको छ। रामपिथेकसको प्रारम्भ मध्यनूतनाश्मयुगको अन्तिम अवस्थामा भयो। शुष्कवानर र रामपिथेकस केही मात्रामा समकालीन देखिएका हुँदा यिनमा मानवानुगण र नरवानरानुगणको विभाजनको सीमारेखा पनि आदिनूतनाश्मयुगको अन्त्य अथवा मध्यनुतनाश्म युगको प्रारम्भमा छुट्टिएको अनुमान हुन्छ। त्यसै कारण पहिले प्रसङगवश चर्चा गरिएको लुइ लिकेले केन्यामा प्राप्त गरेको प्राणीलाई शुरुमा केन्या वानर भनु पनि हाल भारतको रामवानरवर्गमा समाविष्ट गरिएको छ ।
हामीले प्रसङगवश दन्तु–मन्दाति तेजोदगिर सस्थानी–४० काल निर्धारण विधिको चर्चा गरेका थियौं। यस विधि अनुसार प्रो एलएसबी लिकेले केन्यामा प्राप्त गरेको सबभन्दा जेठो मानिने रामपिथेकस आजभन्दा एक करोड चालीस लाख वर्ष पहिलेको मानिएको छ भने हामीलाई अहिलेसम्म थाहा भएको नरवानरानुगणमा गणना हुने सबभन्दा पुरानो शाखा वानर (गीवोन) आजभन्दा करिब दुई करोड तीस लाख वर्ष पुरानो ठहरिन आएको छ। रामपिथेकस मानवानुगणको पुर्खा हो भने शाखा वानर ‘नरवानरानुगणको पुर्खा हो। मानवनुगण र नरवानरागणका विकासका यी दुई समयभित्र एउटा अर्को मानवानुगणको विकास भएको देखिन्छ। यस्ता मानवानुगणमा पर्ने प्राणीको अस्तित्व आजभन्दा बीसदेखि पचीस लाख वर्ष पहिलेसम्म थियो। यस सीमारेखाभित्र कायम रहेका मानवानुगणका प्राणीमा दक्षिणी वानर र त्यसका सम्बन्धीहरू पर्दछन्।
भूगर्भ र पुरासत्त्वका क्षेत्रमा सुदूरभूतका अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएका प्राणीका उदाहरण बुटवलमा मात्र होइन, अन्यत्र पनि प्राप्त भएका छन्। भूगर्भशास्त्री श्रीकान्त शर्माले जनकपुरमा पाइएको जलहात्ती
(हिपोपोटामस) र काठमाडौंको लोकुण्डोलमा पाइएको महागज
(स्टेगोडोन)को अस्थि अवशेषको चित्र आफ्नो पुस्तकमा प्रस्तुत गर्नुभएको छ। यसै प्रकार २०१९ सालमा यस्तै महागज भनिने प्राणीको अवशेष पुरातत्त्व विभागलाई गोदावरीको छेउमा प्राप्त भएको थियो। चितवनको देवघाटमा मनमुकुन्देश्वरका नामले कछुवाको एउटा सिङगो अश्मीभूत अस्थि अवशेषलाई पूजा गरेर मूल देवताका रूपमा राखिएको कुरा यस पङ्क्तिका लेखकले स्वयं देखेको छ। यसबाहेक काठमाडौंको सीतापाइलाका छेउमा रहेको आदेश्वर मन्दिरभित्र रहेको आदेश्वर महादेवका नामले पुजिने शिवलिङग पनि सुदूरभूतमा अश्मीभूत रूखको ठूटो हो कि भन्ने शङका हुन्छ। खासगरेर नेपाल अधिराज्यको मेचीदेखि महाकालीसम्म तेर्सिएर बसेको शिवालिक पर्वत पुरासत्वका क्षेत्रमा अनुसन्धानका लागि ज्यादै महत्त्वपूर्ण देखिन आएको छ। यो क्षेत्र नेपाल राष्ट्रका लागि मात्र होइन अपितु विश्वकै लागि महत्त्वपूर्ण क्षेत्र हो। यस्ता महत्त्वपूर्ण क्षेत्रको साङगोपाङग अध्ययन गराउन नेपाल आर्थिक र प्राविधिक क्षेत्रमा त्यति सक्षम नहुन पनि सक्तछ। अत: यस्तो काममा अमेरिकाको राष्ट्रिय भौगोलिक समिति (नेशनल जियोग्राफी सोसाइटी) र यस्तै कार्य गर्न १९४७ ईस्वीमा एलएसबी लिकेका नाउँमा खडा भएको संस्था
(एलएबी लिके फाउन्डेसन) सित अथवा विश्वका अन्य कुनै यस्तो काममा चाख राख्ने संस्थासित आर्थिक वा प्राविधिक सहयोग लिएर नेपालीको नेतृत्वमा भौगर्भिक र पुरासात्विक (जिओलोजिकल एन्ड पालेन्टोलोजिकल) अन्वेषण तथा उत्खनन भएमा त्यसबाट प्राप्त भएको ज्ञानले नेपाललाई मात्र होइन, विश्वकै ज्ञानकोषलाई वृद्धि गराउन सक्नेछ भन्ने यस पङ्क्तिकारको धारणा छ। अस्तु १